default_image

क्रिकेट

November 20, 2019

‘भारत र पाकिस्तान नआउँदा खुसी हुन आवश्यक छैन’– कप्तान रुविना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलुकद (साग) मा टेष्ट टोली भारत र पाकिस्तान नआउँदा खुसी हुन आवश्यक नरहेको बताएकी छिन् । सागको बन्द प्रशिक्षणमा टियु क्रिकेट मैदानमा अभ्यासको क्रममा रुविनाले यस्तो बताएकी हुन् । पाकिस्तान र भारत नआउँदा नेपाललाई स्वर्ण […]

November 20, 2019

कर्नाटक र मराठाको खेल वर्षाले रद्द

एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्रस र मराठा अरेबियनसको खेल वर्षाले रद्द भएको छ । मराठाले पहिलो इनिङमा १ सय ३० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको मराठाले १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनायो । उसका कप्तान क्रिस लिनले ३१ […]

November 20, 2019

भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी – एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानले भारतमाथि रोमान्चक जित निकाल्दै फाइनलमा पुगेको छ । बुधबार रोमान्चक खेलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा भारतले १ विकेट गुमाउँदै ४ रन मात्र बनाएपछि पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले प्रस्तुत गरेको २ सय ६८ […]

November 18, 2019

‘कमजोरी सुधार्दै सागमा राम्रो गर्नेछौं’ – कप्तान ज्ञानेन्द्र

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भएका कमी कमजोरीलाई सुधार गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राम्रो गर्ने बताएका छन् । इमर्जिङ टिम्स एसिया कपमा नेपाल बाहिरिएपछि हाम्रो खेलकुदसँग बोल्दै ज्ञानेन्द्रले नराम्रा कुरालाई बिर्सेर राम्रो कुरालाई सिक्दै सागमा राम्रो गर्ने बताएका हुन् । […]

November 18, 2019

सन्दीपको खराब प्रर्दशनसँगै कर्नाटक पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रर्दशन गरेसँगै टि टेन लिगमा कर्नाटक टस्कर्स डेक्सन ग्लेडियटर्ससँग ५ विकेटले पराजित भएको छ । १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको डेक्सनले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । डेक्सनको जितमा काइरान पोलार्ड २२ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे […]

November 18, 2019

नेपाल इमर्जिङ कपबाट बाहिरियो

ढाका (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ । सोमवार समुह चरणको अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको नेपालको झिनो अंकगणितीय संभावना बाँकी रहेको थियो । सोमबारनै हङकङलाई भारतले १ सय २० रनले पराजित गरेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । बंगलादेश तीन खेलमा तीनमा जित निकाल्दै […]

November 18, 2019

पारस, सन्दीपसहित ८ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा परेका छन् । सोमबार पीएसएलले सार्वजनिक गरेको सिल्भर क्याटगेरीमा पुर्व कप्तान पारस सहित, आरिफ शेख, विकेटकीपर विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी ड्राफ्टमा परेका हुन् । […]

November 18, 2019

नेपाललाई हराउँदै बंगलादेश इमर्जिङ कपको सेमिफाइनलमा

ढाका( हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेश नेपाललाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालमाथि ८ विकेटको सहज जित निकालेसँगै समुह चरणको तीनै खेलमा जित निकाल्दै समुह बीको विजेताको रुपमा बंगलादेश सेमिफाइनलमा पुगेको हो । नेपालको अघिल्लो चरणको संभावना झिनो अंकगणितीय मात्रै बाँकी रहेको छ । जारी हङकङ र […]

November 18, 2019

मुम्बईद्धारा युवराजसहित १२ खेलाडी फुकुवा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को को लागि साविक विजेता मुम्बई इन्डियन्सले आफ्नो टोलीमा रहने र फुकुवा गर्ने खेलाडी सार्वजनिक गरेको छ । मुम्बईले फुकुवा गरेको खेलाडीको सुचिमा भारतीय स्टार खेलाडी युवराज सिंह सहित वेस्ट इन्डिजका युवा खेलाडी जोसेफ अल्जारी सम्म रहेका छन् । मुम्बईले कप्तान रोहित शर्मा, अलराउन्डर हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, […]

November 18, 2019

बंगलादेशलाई नेपालको सामान्य लक्ष्य

ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले समुह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.३ ओभरमा  १ सय ३८ रनमा अल आउट भयो । नेपालका लागि तल्लोक्रमका सोमपाल कामीले ६३ बलमा ४ चौका सहित ३८ रनको […]

Success

Thank you for your time.