default_image

Featured

February 24, 2019

महर्जन यू-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा रहेका प्रशिक्षक बालगोपाल महर्जनले नेपाल यू-२३ पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । एन्फाले आइतबार स्विडिस प्रशिक्षक योहान कालीनलाई सिनियर राष्ट्रिय टोलीको भूमिकामा नियुक्त गरेसँगै यू-२३ टोलीको जिम्मेवारी महर्जनलाई सुम्पिएको हो । यसअघि कालीनले नै यू-२३ टोली हेर्ने भनिएपनि मलेसियाविरुद्ध […]

February 24, 2019

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । खेल मलेसियाको क्वालालम्पुरमा मार्च २५ मा खेलिनेछ । स्विडिस प्रशिक्षक योहान कालीनलै राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएलगत्तै एन्फाले मैत्रीपूर्ण खेल तय गरेको हो । कालीनले यसै खेलबाट टोलीको बागडोर सम्हाल्नेछन् । यद्यपी उनलाई राष्ट्रिय टोलीका सबै सदस्य […]

February 24, 2019

नवयुगको दुई गोलसँगै आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याएर विभागीय त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै १७औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा आर्मीले ३–१ को पुनागमन जित निकल्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । आर्मीको पुनरागमन जितमा नवयुग श्रेष्ठले दुई […]

February 24, 2019

‘दाउफिन्सलाई मान्यता दिएका छैनौं’ – एन्फा अध्यक्ष शेर्पा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो समय नेपालको मोफसल फुटबलमा एकछत्र राज जमाउँदै आएको दाउफिन्स फुटबल क्लबलाई एन्फाले मान्यता नदिएको बताएका छन् । अध्यक्ष शेर्पाले एन्फाले कुनै मान्यता नदिएपनि मोफसलको प्रतियोगिताका आयोजकले आफूखुसी  सहभागीता जनाउन दिइरहेको बताए । ‘हामीले दाउफिन्सलाई मान्यता दिएका छैनौं । हामीले मान्यता नदिएपनि खेलिरहेको […]

February 24, 2019

प्रशिक्षक कालीन २ वर्षका लागि अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडिस नागरिक योहान कालीनलाई दुइ वर्षको लागि राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी सुम्पिएको छ । आइतबार एन्फा परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कालीनले आगामी दुई वर्ष राष्ट्रिय टोलि सम्हाल्ने जानकारी दिए । पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :

February 24, 2019

नेरीको कीर्तिमानी बलिङसँगै नेपालले हङकङलाई हरायो

काठमदौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत चौथो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जितमा नेरी थापाको बलिङ जितको बलियो आधार बन्न पर्याप्त रहयो । आइतबार बैंककमा भएको खेलमा हङकङले प्रस्तुत गरेको ६३ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त […]

February 24, 2019

एनसिएल टी–२० का लागि खेलाडी दर्ता खुला

काठमाडौं (हाम्रो खेलकुद) – चैत १ गतेबाट विराटनगरमा आयोजना हुने एनसिएल वुमन्स टी–२० क्रिकेट लिगका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको छ । आयोजक एनसिएलले अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया शनिबारबाट शुरु भएको जानकारी गराएको छ । खेलाडी दर्ता प्रक्रिया १० फागुनबाट १८ फागुनसम्म जारी रहनेछ । खेलाडी दर्ताका लागि एनसिएल स्पोर्ट्स प्रालिको आधिकारिक वेबसाईट […]

February 24, 2019

बायर्नको जितसँगै डर्टमुन्डसँग अंक बराबर

एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबारको खेलमा हर्था बर्लिनलाई १-० ले पराजित गर्दै बायर्न म्युनिखले लिगको शीर्ष स्थानको बोरुसिया डर्टमुन्डसँग अंक बराबर गरेको छ । खेलको ६२ औं मिनेटमा जाभी मार्टीनेजले हामेस रोड्रीग्वेजको कर्नरमा हेडरमार्फत गोल गरे । खेलको अन्तिम ६ मिनेट बर्लिनले १० खेलाडीमा रहेर खेल्यो । करीम रेकिकले रोबर्ट लेवान्डोस्कीलाई फल हानेपछि रेफ्रीले उनलाई […]

February 24, 2019

एम्बाप्पेको दुई गोलमा पीएसजीको सहज जित

एजेन्सी – युवा फरवार्ड किलियान एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वन अन्तर्गत शनिबार निम्सलाई ३-० ले पराजित गरको छ । क्रिस्टोफर एन्कुन्कुले खेलको ४० औं मिनेटमा मार्को भेराट्टीको लामो पासलाई सदुपयोग गर्दै पीएसजीलाई अग्रता दिलाए । दोस्रो हाफको ६९ औं मिनेटमा जुआन बर्नाटको क्रसमा एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर […]

February 24, 2019

मेसीको ५०औं ह्याट्रिकमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लिओनेल मेस्सीले ५०औं ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले सेभिल्लालाई ४-२ ले पराजित गरेको छ । खेल अवधिभर दुई पटक पछाडी परेपनि मेसीले लगातार गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । खेलको २२ औं मिनेटमा विसाम बेन यड्डरको पासमा जेसस नाभासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसको […]

Success

Thank you for your time.