default_image

Featured

February 23, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद लाहोर पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शनिबार क्वेटा ग्ल्याडीयटर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । उनको कसिलो बलिङका बाबजुद लाहोर ४ विकेटले पराजित भयो । सन्दीपले आफ्नो ४ ओभरको कोटा पूरा गर्दै २० रन खर्चेर १ विकेट हात पारे । छैटौं ओभरमा बलिङ पाएका […]

February 23, 2019

पाकिस्तानले महिला साफ नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानले फाल्गुन २८ देखि नेपालको विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ । प्रतियोगितामा टोली दर्ता गर्ने अन्तिम दिन शनिबारसम्म पनि पाकिस्तानले कुनै प्रक्रिया अगाडी नबढाएपछि टोलीले सहभागिता नजनाउने भएको हो । ‘आज टोलि दर्ताको अन्तिम मिति थियो । पाकिस्तानको नाम नआएकाले हामीले सहभागी नहुने बुझ्यौं । के कारण […]

February 23, 2019

अभिषेकको ह्याट्रिकमा एन्फा यू-२१ विजयी

काठमदौं (हाम्रो खेलकुद) – अभिषेक रिजालले उच्च लयलाई निरन्तरता दिंदै ह्याट्रिक गरेपछि नेपालले भारतको गुवाहाटीमा जारी डा तालिमेरेन ताओ फुटबल च्याम्पियनसिपमा मणिपुरलाई ३-१ ले पराजित गरेको छ । अभिषेकले खेलको १९ औं मिनेटमा अनिल महर्जनको पासमा पहिलो गोल गरेका थिए । ३० औं मिनेटमा एरिक विष्टको कर्नरमा हेडरमार्फत गोल गर्दै अभिषेकले २-० को अग्रता दिलाए […]

February 23, 2019

सन्दीपको टिम लाहोरको औसत ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पीएसएल) को १२ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले क्वेटा ग्लाडियटर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालको लाहोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । लाहोरका लागि कप्तान एवि डी भिलियर्सले सर्वाधिक […]

February 23, 2019

मोफसलमा मनाङको अर्काे हार, यसपटक एपीएफको शिकार

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले मोफसलको गोल्डकपमा लगातार खराब प्रदर्शनलाई निरन्तरता दिंदा शनिबार १७औं आहा रारा गोल्डकप फुटबल प्रतियेगितामा विभागीय नेपाल एपीएफ क्लबसँग पराजित भएको छ । बाई पाएर सिधै क्वाटरफाइनल खेल खेलेको मनाङ आहा राराको आफ्नो पहिलो खेलमै एपीएफसँग १–० ले पराजित हुदै पहिलो चरणबाटै बाहिरिएको हो । […]

February 23, 2019

सेभिल्लाले बार्सिलोनाको आतिथ्यता गर्दै

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा आज राति सेभियाले शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजेपछि सेभिल्लाको घरेलु मैदान रामन साञ्चेज पिज्वानमा हुनेछ । घरेलु टोली सेभिल्ला बार्सिलोनालाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । सेभिल्लाले बार्सिलोनालाई पछिल्लोपटक २४ जनवरीमा भएको कोपा डेल रेको क्वाटरफाइनलमा २–० ले पराजित गरेको थियो […]

February 23, 2019

विक्रम चम्केपछि पुलिस फाइनलमा

दीपक न्यौपाने, बुटवल विक्रम धिमालले दुई गोल गरेपछि भ्याली च्यासल युवा क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब तिलोत्तोमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बुटवलमा भएको खेलमा पुलिस ३-१ ले विजयी रहयो । पुलिसका लागि विक्रम धिमालले पहिलो हाफको १५ औं मिनेटमा गोल गरेका थिए । विक्रमले नै दोस्रो हाफको ५७ औं […]

February 23, 2019

डिपिएलको ‘गोल्डेन बुट’ दीपेन्द्रलाई !

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल)को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । विजयी टोलीका कप्तान दीपेन्द्रसिंह एेरीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुनको जुत्ता प्राप्त गरेका छन् । आज भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पक्ष्याएको १९.५ ओभरमा ७ विकेटको […]

February 23, 2019

सन्नी चम्किँदा डिपिएलको उपाधि अत्तरियालाई

धनगढी (हाम्रो खेलकुद) – भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन […]

February 23, 2019

रोहित पर्सिजामा पुन: अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्तामा पुन: अनुबन्धित भएका छन् । यसअघि नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै क्लबले अर्का खेलाडी लिएपनि क्लबले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो । गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट […]

Success

Thank you for your time.