default_image

Featured

February 22, 2019

फाइनल प्रवेशको लागि काठमाडौं र महेन्द्रनगर भिड्दै

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ः३० बजेपछि सुरु हुने खेलमा विजेता टोली फाइनलमा प्रवेश गर्ने छ । आजको विजेता टोलीले फाइनलमा शनिबार सिवाईसी अत्तरियासँग उपाधिको लागि खेल्ने छ । पहिलो क्वालिफायरमा अत्तरियासँग […]

February 22, 2019

पहिलो लेगको नतिजा उल्ट्याउँदै आर्सनल अन्तिम १६ मा

एजेन्सी – बाटे बोरिसोभको मैदानमा पहिलो लेगमा बेहोरेको १-० को हारको नतिजालाई उल्ट्याउँदै इंग्लिस प्रिमियर लिग आर्सनल यूएईएफए युरोपा लिगको अन्तिम १६ चरणमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले बाटेलाई ३-० ले हराउँदै समग्रमा ३- १ को जित दर्ता गर्यो । खेलको चौथो मिनेटमा नै आर्सनलले अग्रता लिएको थियो । पिएर […]

February 22, 2019

चेल्सी युरोपा लिगको अन्तिम १६ मा

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी माल्मोलाई पराजित गर्दै यूईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा ३-० को जित दर्ता गर्दै चेल्सी ५-१ ले विजयी रह्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ५५ अौं मिनेटमा अोलिभिएर जिरुडले चेल्सीको लागि गोलको खाता […]

February 21, 2019

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कालिन नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक स्विडिस योहान कालिन बिहीबार नेपाल आइपुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को गत माघ ३ गते बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । उनले मार्चबाट सिनियर राष्ट्रिय टिमको नेतृत्व […]

February 21, 2019

आयोजक साहरालाई हराउदै एपिएफ क्वाटरफाइनलमा

पोखरा(हाम्रो खेलकुद)- आयोजक सहारा क्लब पोखराको चुनौती सडनडेथमा समाप्त पार्दै विभागीय नेपाल एपीएफ क्लब पोखरामा बिहीबारबाट शुरु भएको १७औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा एपएिफले आयोजकमाथि सडनडेथमा ५–४ को जित निकालेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरी र थप गरिएको समयमा पनि […]

February 21, 2019

च्यासल तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा, मनाङ स्तब्ध

दीपक न्यौपाने, बुटबल ‘ए’ डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउदै ललितपुरको भ्याली च्यासल युथ क्लब २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले मनाङलाई १–० पराजित गर्दै अन्तिमा चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दोस्रो हाफमा एकमात्र […]

default_image

February 21, 2019

१ रनको रोमान्चक जित निकाल्दै महेन्द्रनगर क्वालिफायरमा

धनगढी – महेन्द्रनगर युनाइटेड रोमान्चक जित निकाल्दै तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को को क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको एलिमिनेटर खेलमा रुपन्देहीलाई १ रनले पराजित गर्दै क्वालिफायरका काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको हो । शुक्रबार काठमाडौं र महेन्द्रनगरबीचको खेलको विजेताले उपाधिको लागि फागुन ११ मा सिवाईसी अत्तरियासँग भिड्ने छ । १ सय […]

February 21, 2019

त्रिपुराविरुद्ध अभिषेकको ४ गोल , एन्फाको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– भारतको गुवाहाटीमा जारी डा। तालिमेरेन टिओ फुटबल च्याम्पियनसिप (यू २१ )को दोस्रो खेलमा एन्फा ११ ले फराकिलो जित हासिल गरेको छ । अभिषेक रिजालले ४ गोल गरेको बिहीबारको खेलमा एन्फाले त्रिपुरा फुटबल टोलीलाई ८–० ले हराएको छ । पहिलो हाफमा २–० को अग्रता बनाएको एन्फाले दोस्रो हाफमा मात्र आधा दर्जन गोल थपेको […]

February 21, 2019

गोलकिपर किरणलाई सहाराको सम्मान

पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट सम्मान गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनका दौरान किरणलाई सम्मान गरएको हो । उनलाई सहाराका पदाधिकारीले नगदसहित सम्मान गरेका हुन् । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे । सहाराले गत वर्षदेखि […]

February 21, 2019

त्रिपुराविरुद्ध पहिलो हाफमा एन्फा २१ को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुवाहाटीमा जारी डा. तालिमेरेन टिओ फुटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलको पहिलो हाफमा एन्फा यू २१ ले त्रिपुरा फुटबल टोलीविरुद्ध २–० को अग्रता लिएको छ । खेलको चौथो मिनेटमा नै एन्फा युवा टोलीले प्रेजन तामाङको गोलबाट अग्रता लिएको थियो । नितिन थापाको पासमा प्रेजनले गोल गरेका थिए । ३१ औं मिनेटमा […]

Success

Thank you for your time.