February 21, 2019
धनगढी(हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को एलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई १ सय १६ रनको लक्ष्य दिएको छ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १५ रन बनाउन सक्यो । महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकर ३८ […]
February 21, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट सम्मान गर्ने भएको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनका दौरान किरणलाई सम्मान गर्न लागिएको हो । सहाराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको थियो । […]
February 21, 2019
एजेन्सी – आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोली थाईल्यान्डसँग ५७ रनले पराजित भएको छ । १ सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर मात्र ६७ रन बनाउन सक्यो । नेपालका लागि इन्दु बर्माले ४४ बलमा १ चौका प्रहार गर्दै सर्वाधिक २९ रन बनाइन् । […]
February 21, 2019
पोखरा (हाम्रो खेलकुद)– घरेलु फुटबल पुरानो गोल्ड कप मध्येको एक आहा रारा गोल्ड कपको १७ औं संस्करण आज सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा नेपाल एपिएफ क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार रूपैया तथा […]
February 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा दोस्रो खेलमा थाइल्यान्डले नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ थालेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । थाईल्यान्डका लागि मिडिल अडरकी चानिदा सुथिरुंगले सर्वाधिक ३५ रन […]
February 21, 2019
एजेन्सी – ओपनर जोसन रोए र जो रुटले सानदार शतक प्रहार गरेपछि वेस्ट इन्डिजसँगको पहिलो वान डे खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको छ । क्रिस गेलको शतकको मदतले वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले मात्र ४ विकेटको क्षतिमा ८ बल अगाडीनै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जोसन रोएले सानदार […]
February 21, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वनअन्तर्गत बुधबारको खेलमा मोन्टपेलरलाई ५-१ ले पराजित गरेको छ । पीएसजीले खेलको १३ औं मिनेटमा लेभिन कुर्जावाको गोलमा अग्रता लिएको थियो । तर पाहुना टोलीका फ्लोरेन्ट मोलेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारियाले फ्रिकिकमा गोल गर्दै पहिलो […]
February 21, 2019
एजेन्सी – म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३-२ ले पराजित गरेको छ । खेलको अन्तिम २० मिनेटमा १० खेलाडीमा सिमित सिटीले अन्तिम ५ मिनेटमा २ गोल गरेको थियो । खेलको १८ औं मिनेटमा सर्जियो अगुएरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा घरेलु टोली […]
February 21, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को एलिमिनेटर खेलमा आज रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२:३० बजेपछि सुरु हुने खेलमा विजेता टोलीले शुक्रबार काठमाडौं गोल्डेन्ससँग क्वालिफायर खेल्ने छ । आज पराजित हुँने टोली बाहिरिने छ । अत्तरिया पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित […]
February 21, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडले युभेन्टसलाई २-० ले पराजित गरेको छ । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बलमा पकड बनाउँदै सुरुवाती अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । गोलरहित सकिएको पहिलो हाफ पछी एट्लेटिकोले दोस्रो हाफमा दुवै गोल गरेको थियो […]