February 20, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा जारी छ । प्रतियोगिताको समुह चरणको खेल सकिँदा काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरिया पहिलो क्वालिफायर खेल्ने भएका छन् । त्यस्तै महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच एलिमिनेटर खेल हुने छ । एलिमिनेटरको विजेता र क्वालिफायमा हारेको टोलीबीच पुन: प्रतिस्पर्धा हुनेछ । […]
February 20, 2019
एजेन्सी – फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]
February 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्न लागेको एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड अन्तरगत वर्षको उत्कृष्ट क्षण अवार्डका लागि विभिन्न १० क्षणहरु सार्वजनिक गरेको छ । सिप्यानले अवार्डका लागि मंगलबार खेलाडी र टिमले गरेको प्रदर्शनको मुल्याङ्कनलाई आधार मानेर विभिन्न १० उत्कृष्ट क्षणहरु सार्वजनिक गरेको हो । यसै १० क्षणमध्ये सर्वाधिक मत पाउने […]
February 19, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दलाई इन्डोनेसियाको लिग च्याम्पियन क्लब पर्सिजा जाकार्ताले माग गरेको छ । नयाँ सिजनको सुरुवातमा रोहितको माग पूरा गर्न नसकेको भन्दै अर्का खेलाडी लिएपनि क्लबले अहिले उनलाई फिर्ता बोलाउने निर्णय लिएको हो । गत सिजन पर्सिजालाई इतिहासकै पहिलो लिग उपाधि दिलाउने क्रममा रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका […]
February 19, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहेका दुई टोली बार्सिलोना र लियोन प्रतियोगिताको राउण्ड अफ १६ को पहिलो लेगमा खेल्दैछन् । युरोपका ठूला टोलीलाई पराजित गरेको लियोन बार्सिलोनालाई स्तब्ध पार्ने तयारीका साथ मैदान उत्रनेछ । लिग वनमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको लियोनले समूह चरणमा म्यानचेस्टर सिटीलाई पाखा लगाएको थियो । बार्सिलोनाका मिडफिल्डर […]
February 19, 2019
पोखरा(हाम्रो खेलकुद)- सहारा क्लब पोखराले १७औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भएपनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको […]
February 19, 2019
दिपक न्यौपाने, बुटवल तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक सफल नेपाल पुलिस क्लब भारतको युनाइटेड दार्जीलिङलाई २-० ले पराजित गर्दै २१ औं संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अब पुलिसले च्यासल र मनाङबिचको विजेतासँग खेल्नेछ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबले उत्कृष्ट आधा दर्जन प्रहार खेर फालेको थियो । […]
February 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक अर्पण कार्की सम्मिलित भुटानी क्लब पारो फुटबल क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा पारोले नेपालको त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको हो । खेलको ८६ औं मिनेटमा दिवस सुब्बाले उत्कृष्ट गोल गर्दै […]
February 19, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा आज राति इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । पहिलो लेगको खेल लिभरपुलको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुनेछ । घरेलु टोली लिभरपुल बायर्नलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । लिभरपुलले बायर्नसँगको सात खेलमध्ये एक खेलमा मात्रै पराजय भोगेका कारण टोली उच्च मनोवलका […]
February 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको पिंकाथन हाफ म्याराथन आउँदो शनिबार हुने भएको छ । आयोजक काठमाडौं पिंकाथनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो । पिंकाथनमा हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा हुनेछ । हाफ म्याराथनको विजेताले ५१ हजार रुपैयाँ हात पार्नेछन् […]