January 25, 2019
एजेन्सी – चीनलाई सहजै पराजित गर्दै इरान युएईंमा जारी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले चीनलाई ३–० ले सहजै पराजित गरेको हो । यूएईस्थित मोहम्मेद विन जायद स्टेडियममा बिहीबार राति भएको खेलमा इरानलाई जिताउन मेदी तारेमी, सरदार अजमउन र करिम अन्सारीफ्राडले गोल गरे । इरानले १८औं मिनेटमा मेदी तारेमीको गोलबाट अग्रता बनायो […]
January 25, 2019
एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल मद्दतमा स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा जिरोनालाई ४–२ ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले १–० ले पछि परेको स्थिति उल्ट्याएर जिरोनामाथि जित निकाल्न सफल भएको हो । रियलको जितमा कप्तान सर्जियो रामोसले दुई तथा लुकास भास्क्वेज र करिम […]
January 25, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा चेल्सीले २–१ को जित निकालेपनि समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० ले पछि परेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीक […]
January 25, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु हुनेछ । गत वर्ष मार्चमा विश्वकप छनोटमा ८ औं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको नेपालले झण्डै १ वर्षमा ३ ओडीआई खेल खेली सकेको छ […]
January 24, 2019
पोखरा (हाम्रो खेलकुद) – बगर भाई खलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साबिक विजेता समेत रहेको आयोजक बगर भाइ खलक बुटवल भेट्रानसँग पराजित भएको छ । बिहिबारको पहिलो खेलमा बगर भाई खलकलाई टाई ब्रेकरमा पाहुना टोली बुटवल संग ५–४ हराउँदै टोली क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो […]
January 24, 2019
एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा जापानले भियतनामलाई १–० ले पराजित गर्दै एसियन कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । युनाइटेड अरब इमिरेट्सस्थित अल मक्टम स्टेडियममा भएको खेलमा जापानलाई जिताउन दोस्रो हाफमा रिट्सु डोएनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले […]
January 24, 2019
दुवई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पहिलो खेल खेल्दै यूएईसँगको तीन ओडीआई सिरीजको सुरुवात गर्ने छ । खेल नेपाली समयअनुसार मध्यान्ह ११ः१५ देखी आईसीसी ओभल क्रिकेट एकेडेमी दुवईमा चल्नेछ । नेपाल आफ्नो दोस्रो ओडीआई सिरीज हो । यस अघि नेपालले गत अगस्टमा नेदरल्यान्डसँग पहिलो ओडीआई श्रृंखला खेलेको थियो । उक्त श्रृंखला १–१ […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट टि ट्वान्टी प्रतियोगितामा प्रत्येक खेलको पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक जनाएको छ । जसको प्रायोजन अजोड इन्सुरेन्स लिमिटेडले गरेको छ । बिहीबार आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र अजोडकाबीच […]
January 24, 2019
सुबास हुमागाईं, दुवई युवा स्पिनर ललित नारायण राजवंशीले यूएईविरुद्ध शुक्रबार हुने पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा खेल्दै नेपालको लागि ओडीआईमा डेब्यु गर्ने सम्भावना प्रबल रहेको छ । नेपाली टोलीले बिहीबार खेलको पूर्वसन्ध्यामा प्रशिक्षण गर्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका भेट्रान स्पिनर वसन्त रेग्मी बिरामी रहेपछि ललितले खेल्ने सम्भावना बढेको हो । वसन्त यूएई आएदेखि ज्वरोले ग्रसित […]
January 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली दृष्टिबिहीन महिला क्रिकेट टोलीले पाकिस्तानमा आयोजना हुन लागेको प्रथम नेत्रहीन क्रिकेट सिरिजमा क्लिनसिट राख्ने लक्ष्य लिएको छ । टोलीलाई बिदाई गर्न आयोजना गरिएको कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले घरेलु टोलीविरुद्धको पाँच टी–२० सिरिज क्लिनसिट राख्ने योजना बनाएको बताएको हो । सिरिज १३ माघबाट २३ माघसम्म आयोजना हुदैछ । ‘नेपालले यो […]