default_image

Featured

November 3, 2017

युरोपा लिग: बराबरी खेल्दै आर्सनल छनोट, एभर्टन बाहिरियो

लण्डन (एजेन्सी) – गए राति युरोपा लिगमा इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै आर्सनल ४ खेलमा दश अंक बटुल्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । घरेलु टोली आर्सनलले खेलबाट पूरा ३ अंक जित्ने अवसरहरु पाए पनि स्ट्राइकर ओलिभर जिरुड र मिडफिल्डर ज्याक विल्शेरले तिनको फाइदा […]

evra

November 3, 2017

फ्यानमाथि एभ्राको ‘कुङ्गफू किक’ -[ भिडियो ]

लिस्बोन (एजेन्सी)– मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । पोर्चुगेली क्लब भिटोरिया डी गुमाइरेसको घरेलु मैदानमा १–० को पराजय भोग्नु अघि एभ्राले फ्यानमाथि आक्रमणको प्रयास गरेका थिए । खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका एभ्रा रातो कार्ड पाएपछि ड्रेसिइङ्ग रुममा फर्केका थिए । वार्म अपको समयमा मार्सेलको भ्रमणकारी […]

November 2, 2017

प्रेरणा र गरभ सर्किट १ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् । सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले […]

volley

November 2, 2017

बुङताङ प्याब्सन भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) –बुङताङ भलिबल टोली प्रथम प्याब्सन यू १८ भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ सेमिफाईनलमा पुगेको छ । नुवाकोटको बुङताङले कोटेश्वरको ग्लासियर कलेजमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । बुङताङले २३–२५,२५–९,२३–२५,२५–२३ र १५–१३ ले आफ्नो पक्षमा पारेको थियो । विजयी टिम नुवाकेटका आशिष मगर म्यान अफ द म्याच चुनिए । पोखराको टप्स उच्च मावि […]

November 2, 2017

एसियन महिला इलाइट बक्सिङमा ललितालाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन महिला इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जनले सफलता हात पारेकी छन् । ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरण पुगेकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित […]

Ronaldo

November 2, 2017

“मेरा सबै गोलहरु गुगलमै छन्” – रोनाल्डो

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा टोटनह्यामसँग ३-१ को हारपश्चात साविक विजेता रियल म्याड्रिडले थुप्रै आलोचना बेहोर्नु परेको छ । त्यसैमाझ एक पत्रकारले क्रिस्टियानो रोनाल्डोलाई यस सिजनको आफ्नो फितलो प्रदर्शनप्रति अौंला उठाएपछि रोनाल्डोले आफ्नो गोलहरु गुगलमा हेर्नु भनेर बताए । रोनाल्डोले यस सिजन १२ खेलमा ८ गोल गरे पनि ला लिगामा भने ६ खेलमा […]

November 2, 2017

अभ्यास खेलमा बंगलादेशसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोली बंगलादेशसँगको पहिलो अभ्यास खेलमा आज पराजित भएको छ । क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बिहिबार नेपाली यु–१९ टोलीले ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । घरेलु […]

nepal 19 football

November 2, 2017

यू १९ च्याम्पियनसिप छनोटमा नेपालको अर्को हार

कठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ रंगशालामा आज १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको नेपाल बहराइनसँग ४–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । यो हारसँगै छनोटको कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालको अघिल्लो […]

November 2, 2017

युरोपा लिगमा आर्सनल र रेड स्टार बेल्ग्रेड भिड्दै

लण्डन (एजेन्सी) – युरोपा लिगमा आज राति इङ्ग्लिस टोली आर्सनल रेड स्टार बेल्ग्रेड(सर्भिना ज्भेजडा) को सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १.५० बजे सुरु हुने यस खेल आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने छ । युरोपा लिगको समूह ‘एच’मा आर्सनलको ३ खेलमा तीनै जित रहेको छ भने रेड स्टारको ३ खेलमा ४ अंक […]

November 2, 2017

नेपोलीविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिग समूह ‘एफ’ अन्तर्गत म्यानचेस्टर सिटीले नेपोलीमाथि ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । यस जितमा सर्जियो अगुएरोले गोल गर्दै सिटीका सर्वाधिक गोलकर्ता पनि बने । खेलमा निकै आक्रामक सुरुवात गरेको नेपोलीले २१ औँ मिनेटमै अग्रता  लिन सफल भएको थियो । ड्रायस मर्टेन्सको पासमा लोरेन्जो इन्सिन्याले शान्दार गोल गरेका थिए […]

Success

Thank you for your time.