default_image

Featured

October 4, 2017

रोनाल्डो किन युनाइटेड छाडेर रियल गएका थिए ?

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले जुन क्लबबाट खेले त्यहाँ निकै प्रभाव छाडेका छन् । त्यसमध्ये प्रिमियर लिगको सर्वाधिक सफल टोली म्यानचेस्टर युनाइटेड पनि पर्दछ । इङ्ल्यान्डमा रहँदा रोनाल्डोले आफ्नो खेल कौशलमा निकै सुधार गरे । जब रियल म्याड्रिड पुगे त्यहाँ उनले आफुलाई विश्वकै उत्कृष्ट गोलकर्ताका रुपमा प्रस्तुत गरे । उनले रियलबाट ४ सय १ खेलमा ४ […]

October 3, 2017

नेपाली टोलीको तयारी पुनः सुरु, यहि साता ताजकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानविरुद्ध अर्को साता हुने एएफसी एसियन कप छनोट खेलका लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । दशै विवादका कारण केही दिन विश्राम दिइएको प्रशिक्षण सोमबारबाट सुरु भएको छ । छनोटअन्तर्गत गत महिना होममा ताजकिस्तानविरुद्ध नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो । प्रतियोगिताको फाइनल चरणको प्रवेशका लागि ताजकिस्तानसँगविरुद्ध असोज २४ गते […]

October 2, 2017

ताजकिस्तानसँग खेल्न जान रोहित आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका लागि आज स्वदेश आइपुगेका छन् । नेपाल र ताजकिस्तानबीच असोज २४ गते ताजकिस्तानमा प्रतिस्पर्धा हुनेछ ।   भदौ २० मा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको यी दुईबीचको खेलमा ताजकिस्तानले नेपाललाई २–१ ले हराएको थियो । त्यसको भोली पल्टनै रोहित इन्डोनेसिया पुगेका थिए […]

October 2, 2017

हङकङमा मानबहादुर सम्मिलित घान्द्रुकलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– हङकङमा नेपाली समुदायबीच हिजो भएको नवौं खुला भलिबल प्रतियोगितामा आयोजक घान्द्रुक समाज हङकङ विजयी भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले आयोजक टोलीलाई उपाधि दिलाउन मात्र मद्दत गरेनन् आफै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भए । आधिखोला हङकङलाई फाइनलमा सोझो सेटले हराउँदै घान्द्रुक च्याम्पियन बनेको हो । धान्द्रुक […]

October 2, 2017

इस्कोको दुई गोलमा रियल म्याड्रिड विजयी

म्याड्रिड (एजेन्सी) – गए राति ला लिगामा रियल म्याड्रिडले इस्पानियोललाई २-० ले हराउँदै घरेलु मैदानमा सिजनको आफ्नो पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडको जितमा इस्कोले दुई गोल गरेका थिए । रियल म्याड्रिडले पहिलो हाफमा निकै आक्रामक सुरुवात गरेको थियो । इस्को, क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचका राम्रा प्रहारहरु इस्पानियोलका गोलकिपर पाउ लोपेजले बचाऊ […]

October 1, 2017

पिएसजीको जितमा नेयमारको २ गोल

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राती पेरिस सेन्ट जर्मन (पिएसजी) ले बोर्डोमाथि ६-२ को शानदार जित हात पारेको छ । यस जितसँगै पिएसजीले आफ्नो अपराजित यात्रा कायम गर्दै अंकतालिकाको पहिलो स्थानमा पनि पकड बनाएको छ । खेलभरी निकै आक्रामक रुपमा प्रस्तुत भएको पिएसजीले पहिलो हाफमा ५ गोल गरेको थियो । खेलको पाँचौं […]

October 1, 2017

म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ । सिटीको जितमा मिडफिल्डर केभिन डे ब्रुयनले दोस्रो हाफमा शानदार गोल गरेका थिए । म्यानचेस्टर सिटी आफ्ना यस सिजनका सर्वाधिक गोलकर्ता सर्जियो अगुएरो बिना मैदानमा उत्रेको थियो । अगुएरो बिहीबार कार दुर्घटनमा परेका कारण दुई महिनाका लागि खेल मैदानबाट बाहिर हुने बताइएको छ […]

September 30, 2017

म्यानचेस्टर युनाइटेडको फराकिलो जित

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो गोलअन्तरले हराएको छ । युनाइटेडको जितमा मरोएने फेलाइनीले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै मार्कोस रासफोर्डको पासमा जुवान माटाले गरेको प्रहारद्वारा म्यानचेस्टर युनाइटेडले अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको ३५ औँ मिनेटमा फेलाइनीले स्कोर २-० बनाए भने […]

September 29, 2017

साफ यू १८ च्याम्पियन टोलीका रेजिनको गृहनगरमा भव्य स्वागत

भद्रपुर (हाम्रो खेलकुद)– साफ यू १८ च्याम्पियन नेपाली युवा टोलीका सदस्य रेजिन सुब्बाको गृहनगरमा आज भव्य स्वागत भएको छ । भुटानमा बुधबार सम्पन्न साफ यू १८ मासमान ९ अंक भएपनि हेड टु हेडमा बंगलादेशलाई पछि पार्दै नेपाल च्याम्पियन बनेको थियो । झापा चन्द्रगढीका रेजिनलाई परिवार, मुनाल क्लब, चन्द्रगढी फुटबल एकेडेमी र नगरवासीले भव्य साग गरेका […]

September 29, 2017

एएफसीका अध्यक्ष अल खालिफा नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा नेपाल यसै महिना नेपाल आउने भएका छन् । उनी असोज २४ गते काठमाडौं आइपुग्ने बताइएको छ । त्यसको अघिल्लो दिन राजधानीमा एन्फाको विशेष साधारण सभा हुँदैछ । सन् २०१३ मा एएफसीको विशेष साधारण सभाबाट अध्यक्षमा निर्वाचित अल खालिफा पहिलो पटक […]

Success

Thank you for your time.