default_image

Featured

Nepal

September 27, 2017

साफ यू-१८ : उपाधि दौडको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । यू-१९ फर्म्याटमा सम्पन्न अघिल्लो संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्न भारतलाई जित्ने पर्नेछ । प्रतियोगितामा घरेलु टोली भुटानसँग पहिलो खेलमा पराजित नेपली टोलीको भाग्य आज कै पहिलो खेलमा पनि निर्भर रहनेछ । नेपालले भारतलाई जित्नु अघि भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध अंक गुमाएमा मात्र नेपालको […]

September 26, 2017

दशैका लागि किरण भोली काठमाडौं आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ दशैका लागि भोली स्वदेश आइपुग्दैछन् । माल्दिभ्समा टिसी स्पोर्टसबाट व्यावसायिक खेल खेलिरहेका उनी आज साँझ त्यहाँबाट उड्नेछन् । उनी गत महिना एसियन कप छनोटअन्तर्गत ताजकिस्तानसँग खेले लगत्तै उनी माल्दिभ्स फर्केका थिए । भदौ २० गते ताजकिस्तानसँगको खेल नेपालले २–१ ले गुमाएको थियो । यहाँबाट निराश भएर […]

September 26, 2017

सोलिडारिटी कपका विजेता टोलीलाई एन्फाले नगद पुरस्कार दियो

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघले आज नगद पुरस्कार वितरण गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ वितरण गरेका हुन् । गत वर्ष कार्तिकमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेपछि […]

Nepal

September 26, 2017

रोमाञ्चक उपाधि दौड , नेपालले भारतलाई जित्नै पर्ने: सम्भावना विस्तृतमा

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई हराएसँगै उपाधि दौड चार टोलीबीच खुला भएको छ । माल्दिभ्स चारै खेलमा पराजित भएर बाहिरिएपछि बुधबार अन्तिम दिनमा भारत र नेपाल तथा आयोजक भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई समूहमा खेलाइने भने पनि श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएपछि प्रतियोगिता राउन्ड रबिनका आधारमा खेलाइएको हो । समूहमा हरेक टोलीले […]

September 26, 2017

सोलिडारिटी कप विजेतालाई एक बर्षपछि पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप जितेको झन्डै एक बर्षपछि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नगद पुरस्कार वितरण गर्ने भएको छ । विजेता टोलीका प्रत्येक सदस्यलाई ३ लाख रुपैयाँ दिने एन्फाले त्यति बेला नै घोषणा गरेको थियो । गत वर्ष कार्तिकमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै […]

Roshan Limbu

September 25, 2017

रोमनको सेन्टर लाइन नजिकको गोलबाट नेपाल विजयी (भिडियो )

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जित्ने लक्ष्य जीवित राखेको छ । बराबरी तर्फ बढ्दै गरेको खेलमा रोशन लिम्बुले करिब सेन्टर लाइन नजिकबाट गोल गर्दै नेपालका लागि जित निकालेका थिए । भिडियो श्रोत  : भुटान फुटबल संघ     साफ यू १८: नेपालको उपाधि जित्ने सम्भावना जीवित  

September 25, 2017

साफ यू १८: नेपालको उपाधि जित्ने सम्भावना जीवित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपालले उपाधि जित्ने सम्भावनालाई जीवित राखेको छ । आज भएको खेलमा रोमन लिम्बुको निर्णायक गोलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको छ । समान ६ अंक भएका नेपाल र भारतबीच अन्तिम दिन प्रतिस्पर्धा हुनेछ । यसअघि दुई खेल जितेको बंगलादेशको पनि ६ अंक छ । रोमनले […]

September 25, 2017

नेपाल र बंगालदेशबीचको पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपाल र बंगलादेशबीचको पहिलो हाफमा १–१ को बराबरी भएको छ । यस अघिका खेलमा एक हार र अर्कोमा जित खेलेको नेपाललाई आजको खेल महत्वपूर्ण मानिएको छ । आजै यसअघिको खेलमा भारतले माल्दिभ्सलाई २–१ ले हराइसकेका कारण पनि नेपालले अन्तिम दुईमा पुग्न आजको खेल जित्दै पर्ने […]

Olympic

September 25, 2017

१३ औं साग निर्धारित समयमै हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले आयोजना गर्ने अधिकार पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने बताएका छन् । १३ औं सागमा २५ खेल समावेश भएको आधिकारिकता बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले १३ औं साग निर्धारित मितिमै हुने दाबी गरेको हो । १३ औं […]

Nepal

September 25, 2017

नेपाल विरुद्ध बंगलादेश [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ । नेपालले पहिलो खेलमा भुटानसँग १-० को पराजय भोगेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २-० ले हराएको थियो । श्रोत : भुटान फुटबल संघ

Success

Thank you for your time.