default_image

Featured

March 30, 2017

नेपालले हङकङलाई ७ विकेटले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले जितका साथ आज बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको यात्रा अन्त्य गरेको छ । प्रतियोगिताबाट बहिरिइसकेका दुई टोलीबीचको प्रतिस्पर्धानमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालको कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेपछि […]

March 30, 2017

मुवाँथाईका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मुवाँथाई संघले विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई बिहीबार सम्मान गरेको छ । संघले बिहिबार एक कार्यक्रम गर्दै थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपमा पदक जित सफल चार खेलाडीलाई सम्मान गरेको हो । पदक विजेता खेलाडीहरु सञ्जय राई, अनिशा खड्का, दीपक तामाङ र करुणा रुप्रेतीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट […]

March 30, 2017

टुबोर्ग माई म्याली गोल्डकपको उद्घाटन आज, आयोजक र पुलिसबीच प्रतिस्पर्धा

दिपक बोहोरा इलाम – टुबोर्ग तेस्रो माई म्याली गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । जिल्ला फुटबल संघ इलाम र माई म्याली फुटबल क्लब इलामको संयुक्त आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस र आयोजकबीच प्रतिस्पर्धा हुनेछ । इलामको ठुलो टुडिखेलमा प्रतियोगिताको उद्घाटनका लागि इलाम बजारलाई सिंगारीएको छ । अखिल नेपाल फुटबल […]

March 30, 2017

नेपाललाई हङकङले २ सय १५ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङविरुद्ध जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ । टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेका थियो । हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ । हङकङको आपनिङ जोडिको उत्कृष्ट […]

March 30, 2017

हङकङसँग नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी इमर्जिङ नेसन्स कप क्रिकेटमा हङकङविरुद्धको खेलमा आज टस जितेर फिल्डिङ रोजेको छ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले आयोजक बंगलादेश र पाकिस्तानसँग हार बेहोरेका थिए । त्यसअर्थमा जितका साथ प्रतियोगिताको अन्त्य गर्न कालागि आजको खेल दुवैका लागि प्रतिष्ठानको लडाई मानिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो […]

March 30, 2017

नवयुग, अनिल र भरतलाई एनआरएनए अष्ट्रेलियाले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ले तीन नेपाली खेलाडीलाई आइतबार सम्मान गर्ने भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ र स्ट्राइकर नवयुग श्रेष्ठलाई एनआरएनए अष्ट्रेलियाले आइतबार सम्मान गर्न लागेको हो । लामो समय नेपाली भलिबल टोलीलाई कप्तानी गरेका भरतले केही […]

March 30, 2017

राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत समुह ‘एफ’को पहिलो खेल खेलेर नेपाल राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा खेलिएको खेलमा नेपालले घरेलु टोलीसंग ४-१को पराजय भोगेको थियो। खेलको सुरुवातमै विक्रम लामाले रातो कार्ड खादैं मैदानबाट बाहिरिएपछि खेलको अधिकांश समय १० खेलाडिमा सिमित नेपालमाथि घरेलु टोली […]

March 29, 2017

राजर्षि जनक कपमा को को भए उत्कृष्ट ? आर्मीका दीपलाई बागमति खेलाडी सम्मान

सर्लाही (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका फुटबल खेलाडी दीप लामा बागमति खेलाडीबाट सम्मानित भएका छन् । राजर्षि जनक कप फुटबल प्रतियोगिताको समापनका अवसरमा बुधबार दीपलाई उक्त सम्मान गरिएको हो । उनले मोटरसाइकल प्राप्त गरेका छन् । प्रतियोगिताको अधिकांश व्यक्तिगत पुरस्कार राजर्षि जनक कप फुटबल प्रतियोगिताका फाइनल पुग्ने दुई टोलीका सदस्यले जिते । त्रिभुवन आर्मी क्लबलाई […]

March 29, 2017

कैलालीको साइनिङ नेपाल कप भेन्ट्रान्स फुटबलको फाइनलमा

काठमाडौं (काठमाडौं) – कैलालीको साइनिङ सन फुटबल एकेडेमी नेपाल कप भेट्रान्स फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ । साविक विजेता नेपाल आर्मी क्लबलाई १–० ले हराउँदै साइनिङ अन्तिम दुईमा प्रवेश गरेको हो । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा रविन्द्र श्रेष्ठले ४५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । उनै रविन्द्र खेलको […]

March 29, 2017

सहारा एकेडेमीलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिले थप सहयोग गर्ने

पोखरा १६ (हाम्रो खेलकुद) – पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्वीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष ऐन कुमार साई सहिaतको समितिको पदाधिकारी टोलीले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई दिगो रुपमा संचालन गर्न नयाँ ढंगले सहयोग गर्ने भएको समितिका महासचिव योगेन्द्र केसीले बताए । […]

Success

Thank you for your time.