default_image

Featured

January 19, 2017

आर्मीले भलिबल र म्याराथन आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपाली सेना र नेपाल इन्भेस्टमेन्ट बैंकको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्रसँगै विभागीय टोली नेपाली […]

January 19, 2017

आहा रारा गोल्ड कप– कर्णको ह्याट्रिकमा झापाको सहज जित

पोखरा (हाम्रो खेलकुद)– रमपम झापा ११ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । कर्ण लिम्बु सुब्बाको उच्च प्रदर्शनबाट प्रेरित झापा एएनए युएसएलाई ४–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो । अब झापाले गत बर्षको उपविजेता त्रिभुवन आर्मीसँग माघ १० मा क्वार्टरफाइनल खेल्नेछ । झापाका लागि ह्याट्रिक पुरा गरेका कर्णले अर्को गोलका लागि […]

default_image

January 19, 2017

आहा रारा गोल्ड कपमा एएनए युएसएविरुद्ध झापाको अग्रता

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार पहिलो हाफमा रमपम झापा ११ ले २–० को अग्रता लिएको छ । पहिलो पटक पोखरा आएको एएनए युएसएले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन भने झापा विस्तारै लयमा देखियो । अघिल्लो महिना काँकरभिट्टा गोल्डकप र फाल्गुनन्द गोल्ड कप नकआउट प्रतियोगिता उपाधि जितेर पोखरा आइपुगेको झापाका […]

January 19, 2017

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता [प्रत्यक्ष अपडेट]

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता तेस्रो खेल झापा ३ -० एनएनए युएसए एएनए युएसए – एलन न्यौपाने (गोलकिपर), आश गुरुङ, रोविन सुब्बा, एडमाउ, किरण लामा, रोशन देवकोटा, विमोसन घिमिरे, जोनाथन एन्डराडे, प्रतिक सिंह, विज्ञान श्रेष्ठ , प्रलय राजभण्डारी (कप्तान) रमपम झापा – किशोर गिरी (गोलकिपर), कर्ण सुब्बा, देवेन्द्र तामाङ, विशाल राई, रञ्जित श्रेष्ठ, प्रवेश […]

January 19, 2017

आहा रारा गोल्डकपमा आज दुई नौलो टोली भिड्दै

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार विल्कुल अपरिचित दुई टोलीबीच भिडन्त हुँदैछ । जहाँ पहिलो चरणको तेस्रो खेलमा झापा ११ र अमेरिकामा रहेका नेपाली खेलाडी सम्मिलित एनएनए युएसए टोलीबीच प्रतिस्पर्धा हुनेछ । झापा त्यो टोली हो जो पछिल्ला दुई बर्षमा राष्ट्रिय फुटबलमा स्थापित हुने क्रममा छ । २०७२ मा राष्ट्रिय लिगमा चौथो […]

aspas

January 19, 2017

रियल मड्रिडको लगातार दोस्रो हार

मड्रिड – (एजेन्सी) – सेभिल्लासँग ला लिगामा हार्दै आफ्नो ४० खेलको अपराजित यात्रा अन्त भए लगतै रियल मड्रिडले लगातार दोस्रो हारको सामना गरेको छ । कोपा डेल रे को क्वाटर फाइनलको पहिलो लेगमा आफ्नु घरेलु दर्शकको अगाडि २-१ ले पछी परेको छ । लिभरपुलमा फ्लप रहेका आइगो आसपासले यो सिजनको १६ औ गोलमा पाहुना टोली सेल्टा […]

January 19, 2017

अभ्यास खेलमा किरणको टोली पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्समा ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबका लागि बुधबार ‘डेब्यू’ गरेका छन् । तर, किरणको टोली तग बर्षको माल्दिभ्स लिगको विजेता टोली माजिया स्पोर्टस् एन्ड रिक्रियसन क्लबसँगको अभ्यास २–० ले पराजित भएको छ । अन्तिम १५ मिनेटमा उनको टोलीले २ गोल खाएको थियो । टोली पराजित […]

January 18, 2017

रोहितले मनाङबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दले पोखरामा जारी १५औं आहा! गोल्डकपमा मनाङ मर्स्याङ्दि क्लबबाट खेल्ने भएका छन्। विगत एक वर्षयता चोटका कारण फुटबलबाट बाहिर रहेका चन्दले मनाङबाट खेल्दै मैदानमा पुनरागमन गर्न लागेका हुन्। गत वर्ष मलेसियाको टि टिमबाट खेल्दा घुँडामा चोट बोकेपछि शल्यक्रिया गरेका रोहितले त्यसयता कुनै खेल खेलेका छैनन्। राष्ट्रिय […]

January 18, 2017

शिव पौडेल स्मृती क्रिकेटको फाइनल सहिद दिवसमा

काठमाडौं (हाम्रो खेलकुद) – सेमिफाइनल सम्म चितवनमा भएको शिव पौडेल स्मृति क्रिकेट टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल ११ दिनपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने भएको छ । आयोजकले राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै सहिद दिवसको अवसर पारेर माघ १६ गते फाइनल खेलाइने बताएको छ । नेपाल विद्यार्थी संघ विरेन्द्र बहुमुखी क्याम्पस इकाईको आयोजनमा भएको […]

January 18, 2017

सिएमजी भेट्रान फुटबल टोली भारत प्रस्थान

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उमेन्द्रमान सिंह र बालगोपाल महर्जनसहित पूर्व खेलाडी सम्मिलित सिएमजी क्लब भेट्रान टोलीले भारतको कोलकातामा आयोजना हुने ‘आठौ कलकता भेट्रान अन्तराष्ट्रिय आमन्त्रण सकर च्यालेन्ज’ भाग लिने भएको छ । प्रतियोगितमा भाग लिन २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । युनाइटेड भेट्रान कोलकाताको आयोजनमा हुने प्रतियोगिता […]

Success

Thank you for your time.