default_image

ए डिभिजन लिग

March 1, 2023

एनेसे राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– इटालियन भिन्सेन्जो अल्बर्टो एनेसे नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको कार्यसमितिको बैठकले एनेसेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । सफल तर विवादित प्रशिक्षक कुवेती अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएयता राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । यद्दपी भदौ र […]

March 1, 2023

ईसेवा ‘ए’ डिभिजन लिगको टिकेटिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ । एमडीएसी स्पोर्ट्सका कार्यकारी अधिकृत अर्जुन घिमिरेले टिकटको लागि ईसेवासँग सम्झौता भएको जनाएका छन् । फागुन१९ फागुनदेखि शुरु हुने यसवर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगको टिकट ईसेवा एप डाउनलोड गरि वा […]

February 28, 2023

सातदोबाटो युथलाई लि निङको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई चीनिया खेल समाग्री उत्पादन कम्पनी लि निङले प्रायोजन गरेको छ । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र सातदोबाटोका अध्यक्ष कपिल राना मगरले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार आसन्न ए डिभिजन लिगमा सातदोबाटो […]

February 27, 2023

एमडिएसी स्पोर्ट्सलाई मार्केटिङ र टिकेटिङको अधिकार

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने शहिद स्मारक ए, बी र सी डिभिजन लिगको मुख्य प्रायोजक बाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पुर्ण अधिकार एमडिएस स्पोर्ट्स प्रालिले प्राप्त गरेको छ । एन्फाले आब्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याटबाहेक १ करोड ९७ लाख रुपैयाँमा मुख्य प्रायोजकबाहेक मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र […]

February 15, 2023

मनाङले उज्वेकिस्तानका विंगर भित्र्यायाे

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल मनाङ मर्स्याङ्दी क्लबले उज्वेकिस्तानका विंगर सेडजामोल डाभ्लाजोनोभलाई अनुबन्ध गरेको छ । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङले नयाँ सिजनको लागि एसियन कोटामा उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको हो । मनाङले बुधबार सामाजिक संजालमार्फत विंगर सेडजामोललाई यो सिजनको लागि अनुबन्ध गरिएको जनाएको छ । २५ वर्षीय विंगर […]

February 13, 2023

मनाङमा बार्सिलोनाका पूर्व डिफेन्डर अनुबन्धित हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले बार्सिलोनाका पूर्व खेलाडीलाई अनुबन्ध गर्ने भएको छ । सन् २०१४/१५ मा बार्सिलोनाको सिनियर टोलीमा परिसकेका सेनेगलका डिफेन्डर दिवान्दु डियाग्ने नियाङ नेपाल आइसकेका छन् । मनाङ मर्स्याङ्दीका उच्च स्रोतका अनुसार क्लबले उनलाई यस सिजनका लागि अनुबन्ध गरेको हो । क्लबले हाल […]

February 6, 2023

खेलाडी पलायनका बीच लिगमा विदेशी कोटा बढाउने चर्चा

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा कम समय बाँकी छ । १४ ओटै ए डिभिजन क्लब यतिबेला टोली निर्माणको अन्तिम चरणमा छन् । तर राष्ट्रिय टोलीबाट खेलिसकेका झन्डै ३ दर्जन खेलाडी पलायन भएका कारण टोली निर्माण गर्न क्लबहरुलाई केहि कठिनाइ भइरहेको छ । तीन पटक लिगको मिति स्थगित […]

February 3, 2023

‘ए’ डिभिजन लिग- तीन मैदानमा १ सय ८२ खेल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना सुरु हुने घरेलु फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ । एन्फा मुख्यालय सातदोबाटोमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाका महासचिव किरण राईले लिगको एक महिने काउन्ट डाउन सुरु भएको जानकारी दिने क्रममा तयारीका बारेमा […]

January 29, 2023

महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त– थापा मुख्य, गुरुङ सहायक

काठमाडौं (हाम्रो खेलकुद)– अनन्तराज थापा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपलगत्तै कुमार थापाले राजानिमाको घोषणागरेयता राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक पद खाली थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई मुख्य प्रशिक्षक आइतबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो […]

January 24, 2023

प्रशिक्षक केसी थ्री स्टार फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षक मेघराज केसी पुनः थ्री स्टार क्लबमा फर्केका छन् । एक सिजन सातदोबाटो युवा क्लबमा बिताएका केसी सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा बढी समय रहँदा फेरि थ्री स्टारमा आबद्ध भएका हुन् । क्लबका अध्यक्ष अरुणमान जोशीसहित पदाधिकारीले मंगलबार केसीलाई क्लबमा स्वागत गरेका थिए । ४९ वर्षे […]

Success

Thank you for your time.