December 5, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरुलाई गम्भिर प्रश्न गरेका छन् । पुस २६ गतेबाट सुरु हुने भनिएको लिग अन्योलमा परेपछि त्यसप्रति गम्भिर चासो व्यक्त गर्दै सुजलले सामाजिक सञ्जालमार्फत एन्फा र क्लबलाई नेतृत्वलाई प्रश्न गरेका हुन् । उनले […]
December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २६ गतेबाट सुरु गर्ने भनिएको सहिद स्मारक ए डिभिजन लिग निर्धारित समयमा सुरु हुनेमा शंका देखिएको छ । एन्फाले क्लबहरुसँग गरेको तयारी गर्ने उपलब्ध गराउने पटक पटकको प्रतिबद्धता पूरा नभएकाले निर्धारित समयमा लिग हुनेमा शंका बढेको हो । ए डिभिजन लिगका १४ मध्ये ९ क्लबका […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक यसपटक पनि रिक्त पदाधिकारी नियुक्त गर्न सकेन । एन्फाको सोमबार बसेको बैठकमा पदाधिकारी नियुक्त एजेण्डामा समावेश थियो, तर त्यस विषयमा निर्णयमा पुग्न सकेन । एक सदस्यका अनुसार रिक्त पदाधिकारी नियुक्त पुस भित्रमा गरिसक्ने सहमति भएको जनाएका छन् । ३ सहायक महासचिवसहित विभिन्न १७ जनाको […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रिजेन तामाङको उपचारका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । एन्फाको मंगलबार बसेको बैठकले प्रिजेनको उपचारमा सहयोग गर्ने निर्णय गरेको हो । उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । उनको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ […]
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले प्रिजेन तामाङको उपचारमा सहयोग गर्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको छ । उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । खेलाडी संघले खेलाडीहरुकोतर्फबाट प्रिजेनको शीघ्र स्वास्थ लाभको कामना गर्दै एन्फालाई उपचारमा सहयोग गर्न आग्रह गरेको हो । […]
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजिन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटिएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । झण्डै दुई महिनापछि सुरु हुने ए डिभिजन लिग खेल्ने तयारीमा रहेको मनाङले शेर्पा आउटडोरको केटिएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो । मनाङका महासचिव तेन्जिङ गुरुङ […]
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक अर्को साता बस्ने भएको छ । विविधसहित ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक डाकिएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति पदाधिकारी र सदस्यलाई मंगलबार पठाएको पत्रमा ९ वटा एजेण्डा समावेश छन् । मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुसको अन्तिम साताबाट सुरु गर्ने घोषणा गरेको सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । त्यहि क्रममा एन्फाले सोमबार ए डिभिजन लिगका सहभागी क्लबसँगको छलफलका क्रममा तयारी खर्च वापत गत वर्षको भन्दा १० लाख रुपैयाँ बढाउने सहमति गरेको छ । अब लिग तयारीमा ए डिभिजन […]
October 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा ए डिभिजन क्लबका प्रतिनिधिसहितको मंगलबार बसेको बैठकले ए डिभिजन लिगको नयाँ मिति तय भएको एन्फाले जनाएको छ । १४ ए डिभिजन क्लबमध्ये नेपाल पुलिस क्लबबाहेकका प्रतिनिधिको उपस्थितिमा भएको बैठकले पुस […]
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग सकिएको ६ महिना भन्दा पनि लामो समयपछि विजेतासहित शीर्ष ३ टोलीको पुरस्कार रकम प्रदान गरेको छ । ‘बी’ डिभिजनको पनि विजेतासहित शीर्ष ३ टोलीले पुरस्कार रकम प्राप्त गरेका छन् । त्यस्तै ए र बीका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदियमान खेलाडीले […]