default_image

ए डिभिजन लिग

February 14, 2020

जितका साथ थ्री स्टारले गर्यो लिगको अन्त्य

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले जितका साथ कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले हराउँदै थ्री स्टारले जितका साथ लिगको बिट मारेको हो । थ्री स्टारको जितमा दोसे हाफमा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरेका छन् । यो खेल […]

February 13, 2020

अन्तिममा सम्हालिन नसक्दा एपिएफले अंक बाढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारको दोस्रो खेलमा नेपाल एपिएफ महेन्द्रा फुटबल टिम र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेल १-१ को बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । २० औं मिनेटमा श्याम नेपालीको […]

February 13, 2020

कप्तान जुमानुको ह्याट्रिकमा पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिसले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार फ्रेन्ड्स क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा जुमानुले ह्याट्रिक गर्दै पुलिसलाई सहज जित दिलाएका हुन् ।  उनले ४८ औं मिनेटमा गोल गर्दै पुलिसलाई […]

February 12, 2020

‘निलम्बनको तीन महिना तीन वर्ष जस्तै लाग्यो’- विमल

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल खेलाडी विमल घर्ति मगर मैदान फर्कन आतुर छन् । ९० दिनको निलम्बन फुकुवा भएको दुई दिनपछि उनी सानमिगेल मछिन्द्र क्लबको जर्सीमा मैदान उत्रने तयारी छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलका रुपमा रहेको शनिबार शीर्षस्थानको त्रिभुवन आर्मी क्लबविरुद्ध विमल मछिन्द्रको जर्सीमा देखिने भएका हुन् । पछिल्लो […]

February 12, 2020

जावलखेल र हिमालयन शेर्पाले अंक बाढे

काठमाडौं (हाम्रो खेलकुद)– प्रभु बैंक जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार बराबरी खेलेका छन् । दुवै टोलीले १० खेलाडीमा सिमित रहँदै अन्त्य गरेको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । शेर्पाका लागि स्टेफन समिन डेबेनीले २ र विजय श्रेष्ठले एक गोल गरे । जावलाखेलका लागि कुवेर […]

February 11, 2020

विमलले लिगको अन्तिम खेल खेल्ने !

प्रकाश तिमल्सिना, काठमाडौं निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट […]

February 11, 2020

पुलिसविरुद्ध मनाङको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबविरुद्ध कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार पहिलो हाफको समाप्तीमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले २–० को अग्रता लिएको छ । विमल राना र अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विमलको गोलबाट मनाङले अग्रता लिएको थियो । ३२ औं […]

February 11, 2020

एनआरटीमाथि रुस्लान थ्री स्टारको साँघुरो जित

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब न्यूरोड टिम (एनआरटी) माथि जित हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारले एनआरटीलाई १–० ले हराएको थियो । परिवर्तित खेलाडी दिपेश घलेले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बनेको थियो । मिक्छेन तामाङको पासमा दिपेशले पेनाल्टी बक्स भित्रबाट गरेको […]

February 11, 2020

‘यहि अट्किदैन, कीर्तिमान तोड्ने कोशिस गर्नेछु ‘– भरत

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले अबको लक्ष्य सन्तोष साहखुलको कीर्तिमान तोड्नु रहेको बताएका छन् । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध ३–० को जितमा पहिलो गोल गर्दै सहिद स्मारक ए डिभिजन लिगमा ५० गोल पुरा गरेका भरतले आफ्नो लक्ष्य यसरी सुनाएका छन् । च्यासल युथ क्लबका कप्तान सन्तोषले यहि लिगका दौरान १ […]

February 11, 2020

आर्मीको जित, उपाधिको छिनोफानो अन्तिम खेलमा

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधिको रोमाञ्चकता अन्तिम खेल सम्म पनि रहने भएको छ । ब्रिगेड ब्वाइज क्लबलाई मंगलबार ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानका उक्लेपछि यसपटकको लिगको छिनोफानो शनिबारको खेलबाट मात्र हुनेछ । शनिबार शीर्ष दुई टोली आर्मी र सानमिगेल मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यहि खेलले […]

Success

Thank you for your time.