default_image

ए डिभिजन लिग

January 8, 2020

बिबिसीविरुद्ध रुस्लान थ्री स्टारको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा बुधबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्धको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले २–० को अग्रता लिएको छ । थ्री स्टारका लागि सुसान श्रेष्ठ र अनन्त तामाङले गोल गरेका थिए । १४ औं मिनेटमा सुसान श्रेष्ठको गोलमा थ्री स्टारले अग्रता लिएको थियो । अशोक खवासको पासमा सुसानले सिक्स […]

January 8, 2020

सन्तोषसम्मिलित च्यासललाई पुलिसको चुनौति

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको तेस्रो दिन आज दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।   दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र रुस्लान थ्री स्टार क्लबबीच मध्यान्ह १२ बजे प्रतिस्पर्धा हुनेछ । च्यासल युथ क्लब र विभागीय नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे […]

January 5, 2020

प्रतिबद्ध अन्जनको पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं डेढ महिना लामो निलम्बन फुकुवा पछि मनाङ मस्र्याङ्दी क्लबका फरवार्ड अन्जन विष्ट सोमबार घरेलु फुटबलमा पुनरागमन गर्दैछन् । राष्ट्रिय टोलीबाट खेल्ने क्रममा अनुशासन उल्लंघन गरेपछि निलम्बनमा परेका अन्जनको कारवाही पुस १४ गते सकिएको थियो । उनीसँगै त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ, विमल घर्तीमगर र दीनेश राजवंशी कारवाहीमा परेका थिए । सन्तोषले पुस […]

January 3, 2020

वर्षाका कारण ‘ए’ डिभिजन लिग दुई दिन स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – खराब मौसमको कारण देखाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौ राउन्डको खेलहरु २ दिन स्थगित गरेको छ । दशरथ रंगशालामा शनिबारबाट तय गरिएको पाँचौ चरणका खेलहरु अब सोमबारदेखि बिहीबारसम्म चल्नेछन । यसअघिको तालिकामा शनिबारदेखि मंगलबारसम्मको लागि तय थियो । अखिल नेपाल फुटबल […]

January 2, 2020

सागको फाइनल सम्झाउने नवयुगको त्यो गोल !

प्रकाश तिमल्सिना, काठमाडौं १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा नेपालले स्वर्ण पदक जितेको अबको डेढ महिनामा चार वर्ष पुरा हुँदैछ । भारतले नेपालमाथि नाकाबन्दी गरेको केहि महिनापछि गुवाहाटी र सिलोङमा १२ औं साग आयोजना भएको थियो । फुटबलको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा तय थियो । फाइनलमा भारतलाई हराउँदै स्वर्ण पदक जितेर नाकाबन्दीको […]

January 1, 2020

‘नरोएको दिन थिएन’

प्रकाश तिमल्सिना, काठमाडौं डेढ महिनाको निलम्बन फुकुवा पछिको पहिलो खेल । त्यो पनि लिग उपाधि दावेदार रुस्लान थ्री स्टारविरुद्ध । टोलीका लागि फ्रिकिकमा दर्शनीय गोल । २-० को जितमा उत्कृष्ट प्रदर्शन । अन्त्यमा खेलको म्यान अफ दी म्याच । अझ खेलपछि प्रशिक्षकको प्रशंसा पनि । त्रिभुवन आर्मी क्लबका मिडफिल्डर सन्तोष तामाङको फुटबलमा पुनरागमनको संक्षिप्त विवरण […]

January 1, 2020

आर्मीले रुस्लान थ्री स्टारलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार रुस्लान थ्री स्टारलाई २-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले र सन्तोष तामाङले दोस्रो हाफमा उत्कृष्ट गोल गरे । यससँगै थ्री स्टारले लिगमा पहिलो हार बेहोरेको छ । आर्मी भने लिगमा […]

January 1, 2020

पहिलो हाफमा रुस्लान थ्री स्टार र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । खेलकाे पहिलाे मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले […]

January 1, 2020

पुलिससँग संकटा पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती २ खेलमा १ अंक जोडेको पुलिसले बुधबार संकटा क्लबविरुद्ध २–१ ले हराउँदै अंकतालिकामा ७ अंक पुर्याएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको १५ औं मिनेटमा सुमन लामाको गोलबाट पुलिसले अग्रता लिएको थियो । गोलरक्षक […]

January 1, 2020

रुस्लान थ्री स्टार र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बुधबार) चौथो चरणको खेल अन्तरगतको तेस्रो दिन दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार पहिलो खेलमा गतवर्षको उपविजेता संकटा क्लब र विभागीय नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ः३० […]

Success

Thank you for your time.