default_image

ए डिभिजन लिग

January 11, 2020

प्रतिबन्धले पिरोलेको मनाङ र मछिन्द्र दुवै मैदानमा उत्रँदै

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) देखि छैटौं चरणको खेलहरु सुरु हुँदैछ । छैटौं चरणको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे सानमिगेल मछिन्द्र क्लब र प्रभु जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र यति […]

January 9, 2020

आर्मी लिगको शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद )- सरस्वती क्लबलाई बिहीबार १–० ले पराजित गर्दै विभागीय त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आर्मीको जितसँगै सहिद स्मारक ए डिभिजन लिगको अंक तालिका रोमाञ्चक बनेको छ। लिगमा अपराजित रहेको मनाङ  ११ अंकमा दोस्रो स्थानमा छ। लिगमा समान १० अंक भएपनि मछिन्द्र तेस्रो र रुस्लान थ्रीस्टार चौथो स्थानमा छ। पाँचौ […]

January 9, 2020

आर्मीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- कतार एयरवेज  स्मारक ए डिभिजन लिगमा पाँचौ चरणको अन्तिम खेलको पहिलो हाफमा त्रिभुवन आर्मीले १–० ले अग्रता लिएको छ। काठमाडौको दशरथ रगंशालामा बिहिबार जारी खेलमा आर्मीले सरस्वतीविरुद्ध अग्रता बनाएको हो। खेलको ३० औं मिनेटमा कप्तान जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन्। सेसेहाङ आङदेम्वेको पासमा जर्ज प्रिन्सले वान टचमा सुन्दर गोल […]

January 9, 2020

संकटाको जित, दबाबमा एपिएफ

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लबले बाजी मारेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा संकटाले नेपाल एपिएफ क्लबलाई ४–२ ले हराएको छ । पाँचौं खेलमा दोस्रो जित निकालेको संकटाको खातामा अब ७ अंक पुगेको छ । एपिएफको ५ खेलमा ४ अंक छ । […]

January 9, 2020

आर्मीलाई शीर्षस्थानमा उक्लने मौका

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको अन्तिम तथा चौथो दिन आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दिनको पहिलो खेलमा संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच मध्यान्ह १२ बजे तथा आर्मी र विभागीय त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । […]

January 8, 2020

दुर्लभ इतिहास अनि सरल सन्तोष

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बने सन्तोष साहुखल । बुधबार पुलिसविरुद्ध पहिलो हाफमा बराबरी गोल फर्काउँदै उनले ए डिभिजन लिगमा गर्विलो इतिहास रचे । तर, मैदानमा उपस्थित अन्य खेलाडी, समर्थक, आम दर्शक र पत्रकार नै भन्दापनि सन्तोषको प्रतिक्रिया निकै सामान्य थियो । यहाँसम्म की विपक्षी […]

January 8, 2020

सन्तोषको कीर्तिमानी गोलमा च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सय गोल पुरा गरेको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा टोलीले बराबर खेलेको छ । २ पटक सम्म खेलमा पछि परेर पनि च्यासल नेपाल पुलिस क्लबसँग २–२ को बराबरी खेल्न सफल भएको थियो । पहिलो हाफमा पुलिसले लिएको २–१ ले लिएको […]

January 8, 2020

लिगमा सन्तोषको सय गोल पूरा

प्रकाश तिमल्सिना,काठमाडौं  च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल सहिद स्मारक ए डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । दशरथ रंगशालामा उनले बुधबार नेपाल पुलिस क्लबविरुद्ध १८ औं मिनेटमा गोल गर्दै लिगमा एक सयौं गोल पुरा गरेका हुन् । हेमन्त थापामगरको फ्रिकिकलाई विपक्षी गोलकिपरले राम्ररी नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका सन्तोषले वान टचमा […]

January 8, 2020

रुस्लान थ्री स्टारको जितले लिग थप रोचक

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब पुनः विजयी लयमा फर्केपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा रोमाञ्चकता थपिएको छ । दशरथ रंगशालामा महत्वपूर्ण जित हासिल गर्ने क्रममा बुधबार थ्री स्टारले अर्को ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ३–१ ले हराएको छ । ५ खेलमा थ्री स्टारको खातामा १० अंक पुगेको छ । […]

January 8, 2020

बिबिसीविरुद्ध रुस्लान थ्री स्टारको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा बुधबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्धको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले २–० को अग्रता लिएको छ । थ्री स्टारका लागि सुसान श्रेष्ठ र अनन्त तामाङले गोल गरेका थिए । १४ औं मिनेटमा सुसान श्रेष्ठको गोलमा थ्री स्टारले अग्रता लिएको थियो । अशोक खवासको पासमा सुसानले सिक्स […]

Success

Thank you for your time.