default_image

ए डिभिजन लिग

August 23, 2023

एन्फालाई क्लबहरुको धम्की

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’,’बी’ र’सी’ डिभिजनका दुई तिहाई भन्दा बढी क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट लिग तयारीको बाँकी रकम भुक्तानीको प्रतिबद्धता नआएसम्म एन्फाले सन्चालन गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने धम्की दिएका छन् । ए,बी र सी डिभिजनका ४२ मध्ये ३२ क्लबले संयुक्तरुपमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो धम्की दिएका […]

August 20, 2023

के एन्फा राजनीतिले बिग्रिएको हो ?

सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]

August 14, 2023

डुरान्ड कपमा आर्मीको हार

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लब भारतको डुरान्ड कपको आफ्नो दोस्रो खेलमा पराजित भएको छ । कोक्राझार साइ सेन्टर रंगशालामा सोमबार भएको खेलमा आर्मी चेन्नई फुटबल क्लबसँग ३–० ले पराजित भएको हो । पहिलो खेलमा आर्मी दिल्ली फुटबल क्लब संघ १–१ को बराबरीमा रोकिएको थियो । चेन्नईको जितमा फारख चौधरी, रहिम अली र मोहम्मद […]

August 8, 2023

मच्छिन्द्र भुटानी पारोको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबले आज साँझ एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजे सुरु हुनेछ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स नभएका कारण लिगको उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धाको […]

July 11, 2023

न्यौपानेले आर्मी छाडे, अब एन्फाको हेड अफ एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद)– नवीन न्यौपानेले त्रिभुवन आर्मी फुटबल क्लबको पुरुष टोलीको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) हेड अफ एकेडेमी नियुक्त भएपछि न्यौपानेले आर्मीको प्रशिक्षक पद त्यागेका हुन् । आर्मीमा ७ वर्षको आफ्नो प्रशिक्षण जीवन सुखद रहेको न्यौपानेले बताए । ‘मैले एक सिजन आफ्नै पुरानो क्लब मनाङ मस्र्याङ्दी क्लब हेर्ने मौका […]

July 10, 2023

शेर्पाको अध्यक्षतामा फुटबल क्लब एसोसिएसन गठन

काठमााडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए) को तदर्थ समिति गठन भएको छ । शेर्पा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत हुन् । सहिद स्मारक ए, बि र सि डिभिजनमा रहेका क्लबहरुको प्रतिनिधिको भेलाले सोमबार गठन गरेको एनएफसिएको […]

July 6, 2023

एन्फालाई महिला संघको ध्यानाकर्षण पत्र

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि महिला राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुन नसकेपछि त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको नेपाल फुटबल महिला संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । असार २८ र ३१ गते नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच बंगलादेशमा मैत्रीपूर्ण खेल हुने तय छ । असोजमा ६ […]

June 26, 2023

एन्फाले निर्णय विलम्ब गर्दा एपिएफद्वारा खेलाडीलाई युनिटमा रमाना

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल एपिएफ फुटबल क्लबले दिएको निवेदनमा निर्णय दिन विलम्ब गर्दा सशस्त्र प्रहरी बलले आफू मातहतका फुटबल खेलाडीलाई देशभरका विभिन्न युनिटमा रमाना गरेको छ । सहिद स्मारक ए डिभिजन लिगमा १३ औं स्थानमा रहेसँगै बि डिभिजनमा घटुवा भएको एपिएफले लिग सम्पन्न भएको भोलिपल्ट नै एन्फालाई दुई […]

June 11, 2023

अपि पावरद्वारा च्याम्पियन चर्च ब्वाइजलाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई अपि पावर कम्पनि लिमिटेडले सम्मान गरेको छ । क्लबको मुख्य प्रायोजक रहेको अपि पावरले लिगमा सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियललाई सम्मान गरेको हो । काठमाडौंमा आयोजित रात्री भोजमा क्लबका खेलाडी, पदाधिकारी, प्रायोजक अपि पावरका प्रतिनिधिहरु सँगै क्लबका शुभचिन्तक उपस्थित […]

June 11, 2023

थ्री स्टारले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै एपिएफद्वारा उजुरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेललाई पराजित गर्दा भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै नेपाल एपिएफ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) मा उजुरी गरेको छ । एपिएफले आइतबार थ्री स्टारका दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको […]

Success

Thank you for your time.