default_image

ए डिभिजन लिग

February 1, 2024

झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति हुँदै

हिमाल खरेल, बिर्तामोड छैंटौं संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा आयोजनास्थलको खेल मैदान स्तरोन्नतिको काम‌ भइरहेको छ । फागुन १९ गते सुरु हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा […]

January 31, 2024

नवयुग वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् । राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलाम मंगलबारे देउमाई ४ का नवयुगले झापा मेचीनगर १२ की पुजा श्रेष्ठसँग बुधबार विवाह गरेका हुन् । केहि दिनअघि इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कप नवयुगले आयोजक रेड हर्स क्लबबाट खेलेका […]

January 31, 2024

थ्री स्टार आहा रारा गोल्डकपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद)– थ्री स्टार क्लब २३औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुर डर्बीमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई बुधबार १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा दुई ए डिभिजन टोलीको भिडन्तमा दिपेश घलेले ७८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । परिवर्तित […]

January 30, 2024

आहा रारामा पुलिस र चर्च ब्वाइज भिड्दै

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा जारी २३ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । ए डिभिजन लिग खेलेको पहिलो सिजनमै च्याम्पियन बनेको चर्च ब्वाइज बाइ पाएर सिधै क्वार्टरफाइनल खेल्दैछ । पुलिसले भने अर्को विभागिय टोली […]

January 29, 2024

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समय १-१ को तथा टाइब्रेकरमा‌ ४-४ को बराबरी भएपछि सडन डेथमा जावलाखेल बाजी मारेको हो । दुवै टोलीका ९ खेलाडीले पेनाल्टी हान्दा जावलाखेल […]

January 27, 2024

एनआरटी एनआरएन इलाम गोल्डकप च्याम्पियन

दिपक बोहरा, इलामइलामे दर्शकको समर्थन पाएको काठमाडौंको न्यू रोड टिम (एनआरटी) प्रथम एनआरएनए इलाम गोल्डकप च्याम्पियन बनेको छ । झापाको बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा पराजित गर्दै एनआरटील च्याम्पियन बनेको हो । बिर्तामोडलाई ४-३ गोलअन्तर हराउँदै एनआरटीले उपाधि सहित ५ लाख रुपैयाँ प्राप्त गर्यो। निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा टुङ्गिएको थियो। दुबै टोलीले पाएको अवसर गोल […]

January 27, 2024

पारोलाई हराउँदै थ्रीस्टार आहा!रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- थ्री स्टार क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भुटानको पारो एफसीलाई शनिबार २- ० ले पराजित गर्दै थ्रीस्टार क्लब अन्तिम चारमा पुगेको हो । थ्रीस्टारलाई जित दिलाउन दुबै गोल आशिष चापागाईंले गरे । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि आशिषले अतिरिक्त समयको २६ र २९ औं […]

January 26, 2024

विभागीय डर्बीमा पुलिसलाई सफलता

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब आहा!रारा पोखरा गोल्डकप‌ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विभागीय डर्बीमा एपिएफ फुटबल क्लबलाई २-० हराउँदै पुलिस अन्तिम आठमा पुगेको हो । पोखरा रंगशालामा पुलिसलाई जिताउन दुबै गोल मानबहादुर परियारले गरे । उनले पहिलो हाफ र दोस्रो हाफमा‌ गोल गरे । १९ औं मिनेटमा प्रताप गुरुङको फ्रिकिकमा पेनाल्टी बक्सबाट […]

January 25, 2024

हिसुबको गोलमा जाउलाखेल आहा रारा गोल्ड कपको‌ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र क्लबलाई‌ बिहीबार १-० ले स्तब्ध पार्दै जावलाखेल अन्तिम आठमा‌ पुगेको हो । गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको कप्तानीमा उत्रेको मच्छिन्द्रले पहिलो हाफमा‌ गोलको सामना गरेको थिय । ३८ औं मिनेटमा विशाल अगाडि बढेको अवस्थामा जावलाखेलका […]

January 24, 2024

इलाम गोल्डकप – एनआरटी उपाधि नजिक

दिपक बोहरा,इलामए डिभिजन टोली एनआरटी प्रथम एनआरएनए इलाम गोल्कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । पहिलो सेमिफाइनल बुधबार आयोजक रेडहर्स क्लब इलामलाई सडन डेथमा हराउदै एनआरटी फाइनल पुगेको हो । निर्धारित समयमा १-१ र टाइब्रेकरमा ३-३ को बराबरीपछि सडन डेथमा एनआरटीले बाजी मारेको हो ।सडन डेथमा भने आोजक टोलीका एकराज बुढाथोकीको प्रहार आकाशियो । […]

Success

Thank you for your time.