November 23, 2022
सुबास हुमागाईं, कतार उपाधि दावेदारको रुपमा दरिएको जर्मनी फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको छ । बुधबार पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा एसियाली राष्ट्र जापानले सानदार पुनरागमन गर्दै २-१ को अप्रत्याशित जित निकालेको हो । पहिलो हाफमा दुई तिहाइ भन्दा बढी बल पोसेसन राखेको जर्मनीले अग्रता लिन भने […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को पहिलो खेलको पहिलो हाफमा जर्मनीले जापानविरुद्ध १-० को अग्रता लिएको छ । पहिलो हाफमा दुई तिहाइ भन्दा बढी बल पोसेसन राखेको जर्मनीले अग्रता लिन भने पेनाल्टीमा भर परेको हो । इल्काए गुन्डोगनको पेनाल्टीमा अग्रता लिएको जर्मनीविरुद्ध अन्य अवसरमा भने जापानी गोलरक्षक बाधक बनेका […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह एफ मा क्रोएसिया र मोराक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । क्रोएसियाले तुलनात्मक रुपमा बल पोसेसन र आक्रमणमा दबाब बनाएपनि गोलरक्षक यासिन बोनोउले बिट गर्न सकेन । उनले दुवै हाफमा उत्कृष्ट बचाउ गर्दै मोरक्कोलाई खेलमा कायम राखेका थिए । मोरक्कोले पनि काउन्टरमा प्राप्त अवसरलाई सदुपयोग […]
November 23, 2022
एजेन्सी – अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ को ऐतिहासिक जित एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ को अप्रत्याशित नतिजा मध्येको एक हो । उपाधि दावेदार टोलीकै रुपमा हेरिएको अर्जेन्टिनाले साउदीसँग यस्तो हार बेहोर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । तर नतिजा त्यस्तै आयो । साउदीको ऐतिहासिक जितमा साउदीका खेलाडीको प्रदर्शन निकै उत्कृष्ट थियो । यो […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता क्रोएसियाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा मोरोक्कोको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे अल बेयत रंगशालामा हुनेछ । दुवै टोली छैटौं पटक विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् । मोरक्कोले सन् १९७० मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि ३ पटक विश्वकप […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको खेलमा एक पटकको उपाधि विजेता स्पेनले कोस्टारिकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे अल थुमामा रंगशालामा हुनेछ । सन् २०१० को विजेता स्पेन लगातार १२ औं पटक विश्वकपमा सहभागिता जनाइरहेको छ । हालसम्म १६ पटक विश्वकप खेलेको स्पेन युरोपबाहिर विश्वकप जित्ने […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को खेलमा जर्मनीले जापानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । अघिल्लो संस्करणमा समूह चरणबाट बाहिरिएको जर्मनी आफ्नो पुरानो छवी पुन: कायम गर्ने प्रयासमा हुनेछ । रुसमा दक्षिण कोरियासँग पराजित हुँदै जर्मनी इतिहासमै पहिलो पटक समूह चरणबाट […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा सानदार सुरुवात गरेको छ । अल जनौब रंगशालामा अष्ट्रेलियालाई ४-१ ले पराजित गर्दै फ्रान्सले विजयी सुरुवात गरेको हो । खेलको सुरुवाती समयमा पछि पर्दै चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाएको फ्रान्सले सानदार पुनरागमन गर्यो । क्रेग गुडविनले अग्रता दिलाएपनि अोलिभिएर […]
November 23, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा उच्च प्रदर्शन गर्दै आएका गोलरक्षक गिलेर्मे ओचोआ पुन: नायक बन्दा मेक्सिको र पोल्यान्डबीच फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेल बराबरीमा सकिएको छ । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका फरवार्ड रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड अग्रता लिनबाट बन्चित हुन पुगेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा भिडियो असिस्टेन्ट […]
November 22, 2022
एजेन्सी – उपाधि दावेदर अर्जेन्टिनामाथि ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमानले (बुधबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् । साउदी अरेबियाका राजा सलमानले अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेपछि देशमा उत्सव मनाउन (बुधबार) एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । यो सार्वजनिक विदा सार्वजनिक र निजी क्षेत्रका साथै देशभरका विद्यार्थीहरूको लागि […]