December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत मंगलबार ललितपुर सिटी फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लब खेल्दैछन् । दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा वीरगन्ज लिगकै पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुवै खेल हरेको वीरगन्जले अपराजित ललितपुर् सिटीको समान गर्दैछ । ललितपुरले पहिलो खेल जितेपछि लगातार दुई बराबरी […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले काठमाडौंको ३ खेलमा ५ अंक भएको छ । शीर्षस्थानको धनगढीको ७ तथा ललितपुर र पोखराको समान ५-५ अंक छ । झापा २ अंकसहित आठौं स्थानमा छ […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबारको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीच जारी पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । काठमाडौंले खेलमा दबाब कायम गरेपनि गोल गर्न सकेको छैन । कप्तान अन्जन विष्टको अनुपस्थितिमा झापाको आक्रमण आज कमजोर देखिएको छ । पाँचौं मिनेटमा काठमाडौंका प्रशान्त अवस्थीको कर्नरमा […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले झापा विरुद्ध हुने तेस्रो खेलअघि आफ्नो कप्तान परिवर्तन गरेको छ । लिगको सुरुवाती दुई खेलमा मार्की खेलाडी हिसुब थपलियालाई कप्तानको जिम्मेवारी दिएको काठमाडौंले आजको खेलमा अनुभवी डिफेन्डर कुलदिप कार्कीलाई कप्तान बनाएको छ । कुलदिपले यसअघि ए डिभिजनमा जावलाखेल युवा क्लबको कप्तानी गरेका […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – झापा फुटबल क्लबका कप्तान अन्जन विष्टले नेपाल सुपर लिग अन्तर्गत सोमबार हुने काठमाडौं रेजर्स फुटबल क्लबविरुद्ध खेल गुमाउने भएका छन् । पोखरा थन्डर्सविरुद्ध शनिबार भएको खेलमा घाइते भएपछि अन्जनले मैदान छाडेका थिए । उनी पेनाल्टी क्षेत्रभित्र विपक्षी खेलाडीसँग जुध्दा काँध र टाउकोमा ठोक्किएको थियो । अन्जनले उक्त खेलमा घाइते भएपछि पनि […]
December 4, 2023
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार साँझ भएको खेलमा लिभरपुलले फुलहम विरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले अन्तिम समयमा ३-२ ले पछि परेको अवस्था उल्ट्याउँदै ४-३ को जित निकालेको हो । खेलमा लिभरपुलले २०औं मिनेटमा अग्रता लिएको थियो । ट्रेन्ट अलेकज्याण्डर-आर्नोल्डको फ्रिकिक क्रसबारमा लागेर फर्किदा फुलहम […]
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नवप्रवेशी झापा फुटबल क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा झापा पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए । दुवै टोलीका लागि विदेशी खेलाडी नै […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ । खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर […]
December 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दिनको दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । गोलरहित बराबरीसँगै दुवै टोलीले आफ्नो अपराजित यात्रा भने कायम राखेका छन् । दुवै टोलीले खेलमा मौकाको सदुपयोग गर्न सकेनन् । धनगढीले खेलमा धनगढीले बलियो सुरुवात गरेपनि गोलको सटिक अवसर सिर्जना गर्न […]