default_image

नेपाल सुपर लिग

December 11, 2023

पहिलो हाफमा पोखरा र काठमाडौं अग्रता लिन संघर्षरत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत पोखरा थन्डर्स र काठमाडौं रेजर्स फुटबल क्लबबीच खेल पहिलो हाफमा गोलरहित रहेको छ । पहिलो हाफमा पर्याप्त अवसर पाएपनि पोखरा पटक पटक अभागी रहेको छ । काठमाडौंले आज पछिल्लो खेलमा खराब प्रदर्शनका कारण गोलरक्षक अभिषेक बरालको स्थानमा एन्जल श्रेष्ठलाई मैदानमा उतारेको छ । उनलाई पोखराका मोसेस […]

December 11, 2023

काठमाडौंले अपराजित पोखराको सामना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करणको एकमात्र खेलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्स भिड्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । चार खेलबाट आठ अंक जोडेको दोस्रो स्थानमा रहेको पोखरा जितसँगै तालिकाको शीर्षस्थानमा उक्लने छ । अर्कोतर्फ, काठमाडौंका लागि यो शीर्ष टोलीसंग अन्तर घटाउने अवसर हो । पोखरा […]

December 10, 2023

ललितपुर एनएसएलको‌ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवन विरुद्ध आइतबार जित दर्ता गर्दै उपाधि दाबेदार मध्येको एक ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को पहिलो स्थानमा उक्लिएको छ । आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा ललितपुरले चितवन माथि ३-१ को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । ललितपुरको जितमा पापा केबेले २ र विवेक पौडेलले […]

December 10, 2023

पहिलो हाफमा ललितपुरको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आइतबार जारी खेलको मध्यान्तर सम्म ललितपुर सिटी एफसीले एफसी चितवन विरुद्ध १-० को अग्रता लिएको छ । ललितपुरका लागि पापा केबेले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो संस्करण सुरू हुनु अगावै उपाधि दाबेदार मानिएका यी दुई टोलीको पहिलो हाफको खेल प्रतिस्पर्धात्मक भएको छ । अवसरहरू […]

December 10, 2023

ललितपुर र चितवन भिड्दा रोमान्चक खेलको अपेक्षा

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु हुनुअघि नै उपाधिको दावेदार मानिएका ललितपुर सिटी एफसी र एफसी चितवन आइतबार भिड्दै छन् । खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । कागजमा दावेदारको रुपमा रहेका यी दुई टोलीको प्रदर्शन राम्रो भएपनि सोहीअनुसार नतिजा भने आएको छैन । विदेशी प्रशिक्षकको नेतृत्वमा दुवै […]

December 9, 2023

काठमाडौंको अपराजित यात्रा तोड्दै बुटवल तेस्रोमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउँदै बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ को तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार साँझ काठमाडौंलाई २-१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो […]

December 9, 2023

बिनोङको गोलमा बुटवललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन बिनोङको गोलमा बुटवल युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिग २ मा काठमाडौं रेजर्स एफसीविरुद्ध अग्रता लिएको छ । साविक विजेता काठमाडौंविरुद्ध बुटवलले उत्कृष्ट प्रदर्शन गरेको छ । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा […]

December 9, 2023

धनगढी र इलामको रोमान्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम डे मेची एफसीले अंक बाँडेका छन् । इलामले पहिलो हाफमा २-० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा खेल २-२ को बराबरीमा सकियो । धनगढीले पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि अन्त्यतिर लगातार दुई गोल खाँदा […]

December 9, 2023

इलामलाई पहिलो हाफमै दुई गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – हाफको अन्तिम समयमा दुई गोल गर्दै स्पोर्टिङ्ग इलाम एफसिले धनगढी एफसी विरुद्ध मध्यान्तर सम्म २-० को अग्रता बनाएको छ । धेरै अवसर सिर्जना नभएको खेलमा इलामले अन्त्य तर्फ दुई गोल गर्दै खेलमा बलियो अग्रता बनाएको छ । इलामले रक्षापंक्तिमा दुई जना महत्वपूर्ण खेलाडीको बिना मैदानमा उत्रिएको छ । डिफेन्डर आशिष गुरुङ […]

December 8, 2023

संकटमा सेगुराको झापा!

सुबास हुमागाईं, काठमाडौं स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले नेपाल सुपर लिग सुरु हुने अघिल्लो दिन झापा फुटबल क्लबले प्रतियोगितामा व्यवस्थित फुटबल खेल्ने बताएका थिए । स्पेनकै दुई खेलाडीसहित नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिन्धित्व गरेका आधार दर्जन खेलाडी बोकेको झापा लिगको मध्यान्तरमा आइपुग्दा नै संकटमा परेको छ । लिगको ४ खेल सकिँदा जितविहिन रहेको झापाको संकट मैदानभित्र […]

Success

Thank you for your time.