February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली महिला फुटबल टोलीले फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले हराएको थियो। विजयी सुरुवात गरेपनि टोली प्रर्दशन भने खेलाडी आफै र प्रशिक्षक राजेन्द्र तामाङलाई पूरा चित्त बुझ्दो थिएन । कीर्गुस्तानसँग नेपालले बढी गोलअन्तरको जितको उपेक्षा सबैलाई थियो। सन् २०१९ मा नादेज्दा कपमा कीर्गिस्तानलाई ८-२ ले हराएको नेपालबाट […]
February 20, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । फ्रान्सेली प्रतिद्वन्दी ब्रेस्टलाई दोस्रो लेगमा बुधवार ७-० को फराकिलो अन्तरले हराउँदै पिएसजी प्रि क्वाटरफाइनलमा पुगेको हो। पिएसजी समग्रमा १०-० को अगाडि रह्यो । पहिलो लेग पिएसजी ३-० ले जितेको थियो । घरेलु मैदानमा पिएसजीको जितमा बारकोला, क्वार्त्सखेलिया, विटन्हा, डौए, नुनो मेन्डेस, […]
February 20, 2025
एजेन्सी – किलियन एमबाप्पेको ह्याट्रिकमा स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। रियलले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई दोस्रो लेगमा बुधवार ३-१ ले हराएको छ। रियल प्लेअफमा समग्र ६-३ ले अगाडि रह्यो । पहिलो लिगमा रियल ३-२ ले विजयी भएको थियो । खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक […]
February 19, 2025
सुमन अधिकारी, बुटवल देवदह ब्वाइज लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक लखन ब्रदर्श क्लबलाई बुधवार २-१ ले पराजित गर्दै देवदहले उपाधि जितेको हो । देवदह उपाधिका साथ १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ र लखन ७५ हजार ७ सय ५७ रुपैयाँ प्राप्त गरेको छ । देवदहका सुभाष थारु प्रतियोगिताको […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एफसी चितवनले गोलकिपर विशाल श्रेष्ठलाई नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रिटेन गरेको छ । चितवनले बुधवार सामाजिक सञ्जालमार्फत विशाललाई रिटेन गरेको जनाएको छ। उनी एनएसएलको अघिल्लो संस्करणमा चितवनको मार्की खेलाडी थिए । यसपटक टोलीले राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्टलाई मार्की खेलाडीका रुपमा भित्राइसकेको छ।टोलीको मुख्य प्रशिक्षकमा नवीन […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]
February 19, 2025
एजेन्सी – इटालियन क्लब एसी मिलान डच टोली फाइनोर्डसँग बराबरीमा रोकिदा च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । प्लेअफको दोस्रो लेगमा मंगलवार १-१ को बराबरी हुँदा डच टोली समग्रमा २-१ को अग्रता हासिल गर्यो । पहिलो लेग फाइनोर्डले १-० ले जितेको थियो । मिलानको मैदानमा भएको खेलमा फाइनोर्डका लागि जुलियन करान्जाले गोल […]
February 19, 2025
एजेन्सी –जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो। इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि बायर्न सेल्टिकसँग १-१ को बराबरी गरेको हो। पहिलो लेगमा २-१ ले विजयी भएको बायर्न समग्रमा ३-२ को अग्रतासहित अघि बढेको […]
February 18, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समिर तामाङलाई मार्की खेलाडी बनाएको छ। पोखराले मंगलवार समिरलाई मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । नेपाली यु १९ टोलीबाट खेलिसकेका समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेको बताइएको छ। समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी […]