default_image

फुटबल

February 21, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]

February 21, 2025

भुटानका शर्मा बुटवलको प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि भुटानका पुष्पलाल तेन्द्रेल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुटवल लुम्बिनीले प्रेस विज्ञप्ति जारी गर्दै शर्मालाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो । पछिल्लो केही वर्षयता भुटानको पारो एफसीको सफलतामा महत्वपुर्ण योगदान दिएका उनी नेपाली फुटबलमा पनि परिचित छन् […]

February 21, 2025

रोहनलाई मार्की रोज्दै काठमाडौंद्वारा ३ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रोहन कार्कीलाई रिटेन गर्दै नेपाल सुपर क्लब (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले तेस्रो सिजनका लागि ३ खेलाडी रिटेन गरेको छ । गत सिजन ट्यालेन्ट हन्टमार्फत धनगढी एफसीबाट खेल्दै प्रतियोगिताको उदीयमान खेलाडी घोषित रोहनले यस सिजन काठमाडौंको मार्कीको भूमिकामा खेल्ने भएका हुन् । रोहन सी डिभिजन लिगमा आरसी३२ फुटबल क्लबको […]

February 21, 2025

विश्वकप विजेता गोलकिपर बुफोन नेपाल आउने!

काठमाडौं (हाम्रो खेलकुद)- विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका […]

February 21, 2025

चुम्बनको घटनामा पूर्व अध्यक्ष रुबियालेस दोषी ठहर

एजेन्सी – स्पेनिस र विश्व फुटबललाई हल्लाउने चुम्बन घटनाको ५ सय ५० दिनपछि स्पेन फुटबल महासंघ (आरइइएफ) का पूर्व अध्यक्षलुइस रुबियालेसलाई यौन दुर्व्यवहारको दोषी ठहर गरिएको छ। स्पेनको उच्च अदालतले बिहीवार पूर्व अध्यक्ष रुबियालेसले सन् २०२३ को अगस्टमा महिला विश्वकप जितेपछि पदक वितरण समारोहको क्रममा खेलाडी जेन्नी हर्मोसोको सहमति बिना चुम्बन गरेको ठहर गरेको हो। […]

February 20, 2025

आयोजक एपिएफ स्कुल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ले दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सल्लाघारीको सैनिक आवासीय महाविद्यालयलाई बिहीवार ५-० ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।सैनिकका इसान तामाङ प्लेयर अफ दि म्याच घोषित भए। विजेता टोलीले ६० हजार रुपैयाँसहित रनिङ्ग ट्रफी प्राप्त गर्यो । दोस्रो सैनिक […]

February 20, 2025

झापा ११ भद्रपुर झापा गोल्डकपको अन्तिम आठमा

हिमाल खरेल,भद्रपुर झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १-० ले पराजित गर्दै झापा ११ अन्तिम आठमा पुगेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको […]

February 20, 2025

नेपाल‌ र म्यानमार एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार एक खेल अगावै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्। नेपाल‌ र म्यानमार दुवैले लगातार दुई खेल जित्दै फाइनल मा एकअर्कासँगको भेट पक्का गरेका छन् । नेपालले बिहीवार लेबनानलाई १-० ले हराएपछि म्यानमारसँगै नेपाल फाइनल पुगेको हो। आजै पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराएको थियो। […]

February 20, 2025

साम्बाको गोलमा नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ। पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ। नेपालको लागि स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले गोल गरिन्। दशरथ रंगशालामा जारी खेलमा नेपालले लेबनानलाई दबाबमा राख्दै अग्रता बनाएको हो। नवौं मिनेटमा लेबनानको प्रयास सफल भएन। नेपालको डिफेन्सिभ ल्याकमा क्रिस्टी […]

February 20, 2025

म्यानमारको फाइनलको सम्भावना मजबुत

काठमाडौं (हाम्रो खेलकुद )- म्यानमारले लगातार दोस्रो जित निकाल्दै फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्यान्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। दशरथ रंगशालामा बिहीवारको पहिलो खेलमा म्यानमारको कीर्गिस्तानलाई ५-० ले हराउँदै फाइनल पुग्ने सम्भावना मजबुत पारेको हो । एकपक्षिय खेलमा म्यानमारको जितमा मे टेट लु र योन वाडी लेङले समान २ र सानदार लिनले १ […]

Success

Thank you for your time.