default_image

फुटबल

February 1, 2020

गोकुलमको जितमा सावित्राको फेरि ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय टोलीकी  सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेपछि भारतीय महिला लिगमा गोकुलम केरला एफसीमाथि शनिवार सानदार जित निकालेको छ। बैंगलोर रंगशालामा गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हराएको हो। सावित्रा शनिबारको खेलमा पनि प्लेयर अफ दि म्याच चुनिइन्। जारी लिगमा सावित्राले २ ह्याट्रिकसहित ११ गोल गरिसकेकी छन्। खेलको चोथौ मिनेटमा नै सावित्राले गोल […]

February 1, 2020

संजोकको ह्याट्रिकमा थ्री स्टारको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड संजोक राईले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेपछि रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वती युवा क्लबलाई ४-० ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थ्री स्टारले […]

February 1, 2020

मछिन्द्रलाई एपिएफको चुनौती, थ्री स्टार र सरस्वती भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल […]

February 1, 2020

अंक र तथ्यांकमा ए डिभिजन लिग

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ जम्मा खेलः ६३ जम्मा गोलः १२२ पहिलो हाफमा गोलः ५१ गोल दोस्रो हाफमा गोलः ७१ गोल सर्वाधिक गोलकर्ता : सन्तोष साहुखल – च्यासल – ६ गोल आशिष लामा – एपीएफ – ५ गोल विमल राना – मनाङ – ४ गोल उत्तम राई – फ्रेन्ड्स – ४ गोल […]

February 1, 2020

युभेन्टसका मिडफिल्डर डर्टमन्डमा

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टस तथा जर्मनीका मिडफिल्डर इम्री क्यान जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् । क्यानलाई २५ मिलियन पाउन्डमा विन्टर सिजनको अन्तिम दिन डर्टमन्डले क्लबमा अनुबन्ध गरेको हो । क्यानलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हस्टपर, आर्सनल र पुर्व क्लब बायर्न म्युनिखले अनुबन्धको लागि चासो देखाएपनि डर्टमन्डले बाजी मारेको हो । […]

February 1, 2020

जब बार्सिलोनाले प्लेनमा उड्दै गर्दा अनुबन्ध नकार्‍यो ..

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा कंगोका फरवार्ड सेड्रिक बकम्बुको अनुबन्धलाई लत्याएको छ । बकम्बुलाई बार्सिलोनाले लोनमा अनुबन्ध गर्ने पक्का भएसँगै प्रशिक्षण क्याम्पमा दक्षिण कोरियामा रहेका उनी मेडिकल र सम्झौताका लागि स्पेन उडिसकेका थिए । तर, क्लबका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालले फोनमार्फत उनको सम्झौता रद्ध भएको बताए । जतिबेला उनी दक्षिण कोरियाबाट हङकङ ट्रान्जिट […]

January 31, 2020

बेनी नगरपालिका मेयर कपको क्वार्टरफाइनलमा

अर्जुन कार्की,बागलुङ बेनी नगरपालिका बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन नगरपालिका शुक्रबार ३–० ले हराउँदै बागलुङ अन्तिम आठमा पुगेको हो । मनिषले श्रेष्ठले २ गोल गरेको खेलमा १ गोल विनाम थजालीले गरेका थिए । १६ औं मिनेटमा मनिषको गोलमा बेनीले अग्रता लिएको थियो । पेनाल्टी बक्स भित्रबाट […]

January 31, 2020

लिस्वनका फर्नान्डेज म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनका मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ । युनाइटेडले फर्नान्डेजलाई साँढे ५ वर्षका लागि ६८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी २०२५ सम्म युनाइटेडमा रहनेछन् । युनाइटेडले फर्नान्डेजलाई अनुबन्ध गर्न यसै समरमा प्रयास गरेपनि असफल भएको थियो । विन्टर सिजनको दुई […]

January 31, 2020

मेस्सी चम्कँदा बार्सिलोनाको फराकिलो जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी चम्किएपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाको सानदार जितमा कप्तान मेस्सीको दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले […]

January 30, 2020

आयोजक बागलुङको विजयी सुरुवात

अर्जुन कार्की, बागलुङ दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकाले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार बागलुङले कुश्मा नगरपालिका पर्वतलाई टाइबे्रकरमा ३–० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय निर्णय टाइब्रेकरमा भएको थियो । पेनाल्टी सुट आउटमा बागलुङका अविशेष बोहोरा, […]

Success

Thank you for your time.