default_image

फुटबल

November 18, 2018

इंग्ल्यान्डसँग पराजित भएपछि क्रोएसिया रेलिगेसनमा

एजेन्सी – इंग्ल्यान्डका कप्तान ह्यारी केनले उत्कृष्ट प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिग अन्तर्गत ‘ए’ श्रेणीको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई २-१ ले पराजित गरेको छ । यस नतिजासँगै विश्वकपको उपविजेता क्रोएसिया रेलिगेसनमा पर्दै नेसन्स लिगको दोस्रो श्रेणीमा झरेको छ  । एक गोलले पछाडी रहेको स्थितिमा इंग्ल्यान्डले खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै नेसन्स लिगको सेमिफाइनलमा […]

November 18, 2018

सिएमजी भेट्रान फुटबल सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा भैरहेको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको छ । गुहावटीमा आइतबार भएको सेमिफाइनलमा इम्पाल मनिपुरसँग १–० ले पराजित हुदै प्रतियोगताको सेमिफाइनलबाटै बाहिरिएको हो । नेपालले लिगको तीन खेलमध्ये दुई खेलमा जित र एक बराबरी खेल्दै अन्तिम चारमा पुग्न सफल भएको थियो । युनाइटेड ब्रदर्श […]

November 18, 2018

‘विक्रमको मिहिनेत र क्लबको साथले पुनरागमन सफल’ – प्रशिक्षक मेघराज केसी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाले ९ महिनापछि मैदानमा पुनरागमन गरे । प्रशिक्षक मेघराज केसीका अनुसार यो पुनरागमन सफल हुनुमा विक्रमको मिहिनेत र क्लबको साथ नै मुख्य कारक हो । ब्रिगेड ब्वाइजविरुद्ध लिगको दोस्रो खेलमा थ्री स्टारले ५-१ को जित दर्ता गर्दा विक्रमले अन्तिम गोल गरे […]

November 18, 2018

विक्रमको ‘सफल’ पुनरागमन (अन्तर्वार्ता)

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका कप्तान एवं राष्ट्रिय टोलीका भरपर्दा मिडफिल्डर विक्रम लामाले लामो विश्रामपछि आइतबार सहिद स्मारक ए डिभिजन लिगको खेलमा पुनरागमन गरे । सुरुवाती रोजाइमा खेल्दै टोलीको कप्तानी गरेका विक्रमले ब्रिगेड ब्वाइजविरुद्ध ५-१ को जितमा गोल पनि गरे । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले सुनील बलको क्रसमा हेडरमार्फत […]

November 18, 2018

रुस्लान थ्री स्टारको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अाइतबारको दोस्रो खेलमा रुस्लान थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५-१ ले पराजित गरेको छ । खेलको नवौं मिनेटमा थ्री स्टारले सुरुवाती अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र दिपेन सिंहले निराजन खड्कालाई लडाएपछि रेफ्रिले पेनाल्टी दिए । रन्जित धिमालले पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै अग्रता […]

November 18, 2018

मैदान फर्किए विक्रम, बीबीसीविरूद्ध कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एवं रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा झन्डै ९ महिनापछि मैदान फर्कने भएका छन् । राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेलका लागि विक्रमले थ्री स्टारको कप्तानी गर्दैछन् । गत माघमा बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खेल्दा खुट्टा […]

November 18, 2018

पुलिस र मछिन्द्रको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ । मछिन्द्रले रक्षात्मक रणनीति अपनाउँदै लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेलेको हो । पुलिसले भने पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो । पहिलो हाफमा मछिन्द्रमाथि दबाब राखेको पुलिसले दोस्रो […]

November 18, 2018

दुबईमा मेसी र पोग्बाको भेटघाट

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसी र म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बा शुक्रबार दुबईस्थित एक रेस्टुरेन्टमा सँगै देखिएका छन् । अन्तर्राष्ट्रिय ब्रेकको छुट्टीमा दुई खेलाडी एकै ठाउँमा देखिएका हुन् । पछिल्लो समय म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्होसँगको खटपटका कारण चर्चामा आएका मिडफिल्डर पोग्बा बार्सिलोना जाने हल्ला पनि चलेको थियो । सन् २०१२ मा युनाइटेड छाडेर […]

November 18, 2018

‘एमबाप्पे ब्यालोन डी’ओर उपाधिको हकदार’ – हाजार्ड

एजेन्सी – इंग्लिस क्लब चेल्सी तथा बेल्जियन राष्ट्रिय टोलीका स्टार मिडफिल्डर इडेन हाजार्डले फ्रान्सेली युवा स्टार किलियन एमबाप्पे प्रतिष्ठित ब्यालोन डी’ओर उपाधिको हकदार रहेको बताएका छन् । उपाधि दौडमा आफैं सामेल भएका हाजार्डले एमबाप्पेलाई उपाधि दावेदार भएको बताएका हुन् । विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका हाजार्ड चेल्सीका लागि पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् […]

November 18, 2018

ललितपुर डर्बीमा रुस्लान थ्री स्टार र ब्रिगेड ब्वाइज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार दोस्रो खेलमा रुस्लान थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् । पहिलो खेलमा ललितपुरको अर्को क्लब फ्रेन्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको थ्री स्टार लगातार दोस्रो जित दर्ता गर्ने सुरमा छ । टोली कप्तान विक्रम लामाको पुनरागमनसँगै थप मजबुत भएको छ । […]

Success

Thank you for your time.