default_image

फुटबल

October 12, 2025

सुधारका लागि एन्फाविरुद्ध प्रर्दशन

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध आज सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकले शान्तिपूर्ण धर्ना प्रदर्शन गरेका छन् । पछिल्लो केही वर्षयता नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध उनीहरूले सामूहिक रूपमा आवाज उठाएको बताएका छन्। बिहान झन्डै १० बजेदेखि झन्डै एक घन्टा चलेको धर्नामा सहभागी हुनु […]

October 12, 2025

एन्फा र क्लबबीचको बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटबल क्लबसँग आज दिउँसोको लागि तय भएको बैठक स्थगित गरेको छ। होम-एन्ड-अवेको आधारमा पुस ९ गतेदेखि हुने लिगको विषयमा आज दिउँसो २ बजे एन्फा र ए डिभिजन क्लबबीच बैठक तय भएको थियो। तर बैठक सुरू हुन करिब ३ घण्टा अगाडि क्लबहरूले दिएको सुझाव र […]

October 12, 2025

प्रीतिसम्मिलित इत्तिहादको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राई सम्मिलित इत्तिहाद जोर्डनको प्रोफेसनल लिगमा विजयी भएको छ। नजिरा ओमान एफसीलाई शनिवार ३-१ गोलले हराएसँगै इत्तिहाद लिगको शीर्ष स्थानमा पुगेको छ।खेलको चौथो मिनेटमा गोलको सामना गरेको इत्तिहादले त्यसपछि उत्कृष्ट पुनरागमनका साथ ३ गोल फर्कायो । इत्तिहादका लागि मी स्वेलमले ४०औं बराबरी गोल गरिन् । स्वेलमले नै […]

October 11, 2025

बैठकअघि एन्फालाई‌ क्लबहरुको ११ बुँदे सुझाव

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन शेर्पा क्लबकाअध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेका ९ वटा क्लबले सहिद स्मारक ए डिभिजन लिग सन्चालनको सुनिश्चितताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सामू ११ बुँदे सुझाव पेश गरेको छ। होम एन्ड अवेका आधारमा लिगको प्रस्ताव गरिसकेको एन्फाले छलफलका लागि १३ ए डिभिजन टोलीलाई आइतवार बैठक डाकेको छ। बैठकको अघिल्लो दिन […]

October 9, 2025

भियतनामसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटमा नेपाललाई भियतनामले ३-१ ले हराएको छ । यो सँगै नेपालको अघिल्लो चरणको यात्रा निकै कमजोर बनेको छ । छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । खेलको नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो । ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट […]

October 9, 2025

सनिशको गोलमा नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल र घरेलु टोली भियतनामबीचको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। नवौं मिनेटमा घरेलु टोली भियतनामले अग्रता बनायो। ट्रोङ टियन एनको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे। तर नेपाल यो अग्रता तोड्न सफल रहयो। १७ औं मिनेटमा रोहन […]

October 9, 2025

नेपालले बलियो भियतनामको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज भियतनामको सामना गर्दैछ। तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी भियतनाम विरूद्ध नेपाल २२ वर्षपछि खेल्दैछ। सन् २००४ को एसियन कप छनोटमा नेपालले भियतनामसँग दुई खेल खेलेको थियो। त्यति बेला नेपाल पहिलो खेलमा ५-० र दोस्रो खेलमा २-० पराजित भएको थियो। नेपाली टोलीलाई जितको खुसी दिने […]

October 7, 2025

नेपालले इरान र भारतसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत र इरानसँग खेल्ने मंगलवार जानकारी दिएको छ। दुबै खेल भारतको सिलोङमा हुनेछ। नेपालले पहिलो खेल कात्तिक ७ गते (अक्टोबर २४) इरान र कात्तिक १० गते आयोजक भारतसँग खेल्नेछ। यसअघि नेपाल र […]

October 6, 2025

जम्बो टोली भियतनाम जाँदै, अतिरिक्त मात्रै ८ जना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली फुटबलको अहिलेको ठूलो समस्या बर्षौ सहिद स्मारक ए डिभिजन लिग नहुनु  र अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रंगशालाको योग्यता नपुग्नु रहेको छ। पछिल्लो पटक ए डिभिजन लिग सकिएको आज ८ सय ४८ दिन पूरा भैसकेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीका प्रशिक्षक र खेलाडीले पनि लिग नभएको कारण राष्ट्रिय टोली बलियो बन्न नसकेको […]

October 6, 2025

नेपाली फुटबल टोली भोलि भियतनाम जाने

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मंगलवार त्यसतर्फ जाने भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई आज बिदाइ गरे। उप कप्तान रोहित चन्दले नेपालको झण्डा ग्रहण गरे। नेपालले भियतनामसँग होम र अवे दुवै […]

Success

Thank you for your time.