default_image

फुटबल

December 11, 2017

फादर मोरान आमन्त्रण फुटबल सुरु, पहिलो दिन ३ खेल

काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा आज सुरु भएको २२ औं फादर मोरान मेमोरियल आमन्त्रण फुटबल प्रतियोगितामा ललितपुरको लिटिल एन्जल्स, आयोजकको ए टोली र नेपाल डन बस्को स्कुल विजयी भएका छन् । पहिलो खेलमा लिटिल एन्जल्सले सेन्ट जेभियर्स जावलाखेल एलाई ४–३ ले हराएको छ । विजयी टोलीका लागि भारगव सिलवालले २ तथा सम्राट […]

December 11, 2017

मनाङ दुवही गोल्ड कपको सेमिफाइनल, सुजलको २ गोल

खनेन्द्र कुमार राई (अर्जुन) बेलबारी – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी सुनसरीको दुहवीमा जारी दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगिेको छ । आयोजक एलेभन एरोज क्लबमाथि आज ५–२ को जित हासिल गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । टोलीको जितमा सुजल श्रेष्ठले २ गोल तथा कप्तान अनिल गुरुङ, अफ्रिकिन खेलाडी पोटरिक, सुजल श्रेष्ठ, विशाल […]

December 11, 2017

च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक, पिएसजी र रियल म्याड्रिड भिड्ने

न्योम (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको अन्तिम १६ चरणको ड्र सार्वजनिक भएको छ । यस अन्तर्गत दुई उपाधि दाबेदार मानिएका टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र रियल म्याड्रिड एक आपसमा भिड्ने छन् ।   अन्य महत्त्वपूर्ण खेलहरुमा बार्सिलोना र चेल्सी भिड्दै छन् । त्यस्तै युभेन्टस र इङ्ग्लिस क्लब टोटनह्यामको भिडन्त पनि हेर्न लायक हुने छ ।त्यस्तै […]

December 11, 2017

कम्पनीको भर पर्न मिल्दैन: पेप ग्वार्डिओला

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो । तर सो जितमा टोलीका कप्तान भिन्सेन्ट कम्पनी फेरि घाइते हुने पुगे । चोटबाट फर्किएका कम्पनीलाई हिजोको खेलमा हाफ टाइममा परिवर्तन गरिएको थियो । दुई वर्ष देखि विभिन्न चोटहरुसँग जुधिरहेका कम्पनी फेरि लामो समयका लागि घाइते भएको अनुमान गरिएको छ । […]

derby

December 11, 2017

म्यानचेस्टर डर्बी पछि ड्रेसिङ्ग रुममा झडप , भनाभन देखि हानाहान सम्म

म्यानचेस्टर (एजेन्सी)– प्रिमियर लिगमा गए राति म्यानचेस्टर सिटीले सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएपछि ड्रेसिङ्ग रुममा दुई पक्षबीच झगडा भएको छ । श्रोतका अनुसार युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो र सिटीका गोल किपर एडर्सनबीच भनाभन भएपछि माउरिन्होमाथि दुध र पानी फालिएको थियो । जितपछि सिटीका खेलाडीहरुले ड्रेसिङ्ग रुममा ठूलो आवाजमा संगित बजाउँदै खुसी मनाएका थिए […]

December 11, 2017

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल

भिलारियल (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा तालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले भिलारियललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए । यस सिजन लिगमा अपराजित रहेको बार्सिलोनाले पहिलो हाफमा भिलारियलको डिफेन्सलाई तोड्न सकेन । तर घरेलु टोलीको मिडफिल्डर राबाले रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोनाले त्यसको फाइदा […]

December 11, 2017

युनाइटेड विरुद्ध सिटी विजयी, अग्रस्थानमा ११ अंकले अगाडि

म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ । सिटीका लागि डिफेन्डर निकोलस ओटामेन्डिले निर्णायक गोल गरेका थिए । खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलमार्फत सिटी खेलमा अग्रता लिन सफल भएको थियो । तर त्यसको ५ मिनेटमै युनाइटेडले एक गोल फर्काउँदै खेल बराबरी बनाएको थियो । […]

December 10, 2017

एन्फा केन्द्रिय समितिको निर्वाचन चैत १४ मा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन चैतमा हुने भएको छ । एन्फा केन्द्रिय समितिको आज बसेको बैठकले निर्वाचन दुई तहमा गर्ने र केन्द्रिय निर्वाचन चैत १४ गते गर्ने निर्णय गरेको हो । पहिलो चरण अन्तर्गत ४५ जिल्लामा पुस ५ गतेदेखि महिना दिन भित्र गरिसक्ने निर्णय लिएको छ । यसअघि तय निर्वाचन […]

December 10, 2017

लिभरपुल र एभर्टन रोकिए

लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनले ‘मर्सिसाइड डर्बी’ मा १-१ को बराबरी खेलेका छन् । लिभरपुलका लागि मोहम्मद सालाहले गोल गरे भने एभर्टनका लागि वायन रुनीले गोल गरेका थिए । लिभरपुलका लागि सालाहले पहिलो हाफको अन्त्यतिर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलभरि लिभरपुलले राम्रो पकड राखे पनि ७७ औं मिनेटमा […]

December 10, 2017

साउथह्याम्पटन र आर्सनलले बराबरी खेले

साउथह्याम्टन (एजेन्सी)– खेलको अन्तिम तिर ओलिभर गिर्राडको गोलमा आर्सलनले प्रिमियर लिगमा आज साउथह्याम्टनसँग १–१ को बराबरी खेलेको छ । चार्लिन अस्टिनले तेस्रो मिनेटमा साउथह्याम्टनले घरले मैदानमा अग्रता लिएको थियो । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा गिर्राडले गोल गर्दै आर्सनललाई हारबाट जोगाएका थिए । ७२ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका गिर्राडले एलेक्सस […]

Success

Thank you for your time.