default_image

फुटबल

Ronaldo

November 2, 2017

“मेरा सबै गोलहरु गुगलमै छन्” – रोनाल्डो

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा टोटनह्यामसँग ३-१ को हारपश्चात साविक विजेता रियल म्याड्रिडले थुप्रै आलोचना बेहोर्नु परेको छ । त्यसैमाझ एक पत्रकारले क्रिस्टियानो रोनाल्डोलाई यस सिजनको आफ्नो फितलो प्रदर्शनप्रति अौंला उठाएपछि रोनाल्डोले आफ्नो गोलहरु गुगलमा हेर्नु भनेर बताए । रोनाल्डोले यस सिजन १२ खेलमा ८ गोल गरे पनि ला लिगामा भने ६ खेलमा […]

nepal 19 football

November 2, 2017

यू १९ च्याम्पियनसिप छनोटमा नेपालको अर्को हार

कठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ रंगशालामा आज १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको नेपाल बहराइनसँग ४–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । यो हारसँगै छनोटको कठिन मानिएको समूह ‘ए’ मा रहेको नेपालको अघिल्लो […]

November 2, 2017

युरोपा लिगमा आर्सनल र रेड स्टार बेल्ग्रेड भिड्दै

लण्डन (एजेन्सी) – युरोपा लिगमा आज राति इङ्ग्लिस टोली आर्सनल रेड स्टार बेल्ग्रेड(सर्भिना ज्भेजडा) को सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १.५० बजे सुरु हुने यस खेल आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने छ । युरोपा लिगको समूह ‘एच’मा आर्सनलको ३ खेलमा तीनै जित रहेको छ भने रेड स्टारको ३ खेलमा ४ अंक […]

default_image

November 2, 2017

“टोटनह्याम सबै पक्षमा हामीभन्दा राम्रो थियो” – जिदान

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस टोली टोटनह्याम विरुद्धको ३-१ को हारपछि बोल्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदि जिदानले टोटनह्याम सबै पक्षमा आफ्नो टोलीभन्दा राम्रो खेलेको बताए । खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै जिदानले आफु आफ्नो टोलीको प्रदर्शनबाट चिन्तित नरहेको तर घरेलु टोली सबै पक्षमा राम्रो खेलेको बताए । पत्रकार सम्मेलनमा जिदानले आफ्नो टोलीको आलोचना […]

November 2, 2017

नेपोलीविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिग समूह ‘एफ’ अन्तर्गत म्यानचेस्टर सिटीले नेपोलीमाथि ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । यस जितमा सर्जियो अगुएरोले गोल गर्दै सिटीका सर्वाधिक गोलकर्ता पनि बने । खेलमा निकै आक्रामक सुरुवात गरेको नेपोलीले २१ औँ मिनेटमै अग्रता  लिन सफल भएको थियो । ड्रायस मर्टेन्सको पासमा लोरेन्जो इन्सिन्याले शान्दार गोल गरेका थिए […]

November 2, 2017

टोटनह्यामसँग साविक विजेता रियल म्याड्रिड पराजित

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्लिस टोली टोटनह्यामले रियल म्याड्रिडलाई ३-१ ले हराएको छ । टोटनह्यामको यस ऐतिहासिक जितमा डेले अल्लीले दुई गोल गरेका थिए । खेलको २७ औँ मिनेटमै रियलविरुद्ध टोटनह्याम अग्रता लिन सफल भएको थियो । केरियन ट्रिप्पिएरको पासमा अल्लीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको […]

November 1, 2017

‘बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता राख्छन्’– ग्लिक

पेरिस (एजेन्सी)– मोनाकोका खेलाडी कामिल ग्लिकले पूर्व सहयात्री केलियन बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता राख्ने विश्वास दर्शाउँदै त्यहि अनुरुप उनको खेल जीवन अघि बढाइरहेको बताएका छन् । बाप्पेकै उच्च प्रदर्शनको मद्दतमा गत सिजन मोनाकोले लिग १ को उपाधि जितेको थियो । उनले लिगका २९ खेलमा १५ गोल गरेका थिए । यो सिजन बाप्पले लोनमा […]

November 1, 2017

देशभक्तको जितमा विमल एक्लैको ४ गोल

कोल्हुवा (हाम्रो खेलकुद) –विमल राना एक्लैले चार गोल गरेको खेलमा विजयी हुँदै देशभक्त युवा क्लब तेस्रो राइनो गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । आयोजक नन्द भाउजु उपभोक्ता समितिलाई ५–१ ले हराउँदै देशभक्तले नवलपरासीको कोल्हुवामा जारी प्रतियोगिताको अन्तिम आठको यात्रा तय गरेको हो । खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबबाट व्यवासयिक फुटबल खेल्दै आएका विमल […]

November 1, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी नेपोलीको सामना गर्दै

नाप्लेस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एफ’ अन्तर्गत आज राति नेपोली र म्यानचेस्टर सिटी भिड्दै छन् । नेपोलीको घरेलु मैदान स्टाडियो सान पाउलोमा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । घरेलु टोलीका लागि आर्काडुइज मिलिक घाइते छन् भने सिटीका डिफेन्डरद्वय भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि पनि घाइते रहेका छन् । […]

neymar

November 1, 2017

नेयमार रियल जाने हल्ला फेरि चर्चामा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पूर्ण रुपमा सन्तुष्ट हुन नसकेका ब्राजिलियन स्टार नेयमार रियल म्याड्रिड जाने योजना बनाइरहेको डन बालेनले समाचार प्रकाशित गरेको छ । त्यहि विषयलाई लिएर नेयमारका बाबुले रियलका अध्यक्ष फ्लोरिटिनो पेरेजलाई भेटेको बताइएको छ । पिएसजीका प्रशिक्षक उनी इमरीसँग पनि नेयमार त्यत्ति प्रभावित नरहेको बताइएको छ । उनको ट्याटिक, खेलाउने […]

Success

Thank you for your time.