default_image

फुटबल

August 22, 2017

साफ यू-१५ : बंगलादेश ३-० भुटान [फोटो फिचर]

ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद

default_image

August 22, 2017

साफ यू १५ : बंगलादेश समूह ‘ए’ को विजेता

दिपेन्द्र पोखरेल ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । भुटान पनि यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । अब बंगलादेशले समूह ‘बी’ को उपविजेता (नेपाल र भारत मध्ये […]

August 22, 2017

‘रियलको सफलता सबैलाई मन नपर्न सक्छ’ – रामोस

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले टोलीको सफलतामा एष्र्या गर्नेहरु रहेको बताएका छन् । आइतबार ३–० ले रियल जितेको खेलमा रामोस इन्जुरी समयको पहिलो मिनेटमा दोहोरो पहेलो कार्डका कारण मैदान बाहिरिनु परेको थियो । रेफ्रीको त्यहि निर्णयलाई रामोसले एष्र्याका रुपमा अर्थ लगाएका छन् । गेराथ बेल, कासिमेरो र टोनी क्रुसले गोल गरेको गोलबाट जितका […]

bhutan

August 22, 2017

साफ यू-१५ : भुटान र बंगलादेश भिड्दै

काठमाडौं (हाम्रो खेलकुद ) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज भुटान र बंगलादेश भिड्दै छन् । यसअघि दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसके पनि आजको खेलले समूह बिजेताको टुंगो लगाउने छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगितामा दुवै टोलीले आफ्नो पहिलो खेल जितेको छ । प्रतियोगिताको पहिलो खेलमा […]

Wayne-Rooney-639056

August 22, 2017

प्रिमियर लिगमा रुनीको २ सय गोल पुरा

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार वायन रुनीले इङ्लिस प्रिमियर लिगमा २ सय गोल पुरा गरेका छन् । १३ वर्षपछि यो सिजन युनाइटेडबाट पुरानै क्लब एभर्टन फर्केका रुनीले प्रिमियर लिगमा गएराती म्यानचेस्टर सिटीविरुद्धको खेलमा गोल गर्दै २ सय गोलको कोसेढुंगा पुरा गरेका हुन् । प्रिमियर लिगमा २ सय गोल गर्ने उनी दोस्रो खेलाडी हुन् […]

August 22, 2017

म्यानचेस्टर सिटी र एभर्टनको बराबरी

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गएराती म्यानचेस्टर सिटी र एभर्टनले १–१ को बराबरी खेलेका छन् । एभर्टनले खेलमा अग्रता लिएपनि जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गरेका थिए । काल्भर्ट लेभिनको क्रसमा रुनीले गोल गरेका हुन् । एभर्टन पुगेपछि दोस्रो गोल गरेका रुनी प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी […]

default_image

August 22, 2017

‘भारतविरुद्ध नेपालको वास्तविक खेल देखिने’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा फुटबल टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आफ्नो टोलीको वास्तविक प्रदर्शन भारतविरुद्ध देखिने बताएका छन् । पहिलो खेलमा माल्दिभ्सलाई सोमबार ६–० ले हराएपछि श्रेष्ठले भारतसँगको खेलमा कमजोरीलाई सुधारिने विश्वास व्यक्त गरेका छन् । ‘नेपालको वास्तविक स्तरको खेल भारतसँग देखिनेछ । माल्दिभ्सले पूर्ण रक्षात्मक खेल खेलेकोले हामीले त्यसको प्रत्युत्तरमा दोस्रो हाफमा राम्रो प्रदर्शन […]

August 21, 2017

साफ यू-१५ : नेपाल ६-० माल्दिभ्स [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । हेर्नुहोस खेलका केहि तस्बिरहरु : तस्बिर – बिबेक सुबेदी / हाम्रो खेलकुद

August 21, 2017

मेस्सी विश्व कीर्तिमानी रकममा सिटी जाने सक्ने

म्यानचेस्टर (एजेन्सी)– विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको लामो समय भएको छैन । फेरी बार्सिलोनाकै अर्का सुपर स्टार लियोन मेस्सी नयाँ विश्व कीर्तिमानी रकमसहित इङ्लिस क्लब म्यानचेस्टर सिटी सरुवा हुने चर्चा सुरु भएको छ । युरोपियन सञ्चारमाध्यमका अनुसार सिटीले मेस्सीसँग छलफल समेत अघि बढाइसकेको बताइएको छ । मेस्सी आफै पनि बार्सिलोना […]

August 21, 2017

सिटी र एभर्टन भिड्दै

म्यानचेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा आज राती एउटा खेल हुँदैछ । जसमा म्यानचेस्टर सिटी र एभर्टन भिड्दै छन् । अघिल्लो सिजन एभर्टनसँग ४–० को हार बेहोरेको पेप गोर्डिओलाको टोली आज बदला लिने सुरमा मैदानमा उत्रिने छ । खेल नेपाली समय अनुसार रातको १२ः४५ बजे सुरु हुने छ । सिजनको पहिलो खेलमा नव प्रवेशी टोली ब्राइटनलाई […]

Success

Thank you for your time.