default_image

फुटबल

Paulinho

August 20, 2017

बार्सिलोनाको पहिलो खेलमा पौलिन्हो खेल्न अयोग्य

बार्सिलोना (एजेन्सी) – रियल बेटिससँगको खेलमा बार्सिलोनाका नँया खेलाडी पौलिन्हो खेल्न नपाउने भएका छन् , स्पेनिस मिडिया मार्साले जनाएको छ । चीनको गुआंगजौ एभरग्रिनेडबाट ४० मिलियन युरोमा बार्सिलोनासँग बिहिबार आबद्ध भएपनि दुई क्लब बीचको व्यापारिक प्रक्रिया पूरा नभईसक्दा पौलिन्होले ला लिगामा बार्सिलोनाको पहिलो खेल गुमाउने भएका हुन् । त्यस्तै बार्सिलोनाका इनियेस्टा अझै चोटका कारण बाहिर छन् भने सुपर कपमा […]

bhutan

August 20, 2017

साफ यू-१५ : भुटान सेमिफाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकालाई फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो खेल खेलेको भुटानले श्रीलंकालाई ६-० ले हराएको हो । प्रतियोगितामा दोस्रो पराजय भोगेको श्रीलंकाले खेलको सुरुवातमा आफ्नो कप्तानलाई गुमायो । पाचौ मिनटमा चोट बोक्दै जिवाका चमोदले मैदान छाड्न पर्यो । भुटानले ८ औं मिनेटमा […]

Kane hazard

August 20, 2017

टोटनह्याम र चेल्सी भिड्दै

लण्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको दोस्रो चरणको खेलमा टोटनह्याम हट्सपरले प्रिमियर लिग च्याम्पियन चेल्सीलाई आफ्नो मैदानमा आतिथ्य गर्दैछ । खेल वेम्वली स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजेपछि शुरु हुदैछ । पहिलो खेलमा न्यु क्यासल युनाइटेडलाई २–० ले पराजित गरेको टोटनह्याम त्यही प्रदर्शन चेल्सीमाथि दोहोर्याउने लक्ष्यका साथ मैदान उत्रनेछ । तर, टोटनह्यामलाई घाइते खेलाडीहरुले पिराल्ने छ […]

kiran

August 20, 2017

टि.सी स्पोर्ट्सको जितमा किरण ‘म्यान अफ द म्याच’

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् । हाल टि.सी स्पोर्ट्ससँग आबद्ध किरणले थिनाधु स्पोर्ट्ससँगको १-० को जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । टि.सी स्पोर्ट्सकालागि कर्नेलियस स्टेवार्टले ३१ मिनेटमा गरेको गोल निर्णायक साबित भयो । किरण सम्मिलित टि.सी स्पोर्ट्स ३ खेलमा २ जितसँगै ६ अंकको […]

Antonio Grizman

August 20, 2017

ग्रिजम्यानलाई रातो कार्ड

म्याड्रिड(एजेन्सी) – शनिबारबाट शुरु भएको स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । ला लिगा अन्र्तगत शनिबार राति भएको खेलमा आफ्नो मुख्य खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिको म्याड्रिड ला लिगाको नव प्रवेशी क्लब जिरोनासँग २–२ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिको म्याड्रिडले दुई गोलले पछि परेको स्थिति उल्ट्याउदै […]

Messi Suarez

August 20, 2017

बार्सिलोनाले रियल बेटिसलाई निम्त्याउदै

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको पहिलो खेलमा घरेलु मैदानमा रियल बेटिसलाई निम्त्याउदै छ । सिजनको पहिलो खेल अघि बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिनेछ । स्पेनिस सुपर कपको दुवै लेगमा रियलसँग पराजित भएको बार्सिलोना लिगको पहिलो खेलमा जित्दै सिजनको सुरुवात गर्ने प्रयासमा रहनेछ । तर नेयमारको विकल्प खोज्दै गरेको बार्सिलोना अर्का महत्वपुर्ण खेलाडी […]

August 20, 2017

साफ यू-१५ : भुटान र श्रीलंका भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकाको सामना गर्दै छ । समूह ‘ए’ को खेलमा श्रीलंकालाई जित्न पर्ने दबाब छ । बराबरी भएको खण्डमा श्रीलंकाले भुटानको अन्तिम खेलको नतिजा कुर्नु पर्ने हुन्छ। पहिलो खेलमा साविक विजेता बंगलादेशसँग ४-० ले पराजित भएपछि सेमिफाइनलमा स्थान बनाउन श्रीलंकालाई जितको आवश्यकता छ । प्रतियोगितामा आफ्नो पहिलो […]

Jese Rodriguez

August 20, 2017

आर्सनल पराजित

स्टोक (एजेन्सी) – प्रिमियर लिगको दोस्रो खेलमा आर्सनल स्टोकको घरेलु मैदानमा १-० ले पराजित भएको छ ।  घरेलु टोली स्टोक सिटीकालागि नयाँ खेलाडी जेसे रोडररीग्वेजले निर्णयाक गोल गरे । रियल म्याड्रिडका पूर्व खेलाडी जेसेले दोस्रो हाफ सुरु भएको ९० सेकेन्डमा साडियो बेराहिनोको पासलाई फार पोस्टमा टाइट एङ्गलबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पिएसजीबाट यसै […]

August 19, 2017

प्रिमियर लिगमा लिभरपुलको कठिन जित

 लिभरपुल (एजेन्सी)– साडियो मानेले एक मात्र गोल गरेपछि लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको यो पहिलो जित हो । दोस्रो खेलमा १ –० को जित हासिल गरेको लिभरपुलले पहिलो खेलमा बराबरी खेलेको थियो ।  ७३ औं मिनेटमा मानेले गरेको गोल नै खेलको निर्णायक बन्यो र लिभरपुलले २ खेलमा ४ अंक […]

August 19, 2017

साफ यू-१५ : नेपालको प्रशिक्षण [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१५ च्याम्पियनसिपमा सोमबार नेपालले पहिलो खेल खेल्दैछ । एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा हुने खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ । पहिलो खेलको तयारीमा रहेको नेपाली टोलीले एन्फा टेक्निकल सेन्टरको कृतिम मैदानमा प्रशिक्षण गर्यो । सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको टोलीले मुख्यतः सेट पिस अन्तर्गत फ्रि-किकको प्रशिक्षणमा ध्यान दियो । […]

Success

Thank you for your time.