default_image

फुटबल

August 6, 2017

जगजितको टोली हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले आइतबार बराबरी खेलको छ । अघिल्लो साता सानदार जित दर्ता गरेको नुनावाडिङले आज मोरेल्यान्ड जेब्राससँग १–१ को बराबरी खेलेको हो । दोस्रो हाफमा गोल फर्काउँदै नुनावाडिङले खेललाई बराबरीमा पुर्याएको थियो । खेलको ७५ औं मिनेटमा पेट्रिक गेरार्टले फ्रिकिकमार्फत खेलमा बराबरी गरेका थिए । […]

August 6, 2017

डीबालाको बार्सिलोना भविष्य उनकै हातमा

टुरिन (एजेन्सी) – नेयमारको प्रस्थानसँगै बार्सिलोनामा रिक्त रहेको फरवार्डको भूमिकामा पदपूर्ति गर्ने आशा गरिएका युभेन्टसका पाउलो डिबालालाई क्लबले आफ्नो भविष्यबारे सोच्न भनेको छ। बार्सिलोनाले डिबालालाई भित्र्याउन ठुलो रकमको प्रस्ताव गर्ने तयारी गरिरहँदा युभेन्टसले यस्तो निर्णय लिएको हो। युभेन्टसले आफैंले उनलाई बेच्न नचाहेपनि खेलाडीको निर्णयलाई नै अन्तिम निर्णय मान्ने बुझिएको छ। यसअघि पल पोग्बाको ट्रान्सफरमा पनि […]

August 6, 2017

चेल्सी र आर्सनल कम्युनिटी सिल्डका लागि खेल्दै

लन्डन (एजेन्सी) – इङ्गलिस सिजनको सुरुवाती खेलका रुपमा चर्चित रहँदै आएको एफ.ए. कम्युनिटी सिल्डअ अन्तर्गत आइतबार हुने खेलमा लन्डनका दुइ चर्चित क्लब आर्सनल र चेल्सी भिड्दैछन्। चेल्सी लिग विजेताको नाताले छनोट भएको हो भने आर्सनलले गत सिजनको एफए कप जितेको थियो। पछिल्लोपटक सन् २००९मा कम्युनिटी सिल्डको उपाधि जितेको चेल्सी यस वर्ष पाँचौपटक उक्त उपाधि हत्याउने […]

August 6, 2017

बायर्नलाई सुपर कप उपाधि

डर्टमुण्ड (एजेन्सी) – चिर परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। डर्टमुण्डको घरेलु मैदान सिग्नाल इडुना पार्कमा भएको खेलमा बायर्नले पेनाल्टीमा ५-४ले जित हात पारेको हो। निर्धारित ९० मिनेट समयको खेल २-२को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिनु परेको थियो। खेलको १२औं मिनेटमा […]

August 6, 2017

युभेन्टसमाथि टोटेनहमको सहज जित

लण्डन (एजेन्सी) – प्रि-सिजनको अन्तिम तयारी अन्तर्गत वेम्बली रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा इङ्गलिस् टोली टोटेनहम हट्स्परले इटालियन च्याम्पियन युभेन्टसलाई २-०ले पराजित गरेको छ। टोटेनहमका लागि फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ११औं मिनेटमा किरन ट्रीपिएरको क्रसमा केनले उत्कृष्ट हेडीङ गरेका थिए। टोटेनहमका लागि दोश्रो हाफको सुरुवातमै क्रिस्टियन एरिक्सनले गोल गर्दै […]

August 6, 2017

पिएसजीको विजयी सुरुवात

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रान्सको शीर्ष श्रेणीको लिग अन्तर्गत पहिलो खेलमा अमिएन्सलाई २-०ले पराजित गरेको छ। भर्खरै विश्व कीर्तिमानी रकममा अनुबन्धित भएका नेयमारबिना मैदानमा उत्रिएको पिएसजीले दुवै हाफमा १/१ गोल गरेको थियो। पिएसजीका लागि एडिन्सन कभानीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको ४२औं मिनेटमा ड्यानी आल्भेसको क्रसमा गोल गर्दै घरेलु […]

August 5, 2017

पेरिसमा नेयमारको स्वागत फिल्मी शैलीमा

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भव्य स्वागत भएको छ। पहिलो खेलमा खेल्न नपाउने भएपछि क्लबले नेयमारलाई खेल सुरु हुनुअघी समर्थकमाझ प्रस्तुत गरेको थियो। पिएसजीका अध्यक्ष नासेर अल खलिफीसँग मन्चमा देखिएका नेयमारले समर्थकहरु सामु बोल्दै एकदम खुशी लागेको बताए। ‘म निकै […]

August 5, 2017

नेयमारले बोनस नलिई बार्सिलोना छाडेको खुलासा

बार्सिलोना (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारले २५ मिलियन युरो बोनस नलिई बार्सिलोना छाडेको खुलासा भएको छ। नेयमारको सम्झौतामा उल्लेख भए बमोजिम सम्पूर्ण सर्त पुरा नभएकाले उक्त रकममा सहमति नमिलेको हो। सन् २०१३मा बार्सिलोना आइपुगेका नेयमारले बार्सिलोनामा ४ वर्ष बिताएको खण्डमा उनका पिता नयमार सिनियरको कम्पनीले […]

August 5, 2017

युभेन्टस र टोटेनहम भिड्दै

लण्डन (एजेन्सी) – अर्को साताबाट हुने सुरु हुने इङ्गलिस प्रिमियर लिगको तयारीको अन्तिम चरणमा रहेको टोटेनहम हट्सपरले नयाँ घरेलु मैदान वेम्बली रंगशालामा इटालीको च्याम्पियन युभेन्टससँग खेल्दैछ। शनिबार हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले आफ्नो पहिलो रोजाईको टोली उतार्ने तयारी गरिरहेका छन्। विगतका सिजनमा वेम्बली रंगशालामा राम्रो नतिजा ल्याउन नसकेको टोटेनहमले यस सिजन आफ्नो सम्पूर्ण घरेलु मैदानमा […]

August 5, 2017

बार्सिलोना दोश्रो श्रेणीको टोलीसँग बराबरीमा रोकियो

स्पेन (एजेन्सी) – स्पेनको दोश्रो श्रेणीमा खेल्ने क्लब जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले १-१को बराबरी खेलेको छ। खेलमा पछाडी परेको बार्सिलोनालाई फरवार्ड पाको अल्कासेरको गोलको मद्दतले बराबरीमा ल्याएको थियो। प्रिसिजनका अघिल्ला ३ खेलमा युभेन्टस, म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडलाई पराजित गरेको बार्सिलोनाले यस खेलमा आफ्नो स्टार खेलाडीहरुलाई विश्राम दिएको थियो। नेयमार पिएसजी गएपछिको पहिलो खेलमा बार्सिलोना […]

Success

Thank you for your time.