April 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रविन श्रेष्ठले हिजो घुँडाको चोटको शल्यक्रिया गरेका छन्। चैत १५ गते फिलिपिन्सविरुद्ध एसियन कप छनोट चरणअन्तर्गत समूहको पहिलो खेलका दौरान उनको घुँडामा चोट लागेको थियो । मेडिकल भाषामा ए.सी.एल. च्यातिएको भनिने सो भाग फुटबलमा भैरहने घुँडाको चोट हो| शल्यक्रियासंगै रविनले कम्तिमा सात महिना आराम गर्नुपर्नेछ। गत महिना फिलिपिन्स […]
April 21, 2017
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज भएको सेमिफाइनलको ड्रमा स्पेनीस टोली रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्ने पक्का भएको छ। सेमिफाइनलको अर्को खेलमा भने इटालियन टोली युभेन्टसले फ्रेन्च टोली मोनाकोको सामना गर्नेछ। रियलले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो भने एटलेटिकोले लेस्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। बार्सिलोनालाई स्तब्ध पर्दै सेमिमा आइपुगेको युभेन्टसले डर्टमुण्डलाई पराजित […]
April 21, 2017
क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१९ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल समुह ‘ए’ मा परेको छ। ४३ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्। समूह ‘ए’ मा रहेको नेपालको समुहमा […]
April 21, 2017
क्वालालम्पुर – मलेसिया स्थित एएफसीको मुख्यालय एएफसी हाउस, क्वालालम्पुरमा आयोजित एएफसी यु-१६ च्याम्पियनसिपको छनोट चरणको ड्रमा नेपाल भारतसंगै समुह ‘डी’ मा परेको छ। ४५ राष्ट्र सम्मिलित प्रतियोगिताको छनोट चरणलाई पुर्व र पश्चिम गरेर दुइ खेमामा बिभाजन गरि ड्र आयोजना गरिएको थियो। नेपाल सहित दक्षिण एसियाली राष्ट्र पश्चिम समुहमा रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालको […]
April 21, 2017
म्याड्रिड (एजेन्सी) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र बायर्न म्युनिखको क्वार्टरफाइनल खेल चोटका कारण गुमाएका स्टार मिडफिल्डर ग्यारेथ बेल पुन: प्रशिक्षणमा फर्किएका छन् । बायर्नसंगको पहिलो लेगमा चोटका कारण दोस्रो हाफमा बाहिरिएका रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले त्यसयताको खेल खेलेका थिएनन्। बायर्नसंगको पहिलो लेगको खेलमा दोस्रो हाफमा मैदानबाट बाहिरिएका बेलले भोलीपल्ट रियलको प्रशिक्षणमा […]
April 21, 2017
एजेन्सी – टाइम्स म्यागजिनको विश्वका १ सय प्रभावशाली व्यक्तिको सुचीमा नेयमार पनि परेका छन्। उक्त सुचीमा पर्ने नेइमार एक मात्र फुटबल खेलाडी हुन्। नेयमार बाहेक एम.एम.एका खेलाडी कनर मक्ग्रेगर, अमेरिकन फुटबल खेलाडी टम ब्रेडी, बास्केटबल खेलाडी लेब्रन जेम्स, जिमनास्टिक खेलाडी सिमोन बेल्स उक्त सुचीमा पर्ने अन्य खेलाडी हरु हुन्। सन् २०१४ मा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो […]
April 21, 2017
म्यानचेस्टर (एजेन्सी) – युरोपा लिगको क्वार्टरफाइनल खेलको दोश्रो लेगमा म्यानचेस्टर युनाईटेडले एन्द्रेलेविरुद्ध २-१को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। युनाईटेडको घरेलु मैदान वर्ल्ड ट्राफर्डमा भएको खेलको १०औं मिनेटमा हेनरिक मिखितार्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ३२औं मिनेटमा सोफियाने हान्नीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। गतसाता बेल्जियममा भएको पहिलो लेगको खेल […]
April 21, 2017
बार्सिलोना (एजेन्सी) – युभेन्टससंगको पराजय पछि च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका मिडफिल्डर एनड्रेस इनियस्टाका अनुसार सोमबार हुने एल क्लासिको बार्सिलोनाको लागि सिजनको अन्तिम अवसर हुनेछ । च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले आफ्नो ध्यान रियल मड्रिडसंगको खेलमा केन्द्रित गर्ने इनियस्टाले बताएका छन् । ‘च्याम्पियन्स लिगबाट बाहिरिदा हामी अत्यन्तै निराश छौ । तर, बाकी रहेको संभावनाका लागि लड्न हामी […]
April 20, 2017
म्याड्रिड (एजेन्सी)– लिभरपुल फुटबल क्लबले ट्रान्सफर विन्डोको सुरुवातसंगै रियल म्याड्रिडका युवा मिडफिल्डरलाई एनफिल्ड भित्राउन सम्भावना बढेको छ । लिभरपुलका प्रशिक्षक योर्गन क्लप रियलबाट मार्को एसेन्सियोलाई किन्न इच्छुक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसघि रियल कै हामेस रोड्रिग्वेजसंग जोडिएको लिभरपुलले एसेन्सियोलाई भित्राउन रियललाई ४२ मिलियन पाउन्ड (करिब ६ अर्ब नेपाली रुपैयाँ) सम्म खर्च गर्न […]
April 20, 2017
दिपक बोहोरा फिदिम – विर्ता युनाइटेड झापा पाँचथरमा जारी प्रथम पाँचथर गोल्डकप प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ। चार महिनाको अवधिमा बिर्ता युनाइटेड झापा फिदिममा दोश्रो उपाधि नजिक पुगेको हो। फिदिम माविको मैदानमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा रेडहर्स इलामलाई २–१ गोलको अन्तरले पराजित गर्दै विर्ता युनाइटेड झापा फाइनल प्रवेश गर्दै एपिएफ पुर्वाञ्चल संगको भेट पक्का […]