March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ७ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आज स्वदेश आइपुगेका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६मा माल्दिभ्स पुगेका किरण त्यसयता पहिलो पटक स्वदेश फर्केका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी नेपाल आएका हुन्। किरणले राष्ट्रिय टोलीसंग रहेर बुधबारबाटै प्रशिक्षण थाल्नेछन। सातदोबाटो […]
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा बिहीबार सुरु हुने दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने भउका छन् । नकआउटका आधारमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सामाखुशी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रुपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सिखेल युथ क्लब, मनाङ मस्र्याङदी क्लब, साइनिङ सन फुटबल […]
March 21, 2017
स्पेन (एजेन्सी)- रियल म्याड्रिड एवं पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको ‘प्लेयर अफ द इयर’को उपाधि जितेका छन्। रियलबाटै व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर पेपे र गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पार्दै उनले सो उपाधि जितेका हुन्। सन् २०१६मा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्दा फाइनल खेलमा एट्लेटिको म्याड्रिडविरुद्ध पेनाल्टीमा निर्णायक गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको उच्च […]
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत को पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । फिलिपिन्समा हुने पहिलो लेगका अब ८ दिन मात्र बाँकी छ। चैत्र १५ गते हुने पहिलो खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ […]
March 20, 2017
लण्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका महान प्रशिक्षक सर एलेक्स फर्गुसनले फेरी एकपटक टोली सम्हाल्ने भएका छन्. । जून ४ मा माइकल क्यारिकको बिदाईमा हुने खेलमा फर्गुसनले टोलीको प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । खेल माइकल क्यारिक अल स्टार्स र युनाइटेडकाबीचमा हुनेछ । क्यारिक अल स्टार्स टोलीको प्रशिक्षणको जिम्मेवारी ह्यारी रेडन्यापले गर्नेछन् । युनाइटेडलाई ३८ उपाधि दिलाएका फर्गुसनले […]
March 20, 2017
प्रकाश तिमल्सिना काठमाडौं – झन्डै अढाई महिनापछि राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ मंगलबार स्वदेश आइ पुग्ने भएका छन् । टिसी स्पोर्टसमा आबद्ध भएपछि पुसको २६ मा माल्दिभ्स गएका किरण त्यसयता पहिलो पटक स्वदेश फर्कन लागेका हुन् । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध चैत १५ मा हुने पहिलो खेलका लागि उनी राजधानी आउन लागेका हुन् । माल्दिभ्सको […]
March 20, 2017
साओ पाउलो (एजेन्सी)– ब्राजिलियन युवा खेलाडी भिनिकस जुनियरले अर्का नेमारको संज्ञा पाएका छन् । दक्षिण अमेरिकामा सम्पन्न यू १७ च्याम्पियनसिपका उच्च गोलकर्ता १६ बर्षिय भिनिकसले प्रतियोगितामा उच्च प्रदर्शन गरेसँगै उनी ठूला क्लबको रोजाइमा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको प्रदर्शन हेर्न चिलिमा सम्पन्न दक्षिण अमेरिका यू १७ च्याम्पियनसिप हेर्न रियल म्याड्रिड र बार्सिलोनाका स्काउटहरु […]
March 20, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च झापा समन्वय शाखाका अध्यक्ष रमेश समदर्शी र उपाध्यक्ष कृष्ण सिञ्जाली सोमबार सम्मानित भएका छन् । काँकरभिटटा फुटबल टे«निङ सेन्टरले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप प्रतियोगिता २०७३ दोस्रो संस्करणको आय ब्यय सार्वजनिक गर्ने कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेत, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गङ्गालाल […]
March 20, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद)– मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको दोस्रो संस्करणमा ७ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । गत पुसमा काँकरभिट्टा सम्पन्न गोल्डकपमा कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आम्दानी भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कोषाध्यक्ष पेमा नोबु शेर्पाले जानकारी दिए । पुस १६ देखि २३ […]