default_image

फुटबल

February 17, 2022

सलाह र फिर्मिनोको गोलमा लिभरपुलको जित

एजेन्सी – मोहम्मद सलाह र सब्सिच्युट ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोको गोलमा इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर प्रि–क्वाटरफाइनलको पहिलो लेगमा महत्वपूर्ण अवे जित निकालेको छ । लिभरपुलले घरेलु टोली इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । मिलानोमा बुधबार राति भएको भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । छैटौं मिनेटमा लोउटारो मार्टिनेजको […]

February 16, 2022

‘लिग उपाधि रक्षाको श्रेय खेलाडीलाई दिन्छु’ प्रशिक्षक कटुवाल

काठमाडौं (हाम्रो खेलकुद)– खेलाडीहरुकै कारण लगातार दोस्रो पटक आफू सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोलीको प्रशिक्षक बन्न पाएको भन्दै प्रवेश कटुवालले जितको श्रेय खेलाडीलाई दिएका छन् । बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । ‘योजना अनुसार नै हामी ११ […]

February 16, 2022

बायर्नलाई साल्जवर्गको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) अष्ट्रियन क्लब रेडबुल साल्जवर्गले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ । खेल रेडबुल एरिना वाल्समा नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ । उपाधिको बलियो दावेदार बायर्नलाई घरेलु मैदानमा स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । अष्ट्रियन बुन्डेसलिगाको […]

February 16, 2022

च्याम्पियन्स लिग – इन्टर र लिभरपुल भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) दुई खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल इन्टरको घरेलु मैदान मिलानोमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा इन्टर पहिलो लेगमा सफललता हात पार्दै दोस्रो लेगको लागि सहज बनाउने लक्ष्यमा […]

February 16, 2022

पुलिस र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत ११औं चरणको खेलमा रुस्लान थ्री स्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । पुलिस र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

February 16, 2022

पहिलो हाफमा पुलिसविरुद्ध थ्री स्टारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत रुस्लान थ्री स्टार क्लबले विभागीय नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काको गोलमा १–० को अग्रता लिन सफल भएको हो । १८औं मिनेटमा अन्सुमाना क्रोमाहको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन […]

February 16, 2022

आर्मी र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको आर्मीले शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गर्दा शेर्पाका पिस्टोन मुताम्वाले बराबरी […]

February 16, 2022

सातदोबाटोलाई हराउँदै मछिन्द्र दुई खेल अगावै लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । मछिन्द्रले सातदोबाटोलाई १–० ले हराउँदै लगातार दोस्रो वर्ष लिग च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा […]

February 16, 2022

जर्जप्रिन्सको गोलमा आर्मीलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जर्जप्रिन्स कार्कीको गोलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पहिलो हाफमा हिमालयन शेर्पाविरुद्ध अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा आर्मीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको छ । २६औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका […]

February 16, 2022

पहिलो हाफमा मछिन्द्र र सातदोबाटोको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – लिग लिडर मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । मछिन्द्र र सातदोबाटोले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न सकिरहेका छैनन् । […]

Success

Thank you for your time.