June 8, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेशन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ। कप्तान केलियन एम्बाप्पेले आफ्नो ५०औँ अन्तर्राष्ट्रिय गोल गर्दै पूरा गरेको खेलमा आइतवार जर्मनीलाई २-० ले हराउँदै फ्रान्स तेस्रो भएको हो। रियल म्याड्रिडका सहकर्मी ओरेलियन चुआमेनीको पासमा एम्बाप्पेले ४५औं मिनेटमा उत्कृष्ट फिनिस गर्दै खेलको पहिलो गोल गरे। त्यसै खेल सकिन ६ मिनेट बाँकी छँदा एम्बाप्पेले […]
June 8, 2025
एजेन्सी – युरोपियन च्याम्पियन स्पेन र त्यसको परम्परागत प्रतिद्वन्द्वी पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनल खल्दैछन्। जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। सन् २०१९ मा पहिलोपटक यो प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक विजेता स्पेनको सामना गर्दैछन् । जुन टोली जितेपनि दुई पटक नेशन्स लिग जित्ने पहिलो राष्ट्र बन्ने […]
June 8, 2025
एजेन्सी – इंग्ल्याण्डले विश्वकप छनोटको विजय यात्रालाई जारी राखेको छ। इंग्ल्यान्डले शनिवार अन्डोरामाथि निराशाजनक १–० को जित निकाल्यो। अष्ट्रिया र नेदरल्याण्ड्सले पनि विजयी भएका छन्। इंग्ल्यान्डका कप्तान ह्यारी केनको ७२औँ अन्तर्राष्ट्रिय गोलले अन्डोराविरुद्धको खेलमा लज्जास्पद नतिजाबाट टोलीलाई जोगायो। तर पनि, बार्सिलोनामा विश्व फुटबलको १ सय ७३औँ स्थानमा रहेको टोलीसँग संघर्षपूर्ण खेल खेलेपछि प्रशिक्षक थोमस टुचेलको […]
June 7, 2025
सुशील पन्त क्षेत्री, भरतपुर हानामी भरतपुर फुटबल क्लब (बिएफसी) ले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले भरतपुर खेलकुद बिकास समितिलाई हराउँदै सेमिफाइनलमा पुगेको हो। सिद्धार्थ माविको मैदानमा भएको खेलमा बिएफसीले २-१ को पुनरागमन जित निकाल्यो । खेलमा बिएफसीले १-० ले पछि परेको अवस्थाबाट […]
June 7, 2025
भरतपुर (हाम्रो खेलकुद)- चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ। आयोजक भरतपुर २४ गोल्डकप उपभोक्ता समितिका अध्यक्ष रमेश पुरीका अनुसार जेठ ३१ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ खेलकुद विकास समिति र हानामी भरतपुर फुटबल क्लब बिएफसी भिड्नेछन् ।प्रतियोगितामा भरतपुर २४ र बिएफसीसँगै प्याराडाइज युवा […]
June 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ का लागि एसिया क्षेत्रबाट उज्वेकिस्तान र जोर्डन छनोट भएका छन् । दुवै राष्ट्र पहिलो पटक विश्वकपमा छनोट भएका हुन् । शुक्रबार भएको छनोट खेलमा निकटतम प्रतिद्वन्द्वी यूएईलाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्दै उज्वेकिस्तानले समूहको शीर्ष २ मा स्थान पक्का गरेर विश्वकपमा स्थान बनाएको हो । लिग चरणको १ खेल बाँकी […]
June 6, 2025
एजेन्सी – स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ।लामिन यामालको २ गोलमा स्पेनले शानदार प्रदर्शनसहित बिहीवार फ्रान्सलाई ५-४ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। स्पेनले पोर्चुगलसँग फाइनल खेल्नेछ । १७ वर्षीय बार्सिलोनाका फरवार्ड यामाललाई यो सिजनको विश्वकै उत्कृष्ट खेलाडीको रुपमा हेरिन्छ । उनी बलोन ड’ओर जित्ने दाबेदारमध्ये एक मानिन्छन् । उनले स्टुटगार्टमा स्पेनका लागि २ […]
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । हङकङको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । तुलनात्मक रुपमा बढि अवसर सिर्जना गरेपनि हङकङले अग्रता भने लिन सकेन । नेपाल दोस्रो हाफको इन्ज्युरी समयमा भने १० खेलाडीमा सिमित भएको थियो । मणि लामा दोस्रो पहेंलो कार्ड […]
June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी बेल्जियन प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई दिइने लगभग निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको एन्फा स्रोतले जानकारी दिएको छ । प्याट्रिक बिहीवार बिहान नेपाल आइपुगेका छन् । प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा […]
June 5, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल जर्मनीलाई २-१ ले पराजित गरी नेशन्स लिगको फाइनलमा पुगेको छ । ४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा गोलमा गरे । त्यहि गोल निर्णायक बन्यो। त्यो उनको १ सय ३७औं अन्तर्राष्ट्रिय गोल हो। पोर्चुगल फाइनलमा फ्रान्स वा स्पेनमध्ये एकसँग फाइनल खेल्नेछ। रोनाल्डोले गरेको गोलभन्दा पाँच मिनेटअघि […]