default_image

फुटबल

May 31, 2025

च्याम्पियन्स लिग फाइनल – पिएसजी र इन्टर भिड्दै

एजेन्सी – युइएफए च्याम्पियनसिपको उपाधिका लागि आज पेरिस सेन्ट-जर्मेन (पिएसजी) र इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदैछ। फाइनल जर्मनीको म्युनिखमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।‌ यो सिजनको फाइनलमा धेरैले यी दुई टोलीलाई अपेक्षा गरेका थिएनन्। तर उनिहरुले ठूला प्रतिद्धन्द्धीलाई माथ दिंदै फाइनलमा स्थान बनाएका हुन्। लुइस एनरिकको नेतृत्वमा युवा जोश भरपुर पिएसजीको फाइनलसम्मको यात्रा निकै […]

May 30, 2025

एन्फा यु-१६ लिग अर्को‌ महिना

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ लिग अर्को महिना आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा पदाधिकारी र ए-डिभिजन क्लबका प्रतिनिधिबीच आज भएको छलफलमा असार २० गते यु १६ लिग सुरु गर्ने तय भएको‌ हो । युथ लिगमा सहभागी हरेक क्लबलाई तयारी खर्चस्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय […]

May 30, 2025

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली घरेलु टोली थाइल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको छ। थाइल्याण्डमा क्लोज डोरमा आज भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने थाइल्याण्डले एक गोल गर्यो। सोही गोलमा नेपाल बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग १-० ले पराजित हुन पुग्यो। अब नेपालले सोमवार दोस्रो […]

May 29, 2025

एएफसी यु-२३ मा नेपाल समूह ‘के’ मा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु-२३ एसियन कप छनौटको ‘ड्र’ आज सार्वजनिक गरेको छ। मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र अनुसार ‘नेपालले समुह ‘के’ मा ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहको प्रतिस्पर्धा ताजिकिस्तानमा हुनेछ। छनोट सेप्टेम्बर १ देखि ९ सम्म (भदौ १६ देखि २४ गते ) हुनेछ। कुल ४४ राष्ट्रले छनोटमा […]

May 28, 2025

एन्फाले यु १६ लिगका लागि एपिएफलाई बोलाएन

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु १६ लिग फुटबल प्रतियोगिताको लागि नेपाल एपिएफ फुटबल क्लबलाई नबोलाउने निर्णय गरेको छ। २०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेको थियो। एपिएफले भने थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्धको खेलमा दुई विदेशी खेलाडी विना भिसा खेलेको थ्री स्टार उजुरी दर्ता गराएको […]

May 28, 2025

बार्सिलोनासँग यामालको नयाँ सम्झौता

एजेन्सी – युवा स्टार लामिन यामालले बार्सिलोनासँग आगामी ६ वर्षका नयाँ सम्झौता गरेका छन् । घरेलु फुटबलमा यो सिजन टोलीलाई तेहरो उपाधि दिलाउन मद्दत गरेका गरेका यामालसँग बार्सिलोनाले मंगलवार नयाँ सम्झौता गरेका हो। १७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता २०२५–२६ सिजनको अन्त्यसम्म थियो।‌ नयाँ सम्झौताले उनी सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् । २०२३ मा […]

May 27, 2025

थाइल्याण्ड भ्रमणपछि तामाङ राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकघोषणा केहि दिनमै गर्ने तयारी गरेको छ। एएफसी प्रो लाइसेन्स प्रशिक्षकलाई माहिला टोलीको जिम्मेवारी दिने भनेर एन्फाले आवेदन खुल्ला गरेको थियो। २१ प्रशिक्षकले आवेदन दिएको बुझिएको छ। जसमध्ये दुई प्रशिक्षक अन्तिम छनोटमा परेका छन्। ती दुई मध्ये एकको नाम सार्वजनिक गर्ने तयारीमा […]

May 27, 2025

रोनाल्डोको गोल बाबजुत नासर पराजित

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुत अल नासरले साउदी प्रो लिगमा हार बेहोरेको छ । नासर सोमवार अल फताहसँग ३-२ ले पराजित भएको हो । नासरले दुई‌ पटक लिएको अग्रता जोगाउन सकेन। फताहको जितमा माटियास वर्गस, मुराद बत्ना र माथूश माचाडोले गोल गरे । नासरका लागि अर्को गोल साडियो मानेले गरे । खेलमा सुरुवाती […]

May 26, 2025

मैत्रिपूर्ण खेलका लागि जिम्मेवारी तोकियो

काठमाडौं (हाम्रो खेलकुद)- हङकङ विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण तथा व्यवस्थापन टोलीको जिम्मेवारी दिइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टंकलाल राईलाई‌ टोलीको व्यवस्थापक, केशवकुमार कार्की सहायकव्यवस्थापकको जिम्मेवारी दिएको छ । एन्फाले सल्यान खड्गीलाई सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ प्रशिक्षक र सुजन अमात्यलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको जनाएको छ।उनीहरुलाई एन्फा […]

May 26, 2025

बार्सिलोनाको जितमा लेवान्डोव्सकीको २ गोल

एजेन्सी – च्याम्पियन बार्सिलोनाले जितका‌ साथ ला‌ लिगा सिजनको अन्त्य गरेको छ। रोवर्ट लेवान्डोव्स्कीले २ गोल गरेपछि बार्सिलोनाले आइतवार एथ्लेटिक क्लबलाई ३-० ले हरायो । तेहेरो उपाधिका साथ बार्सिलोनाले‌ सिजनको उत्कृष्ट समापन गर्यो । दुई खेल बाँकी रहँदै आफ्नो २८औं लिग उपाधि निश्चित गरिसकेको बार्सिलोनाका लागि लेवान्डोव्स्कीले १४औं मिनेटमै पहिलो गोल गर्दै लिगमा आफ्नो १ […]

Success

Thank you for your time.