June 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेलको तयारीका लागि नेपाली टोली अहिले हङकङमा छ । नेपालले विहीबार साँझ ५:४५ बजे मैत्रीपूर्ण खेलमा हङकङसँग खेल्दैछ । मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि […]
June 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले साउदी प्रो-लिग क्लब अल-हिलालको आकर्षक प्रस्तावलाई अस्वीकार गरेका छन्। फर्नान्डेजले सो प्रस्तावलाई पछिल्लो केहि दिन गम्भीर रुपमा विचार गरिरहेको बताइएको थियो । जुन प्रस्तावले युनाइटेडमा उन पाउने तलबभन्दा दोब्बर बढी दिने प्रस्ताव गरेको थियो। युनाइटेडमा उनी बढी तलब पाउने खेलाडीमध्ये एक हुन्। तर, परिवारसँग छलफल गरेपछि, फर्नान्डेजले अल-हिलाललाई […]
June 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ फुटबल क्लबले आफूले गरेको उजुरीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमा सुनुवाई नगरेको भन्दै असन्तुष्टि पोखेको छ । सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबविरुद्ध दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको भन्दै […]
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग २-० को हार बेहोरेको छ । सोमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन । पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना गरेको नेपाल दोस्रो हाफमा भने […]
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरूष फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिसा नआएपनि बिदाइ गरेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग हुने खेलको तयारीका लागि टिम मंगलबार हङकङ जाने कार्यक्रम छ । तर सोमबारसम्म भिसा नआएपनि एन्फाले टोलीको बिदाइ भने औपचारिक कार्यक्रममै गरेको […]
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको एागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपाली टिमका प्रमुख प्रशिक्षक म्याट रसले घोषणा गरेको टिममा मिडफिल्डरद्वय कुशल देउवा र श्रृजन राज गौतमलाई पहिलो पटकका राष्ट्रिय टिममा स्थान दिइएको छ । कुशलले च्यासलबाट बि डिभिजन लिग खेल्दा सृजनले संकटाबाट […]
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु टोली थाइल्याण्डसँग खेल्दैछ । आज नेपाली समय अनुसार दिउँसो ४:४५ बजे थामासात स्टेडियम, थाइल्याण्डमा हुनेछ । यसअघि भएको पहिलो मैत्रिपूर्ण खेल क्लोज डोरमा भएको थियो । सो खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको थियो । यी दुई मैत्रीपूर्ण खेलको लागि […]
June 2, 2025
एजेन्सी – पहिलो पटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) का खेलाडीले आइतवार दिउँसो पेरिसमा विजय उत्सव मनाए । तर त्यसको केही घण्टा अघि फ्रान्सभरि अशान्ति फैलिएको थियो । लिग वान टोली पिएसजीले शनिवार म्युनिखमा भएको फाइनलमा इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो च्याम्पियन्स लिग उपाधि जितेको थियो। लुइस एनरिकेको टोलीले चाम्प्स-एलिसिसदेखि आर्क दे […]
June 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ विमोचन भएको छ । नेपाली फुटबलको सफल इतिहासलाई समेटिएको सो पुस्तक आइतवार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे । नेपालले तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो (सन् १९८४) र छैटौं (१९९३) संस्करणमा फुटबलमा स्वर्ण पदक […]
June 1, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। इन्टर मिलानलाई बुधवार ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे। हाकिमीले १२ औं […]