default_image

फुटबल

May 4, 2025

वीरगन्जको कठिन जित, तेस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेडले कठिन जित निकालेको छ । मध्यपुर युथ एसोसिएसन विरुद्ध १-० को जितमा वीरगंज लिगको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा खेल मैदानमा भएको खेलमा वीरगन्जले ४२ औं मिनेटमा अग्रता बनायो। उसको लागि अमित बछारले गोल गरे। पहिलो हाफ वीरगन्जको पक्षमा १-० को नतिजामा सकियो। मध्यपुर […]

May 4, 2025

आर्सनल पराजित

एजेन्सी – एएफसी बोर्नमाउथले शनिवार आर्सनललाई २-१ को पराजित गर्दै युरोपियन प्रतियोगिताको आशालाई जीवित राखेको छ। एमिरेट्स स्टेडियममा बोर्नमाउथले पहिलो पटक अंक बटुलेको हो। बुधवार पेरिस सेन्ट-जर्मेनविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगको तयारी आर्सनलका लागि योजना अनुसार अघि बढेन । किनभने उनीहरूले घरेलु मैदानमा फेरि निराशाजनक नतिजा भोग्नुपर्‍यो। ३४औं मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासपछि डेक्लान […]

May 4, 2025

बार्सिलोनाको जित

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पुन:७ अंकले पछि परेको छ। रियल भालाडोलिडलाई शनिवार २-१ ले हराउँदै बार्सिलोनाले रियलसँगको अग्रता बढाएको हो।बार्सिलोनाले पछि परेको खेल उल्टाएको हो । इभान सान्चेजले छैंटौं मिनेटमा एस्टाडियो होसे जोरिल्लामा भालाडोलिडलाई आश्चर्यजनक अग्रता दिलाएका थिए। परिवर्तित खेलाडी राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा छ मिनेटको अन्तरमा […]

May 3, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। केभिन डि ब्रुइनको ३५औँ मिनेटमा गरेको गोल निर्णायक सावित हुँदा सिटीले शनिवार वल्भ्समाथि १–० को जित निकाल्यो । क्लबमा आफ्नो अन्तिम घरेलु खेलहरूमध्ये एकमा डि ब्रुइनले जेरेमी डोकुको पासमा गोल गर्दै वल्भ्सको लगातार ६ खेलको जितको श्रृंखला तोडे। रायन एइट-नुरी र म्याथेउस […]

May 3, 2025

एपिएफकी रेनुका सर्वोत्कृष्ट खेलाडी

बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबकी रेनुका नगरकोटे बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। विजेता टोलीकी रनुकाले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।३ गोलसहित एपिएफकी अनिता केसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितिन् । व्यक्तिगत अवार्डमा एपिएफको वर्चस्व रहँदा अन्जना राना मगर उत्कृष्ट गोलकिपर घोषित भइन्। एपिएफलाई उपाधि दिलाएका जिवेश […]

May 3, 2025

एपिएफलाई बागमती मुख्यमन्त्री फुटबल उपाधि

बट्टार /नुवाकोट (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै एपिएफले लगातार दोस्रो साता उपाधि जितेको हो। गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि एपिएफले पुलिसलाई‌ हराएको थियो। बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा भएको खेलको […]

May 3, 2025

ममताको ५ गोल‌मा संकटाको सहज जित

रविन्द्र वाईबा, हेटौंडा संकटा क्लबले मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा शनिवार भएको खेलमा सिमराको नवजनजागृती युवा क्लबलाई ६-१ गोलले हराउँदै संकटाले सेमिफाइनलको यात्रा तय गरेको छ। संकटालाई जित दिलाउन ममता पुन मगरले उत्कृष्ट प्रदर्शन गरिन् । उनले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो […]

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.