default_image

फुटबल

July 1, 2021

फुटबलका ११ खेलाडीसहित १९ जनालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद)– प्राविधिक कारण नभई खेलाडी र पदाधिकारी गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिहीबारबाट सुरु गर्ने तय भएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको बुझिएको छ । ११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का २ पदाधिकारी र एन्फा स्टाफ गरी १९ जनामा कोभिड संक्रमण देखिएको बताइएको छ । एन्फाले […]

July 1, 2021

एमबाप्पेको यात्रा कता?

एजेन्सी – केलियन एमबाप्पेले युरो २०२० अन्तर्गत स्विट्जरल्यान्डविरुद्ध प्रि क्वार्टरफाइनलमा पेनाल्टी सुट आउटमा पाँचौं पेनाल्टी चुकाएको चर्चा अझै सेलाएको छैन । उनले पेनाल्टीमा गोल गर्न नसकेपछि दाबेदारमध्येका एकका रुपमा हेरिएको विश्व कप विजेता फ्रान्स क्वार्टरफाइनल पुग्न असफल रह्यो । अब भने एमबाप्पलेको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा भविष्यका बारेमा चर्चा सुरु भएको छ । रियल […]

July 1, 2021

रोनाल्डो, नोएर र एमबाप्पेमाथि हंगेरीका प्रशिक्षकको मजाक

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत राउन्ड अफ १६ चरणबाट नै ग्रुप अफ डेथ मानिएको समूह एफ का सबै टोली बाहिरीएपछि हंगेरीका प्रशिक्षक मार्को रोसीले सामाजिक संजालमार्फत मजाक उडाएका छन् । समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै […]

July 1, 2021

राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको लागि विहीबारबाट सुरु गर्ने भनिएको तयारी एक साताको लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षण सुरु हुनुभन्दा एक घण्टा अघि मात्र सामाजिक संजालमा सूचना जारी गर्दै प्रशिक्षण स्थगित भएको जनाएको छ । प्राविधिक कारणले प्रशिक्षण स्थगित भएको एन्फाले जनाएको छ । […]

July 1, 2021

टोटेनहमको प्रशिक्षकमा सान्टो नियुक्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले पोर्चुगिज प्रशिक्षक नुनो एस्पिरिटो सान्टोलाई मुख्य प्रशिक्षकको पदमा नियुक्त गरेको छ । गत सिजन अप्रिलमा मोउरिन्होलाई बर्खास्त गरेपछि क्लबले पूर्व खेलाडी रायन मेसनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । प्रशिक्षक नियुक्तिको लामो प्रक्रियापछि सान्टो र टोटेनहमबीच २ वर्षको सहमति भएको हो । यसअघि टोटेनहमले एन्टोनियो कोन्टे, पाउलो […]

July 1, 2021

फाती पुनरागमनको क्रममा

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीले झन्डै दुई महिना अघि पोर्टोमा घुँडाको शल्यक्रिया गराएका थिए । त्यसयता उनको घुँडामा निकै सुधार आएको बताइएको छ । नोभेम्बरमा ला लिगाका दौरान उनको घुँडामा चोट लागेको थियो । १८ वर्षे युवा अहिले म्याड्रिडमा फिजियोथेरापिष्टसँग उपचार गराइरहेका छन् । त्योसँगै बार्सिलोनाको मेडिकल टोलीसँग पनि उनी नियमित सम्पर्कमा छन् […]

July 1, 2021

रोनाल्डोको विकल्प बन्न सक्ने ५ खेलाडी

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स बसाई अन्त्यतिर रहेको धेरैको बुझाई छ । तीन सिजन सिरि ए टोलीका पोर्चुगिज सुपर स्टार अब नयाँ यात्रा निस्कने अनुमान गरिएको छ । कोरोना महामारीका कारण क्लबहरुमा आर्थिक भार परिरहेको छ । आर्थिक कारणले पनि युभेन्टसलाई रोनाल्डोलाई राख्न कठिन रहेको अनुमान गरिएको छ । यदि रोनाल्डोले युभेन्टस छाडे भने उनको […]

June 30, 2021

लिभरपुलका पूर्व प्रशिक्षक बेनिटेज एभर्टनमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सहरी प्रतिद्वन्द्वी लिभरपुलका पूर्व प्रशिक्षक राफाएल बेनिटेजलाई क्लबको मुख्य प्रशिक्षक पदमा नियुक्त गरेको छ । कार्लो एन्सेलोटिले रियल म्याड्रिड जानका लागि जिम्मेवारी छोडेपछि एभर्टनले ६१ वर्षीय स्पेनी प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएको हो । बेनिटेजले पछिल्लोपटक सन् २०१९ जुनसम्म प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि चिनियाँ […]

June 30, 2021

पिटरलाई भित्र्याउँदै सातदोबाटोको लिग तयारी सुरु

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले आउने लिगका लागि पहिलो खेलाडीका रुपमा नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्धन गरेको छ । लामो समयदेखि घरेलु फुटबल खेलिरहेका सेगुनले पछिल्लोपटक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेलेका थिए । देशका […]

June 30, 2021

हाजार्ड र डे ब्रुएनले इटालीविरुद्ध नखेल्ने सम्भावना

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले इटालीविरुद्ध हुने क्वाटरफाइनल खेलमा आफ्ना दुई मुख्य खेलाडी इडेन हाजार्ड र केभिन डे ब्रुएनको साथ नपाउने सम्भावना बढेको छ । आइतबारको खेलमा बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउँदा कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएनले चोटका कारण मैदान छाड्नुपरेको थियो । दुवै खेलाडी पोर्चुगलका […]

Success

Thank you for your time.