default_image

फुटबल

June 4, 2021

‘खेल्ने शैली फेरिएको छ’ – फरवार्ड अन्जन

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टले लगातार दोस्रो खेलमा गोल गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले हरायो । अघिल्लो खेलमा इराकविरुद्ध बराबरी गोल फर्काएका अन्जनले ताइपेइविरुद्ध नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले चौथो मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए […]

June 4, 2021

स्पेन र पोर्चुगल खेल्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत शुक्रबार राती हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोको साविक विजेता पोर्चुगलले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ११:१५ बजे सुरु हुनेछ । स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् । अब दुवै टोलीका प्रशिक्षक प्रतियोगिता अघि आफ्नो बलियो समिकरण तयार पार्ने सुरमा हुनेछन् । दुवै टोलीका लागि बलियो प्रतिद्वन्द्वीको सामना गर्न […]

June 4, 2021

नवयुग र मनिषलाई बेन्चबाट उतार्ने अब्दुल्लाहको रणनीति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेलबाट सुरुवाती रोजाइमा दुई परिवर्तन गरेका थिए । पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका फरवार्डद्वय मनिष डाँगी र नवयुग श्रेष्ठ ताइपेइविरुद्ध खेलमा बेन्चमा रहे । इराकविरुद्ध दुवैले पहिलो हाफ […]

June 4, 2021

आर्नोल्डले युरोकप गुमाउने

एजेन्सी – इंग्ल्यान्ड राष्ट्रिय टोली तथा इंग्लिस क्लब लिभरपुलका युवा डिफेन्डर एलेक्जान्डर आर्नोल्ड ६ साता मैदान बाहिर रहने भएका छन् । ६ साता मैदान बाहिर रहने भएपछि उनले अर्काे साताबाट युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन् । इंग्ल्यान्डले बुधबार युरोपियन च्याम्पियनसिप तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अस्ट्रियालाई १–० ले पराजित गर्दा आर्नोल्डको चोट बोकेका थिए । २२ वर्षीय […]

June 4, 2021

कोलम्वियाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको खेलमा कोलम्वियाले सानदार जित दर्ता गरेको छ । शुक्रबार बिहान पेरुमा भएको खेलमा कोलम्वियाले घरेल टोलीलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । कोलम्वियाको जितमा यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे । ४०औं मिनेटमा यारी मिनाले डुभान जापटाको […]

June 4, 2021

अस्ट्रेलिया अपराजित, भारतको हार

एजेन्सी – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट अन्तरर्गत अष्ट्रेलियाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा कुवेतलाई ३–० ले पराजित गरेको छ । कुवेत सिटीमा बिहीबार राति भएको खेलमा अष्ट्रेलियालाई जिताउन म्याथ्यु लेकी, ज्याक्सन इभान र अज्दिन हुरुस्टीनले गोल गरेका थिए । लेकीले खेल शुरु भएको पहिलो मिनेटमै गोल गर्दै अस्ट्रेलियालाई अग्रता […]

June 4, 2021

अर्जेन्टिना चिलीसँग रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो । अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीका लागि कप्तान लियोनेल मेस्सीले गोल गर्दा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काएका थिए । दुवै […]

June 4, 2021

गाभरानोभिकको ह्याट्रिकमा स्वीट्जरल्यान्डको सानदार जित, बेल्जियम रोकियो

एजेन्सी – क्रोएसियन क्लब डिनामो जाग्रिवका फरवार्ड मारियो गाभरानोभिकको ह्याट्रिक मद्दतमा स्वीट्जरल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा लिचेस्टाइनमाथि फराकिलो जित दर्ता गरेको छ । केवुनपार्क सेन्ट गाल्लेनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले लिचेस्टाइनमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो । एकपक्षीय बनेको खेलमा स्वीट्जरल्यान्डको फराकिलो जितमा क्रिस्टियन फासनाट्टले दुई तथा इडिमिल्सन फर्नान्डेसले एक गोल गर्दा […]

June 4, 2021

स्पेनलाई हराउँदै पोर्चुगल फाइनलमा

एजेन्सी – साविक विजेता स्पेनको युवा टोलीलाई हराउँदै पोर्चुगलको युवा टोली युरो यु–२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । स्लोभेनियामा बिहीबार राति भएको खेलमा जर्ग कुएन्काको आत्मघाती गोल मद्दतमा पोर्चुगल उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा उनले आत्मघाती गोल गर्न पुगेका थिए । खेल सकिन १० मिनेट बाँकी रहँदा उनले पोर्चुगलको आक्रमणलाई […]

June 4, 2021

‘जित अग्रपंक्तिका स्वास्थ्यकर्मीलाई समर्पण’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा प्राप्त गरेको जित अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् । नेपालले बिहिबार भएको खेलमा ताइपेइमाथि २-० को जित दर्ता गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफ र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले दोस्रो हाफमा गोल गरेका थिए […]

Success

Thank you for your time.