default_image

फुटबल

November 22, 2020

लुकाकु चम्कदा इन्टर मिलानको पूनरागमन जित

एजेन्सी – दुई गोलले पछि परेको स्थितिमा रोमेलु लुकाकुले दुई गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले टोरिनोमाथि ४–२ को पूनरागमन जित निकालेको छ । इन्टरको पूनरागमन जितमा एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले पनि गोल थपे । टोरिनोको सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीले गरेको गोल सान्त्वना बन्यो । मिलानोमा […]

November 22, 2020

एभर्टनको जितमा लेविनको दुई गोल

एजेन्सी – इंग्लिस फरवार्ड डोमिनिक काल्भर्ट लेविनको दुई गोल सहयोगमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई पराजित गरेको छ । एभर्टनले फुलहमलाई उसकै मैदानमा ३–२ को जित हात पारेको हो । यससँगै एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला तोडेको छ । एभर्टन यसअघि साउथह्याम्पटन, न्यु क्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसअघि […]

November 22, 2020

बार्सिलोनाका पिके ६ महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके कम्तीमा ६ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा पिकेले चोट बोकेका थिए । वान्डा मेट्रोपोलिटानोमा शनिबार राति एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि ३३ वर्षीय पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको […]

November 22, 2020

लिभरपुललाई लेस्टरको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चोटसँग जुधिरहेको लिभरपुलले लयमा रहेको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दा लिड्स युनाइटेडले आर्सनलसँग खेल्दैछ । लिभरपुल र लेस्टर सिटीबीचको खेल एनफिल्डमा राति १ बजे हुनेछ । चोटसँग जुधिरहेको लिभरपुल लेस्टर सिटीलाई हराउदै शीर्षस्थानको टोटेनहमसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । लिभरपुलको ८ […]

November 22, 2020

बार्सिलोना २५ वर्षयताकै खराब स्थितिमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जारी सिजन स्पेनिस ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । सिजनको सुरुवातमा नियुक्त भएका प्रशिक्षक रोनाल्ड कोम्यान निकै दबाबमा रहेका छन् । शनिबार एटलेटिको म्याड्रिडको मैदानमा हार बेहोरेपछि बार्सिलोनाले सुरुवाती ८ खेलमा मात्र ११ अंक जोडेको छ । हालसम्म ३ खेलमा जित हासिल गरेको बार्सिलोनाले २ बराबरी गर्दा ३ […]

November 22, 2020

बायर्न बराबरीमा रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । बायर्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एलिएन्ज एरिनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट बायर्न पछि परेको थियो । उनले जोसुवा सार्गेन्टको पासलाई सदुपयोग गरेका थिए । त्यसअघि १६औं […]

November 22, 2020

म्यानचेस्टरले वेस्ट ब्रुमलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–० को झिनो जित निकालेको छ । दोस्रो हाफमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गरेको गोल नै युनाइटेडको जितमा निर्णायक बन्यो । ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको शुरुवातदेखि नै वेस्ट ब्रुमलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको दोस्रो मिनेटमा नै […]

November 22, 2020

हालान्डको चार गोलमा डर्टमुन्डको सानदार जित

एजेन्सी – शनिबार मात्रै गोल्डेन ब्वायको अवार्ड जितेका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको चार गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जित निकालेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि ५–२ को फराकिलो जित हात पारेको हो । डर्टमुन्डको फराकिलो जितमा अर्काे एक गोल राफायल गुरेइरोले गरे । हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले […]

November 22, 2020

दश वर्षपछि एटलेटिकोले बार्सिलोनालाई हरायो

एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १-० को जित दर्ता गर्दा यानिक फरेर करास्को जितको नायक बने । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् २०१० […]

November 22, 2020

रोनाल्डो चम्कँदा युभेन्टस विजयी

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार काग्लियारीलाई पराजित गरेको छ । युभेन्टसले घरेलु मैदानमा २-० को जित दर्ता गर्दा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए । त्यसअघि फेडेरिको बर्नार्डेस्कीले गोल गरेपनि […]

Success

Thank you for your time.