default_image

फुटबल

November 6, 2020

आर्सनलको सानदार जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा लगातार तेस्रो जित हात पारेको छ । घरेलु मैदानमा आर्सननले नर्वेजियन क्लब मोल्देमाथि ४–१ को पूनरागमन सानदार जित निकालेको हो । दुई आत्मघाती गोल सहयोगमा खेलमा फर्किएको आर्सनलका लागि निकोलस पेपे र जोसेप विललकले गोल गरे । घरेलु टोलीका मार्टिन इलिङसेनले गरेको गोल सान्त्वना बन्यो । इमिरेट्स स्टेडियममा […]

November 6, 2020

मिलानको लज्जास्पद हार

एजेन्सी – युसुफ याजिसीको ह्याट्रिक सहयोगमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा पहिलो हार बेहोरेको छ । मिलानले घरेलु मैदानमै फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । यससँगै मिलानको २९ खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । ३ मार्च २०२० मा घरेलु मैदानमा जिनोआसँग २–१ ले पराजित भएयता अपराजित रहेका थिए […]

November 6, 2020

सिटीले मेस्सी भित्राउन पुनः प्रयास गर्ने

एजेन्सी– म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन । मेस्सीले पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए । तर, बार्सिलोनाले सरुवाका लागि सम्झौतामा उल्लेख ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि मेस्सी पछि हटेका थिए । […]

November 5, 2020

युरोपा लिगमा आजको खेल तालिका

एजेन्सी – युइएफए युरोपा लिग अर्न्तगतको समूह चरणको तेस्रो राउन्डमा आज बिहीबार राति विभिन्न २४ खेलमा प्रतिस्पर्धा हुँदैछ । इंग्लिस क्लब आर्सनलले नर्वेजियन क्लब मोल्दे, लेस्टर सिटीले पोर्चुगिज क्लब ब्रागा र टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजगार्डको सामना गर्दैछ । यस्तै इटालियन क्लब नेपोलीले क्रोएसियन क्लब रिजेका, रोमाले रोमानियन क्लब सिएफआर क्लज र एसी मिलानले […]

November 5, 2020

म्याराडोनालाई मेस्सीको सन्देश

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनी फुटबल आइकन डिएगो म्याराडोनाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अर्जेन्टिना फुटबलका हस्ती तथा लेजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मेस्सीको क्लिनिका ओलिभोस अस्पतालमा मंगलबार राति मस्तिष्कमा देखिएको ब्लड क्लटको सफल शल्यक्रिया गरिएको थियो । अहिले म्याराडोना अस्पतालमै आराम गरिरहेका छन् । मेस्सीले म्याराडोनाको नेतृत्वमा २०१० को विश्वकप खेलेको […]

November 5, 2020

नेयमार बार्सिलोना नफर्कने

एजेन्सी – ब्राजिलियन स्टार नेयमार पुन: बार्सिलोनामा आबद्ध सम्भावना लगभग टुंगिएको छ । ब्राजिलियन स्टारले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता नविकरण गर्न चाहेको प्रष्ट पारेपछि बार्सिलोना फर्कने सम्भावना लगभग अन्त्य भएको हो । बार्सिलोनाको अहलिेको आर्थिक अवस्थाका कारण आफ्नो पुनरागमन क्याम्प नोउमा सम्भव नभएको नेयमारले बुझिसकेका छन् । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा […]

November 5, 2020

फुटबल टोली ढाका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज (बिहीबार) ढाका प्रस्थान गरेको छ । ३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बिहान ९ः४५ बजे ढाका प्रस्थान गरेको हो । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेलमा […]

November 5, 2020

म्यानचेस्टर इस्तानबुलसँग स्तब्ध

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड टर्किस क्लब इस्तानबुल बेसाकसेहिरसँग स्तब्ध बनेको छ । युनाइटेड इस्तानबुलसँग २–१ ले स्तब्ध बनेको हो । समूहमा युनाइटेडको यो पहिलो हार हो । यसअघि युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले तथा जर्मन क्लब आरबी लाइप्जिगलाई ५–० ले हराएको थियो । युनाइटेडलाई स्तब्ध बनाउन इस्तानबुलका डेम्वा बा र […]

November 5, 2020

वेर्नरको दुई गोल, सेभियाको पूनरागमन जित

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरको दुुई गोल सहयोगमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली प्रतिद्धन्द्धी रेनेसलाई ३–० ले हराएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीको सहज जितमा अर्काे एक गोल इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमले गरे । खेलको १०औं मिनेटमा टिमो वेर्नरले पेनाल्टी मार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । […]

November 5, 2020

हालान्ड र हाजार्ड चम्कदा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोर्गन हाजार्ड चम्किएपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ । डर्टमुन्डले बेल्जियन क्लब ब्रगलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । डर्टमुन्डको जितमा नर्वेजियन फरवार्ड हालान्डले दुई तथा बेल्जियन मिडफिल्डर थोर्गन हाजार्डले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा […]

Success

Thank you for your time.