default_image

फुटसल

March 2, 2019

गोलरक्षक किरण र उपेन्द्रमान सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – ग्रासरुट फुटसल एकेडेमी (जिएफए)ले राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँगै नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह र च्यासल युथ क्लबका गोलरक्षक सन्तोष महतलाई सम्मानित गरेका छन् । चौथो संस्करणको अन्तर विद्यालयस्तरीय जिएफए कप फुटसल प्रतियोगिताको समापन दौरान तीनै गोलरक्षकलाई आयोजकले नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरेका हुन् […]

March 1, 2019

जुनियर जिएफए कप फुटसल शुरु

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको अन्तर विद्यालयस्तरीय जुनियर जिएफए कप फुटसल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । काठमाडौं मन्डिखाटारस्थित ग्रासरुट फुटसल कोर्टमा दुई दिने प्रतियोगिता शुरु भएको हो । शुक्रबार यु–१० तर्फ र यु–१२ तर्फ समान ९ खेल सम्पन्न भए । जसबाट यु–१० तर्फ जोन डेबि, संस्कृति, काष्टमन्डप र विद्या संस्कारले सेमिफाइनलमा स्थान बनाए […]

February 14, 2019

युथ लेजेन्ड नेपालले पुरुष फुटसल आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक उद्यम संस्था ‘युथ लेजेन्ड नेपाल’ले आगामी फाल्गुन ११ र १८ गते कर्पोरेट तथा नन-प्रोफिट संस्थाहरुको पुरुष फुटसल आयोजना गर्ने भएको छ । दुई दिने प्रतियोगितामा सहभागी टोलीहरुलाई ४ समूहमा विभाजन गरिने छ । त्यसपछी क्वाटरफाइनल, सेमिफाइनल हुंदै विजयी टोलीले फाइनलको यात्रा तय गर्ने छन् । प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफीसहित […]

February 4, 2019

नेपालले फुटसल विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिप खेल्ने भएको छ । नेपाल फुटसल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली टोलीले अर्जेन्टिनामा आउदो मार्च ३१ बाट अगस्ट ७ सम्म हुने विश्व च्याम्पियनसिपमा सहभागिता जानउने जानकारी गराएको हो । १२औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन […]

February 2, 2019

कर्पोरेट फुटसल उपाधि एनएमबी बैंकलाई

दिपक न्यौपाने, बुटवल एनएमबी बैंकले चौथो एमजी कप कर्पोरेट फुटसल प्रतियोगिता–२०७५को उपाधि जितेको छ । रोटरी क्लब अफ रुपन्देही र रोट्रयाक्ट क्लब अफ रुपन्देहीको संयुक्त आयोजना तथा युनिक फुटसलको प्राविधिक सहयोगमा शनिबार सम्पन्न खेलमा फाइनलमा मेगा बैंकलाई पराजित गर्दै एनएमबी बैंकले उपाधि जितेको हो । उपाधिसँगै एनएमबीले नगद १५ हजार सहित प्रमाणपत्र,शिल्ड र मेडल प्राप्त […]

December 23, 2018

रोहित र किरण सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय रोहित चन्द र किरण चेम्जोङ शनिबार सम्मानित भएका छन् । रोहितले पर्सिजा जकार्ताबाट इन्डोनेसिया लिगको उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी उपाधि जितेका थिए । किरणले भने माल्दिभ्सको धिवेही प्रिमियर लिग उपाधि जित्दै लिगको उत्कृष्ट गोलरक्षक चुनिए । दुवै खेलाडीलाई समाज कल्याण खेलकुद केन्द्रले सम्मान गरेको हो । […]

December 21, 2018

अंकुर विद्याश्रमलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अंकुर विद्याश्रमले यू १२ अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एपेक्स लाइफ स्कुलद्धारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा रेडियन्ट पब्लिक स्कुललाई १–० हराउँदै अंकुरले उपाधि जितेको हो । विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खेलकुदका माध्यमबाट विद्यार्थीको प्रतिभा प्रदर्शन गर्ने अवसर मिलेको बताए । […]

December 20, 2018

अंकुर र रेडियन्ट फुटसल उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– अंकुर बिद्याश्रम र रेडियन्ट पब्लिक स्कुल यू १२ अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपेक्स लाइफ स्कुलले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा अंकुरले आयोजक एपेक्सलाई ५–४ ले र रेडियन्टले किड्स लर्निङ स्कुललाई ३-२ ले हराएको थियो । प्रतियोगिताको फाइनल शुक्रबार हुने एपेक्स लाइफ स्कुलका संयोजक प्रकाश भट्टराईले जानकारी […]

December 19, 2018

अन्तर विद्यालय फुटसलको सेमिफाइनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर विद्यालय यू-१२ फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । एपेक्स लाइफ स्कूलको आयोजनामा आईतबारबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा एपेक्स लाइफ स्कुल, रेडियन्ट पब्लिक स्कुल, अंकुर बिद्याश्रम किड्स लर्निङ स्कुल पुग्न सफल भएका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल एपेक्स लाइफ स्कुल र अंकुर विद्याश्रम बिच हुने भएको छ भने […]

October 5, 2018

जापानमा दशैं कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)– जापानको फुकुओकमा नेपाली समुदायबीच तेस्रो दशैं कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ओहासी ग्रुपले विदेशी भूमिमा रहेका नेपालीबीच आपसी मेलमिलाप र भाइचार अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता शनिबार फुकुओक सी हकता कु इसोदाको पेनास्ता हकता खेल मैदानमा हुनेछ । एक दिने प्रतियोगितामा २० टोलीको सहभागिता […]

Success

Thank you for your time.