default_image

फुटसल

July 14, 2018

बालबालिकामा हुने दुर्व्यवहार अन्त्यका लागि मैत्रीपूर्ण फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – बालबालिकामाथि हुने गरेको दुर्व्यवहार अन्त्यका लागि सांकेतिक आव्हान स्वरुप मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना भएको छ । बालअधिकार अभियान नेपाल, बालअधिकारका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला बालक्लब सञ्जाल काठमाडौंको संयुक्त आयोजनामा शुक्रबार मैत्रीपूर्ण फूटसल आयोजना भएको हो । काठमाडौं सिनामंगलस्थित फाइभ फाइभ फूटसलमा भएको मैत्रीपूर्ण फुटसलमा ललित बहादुर शाहीको नेतृत्वको नीलो […]

June 22, 2018

शिवपुरी र रातो बंगला टोफिचो जुनियर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– शिवपुरी स्कुल र रातो बंगला स्कुुल टोफिचो जुनियर च्याम्पियन्स कपको च्याम्पियन बनेका छन् । ग्रासरूट फुटसल मण्डिखाटारमा शुक्रबार भएको यु–१४ तर्फ शिवपुरी र यु–१२ तर्फ रातो बंगला च्याम्पियन बन्न सफल भएको हो । यु–१४ तर्फको फाइनलमा शिवपुरीले बुढानिलकण्ठमाथि ५–२ को फराकिलो जित निकाल्यो । यसअघि फाइनल प्रवेशको लागि शिवपुरीले प्रिमियर र बुढानिलकण्ठले […]

June 21, 2018

प्रिमियर, इपिएस, बुढानिलकण्ठ र शिवपुरी टोफिचो कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रिमियर स्कुल, इपिएस स्कुल, बुढानिलकण्ठ र शिवपुरी स्कुल भेन्यु विजेताको रुपमा टोफिचो जुनियर च्याम्पियनसिप कप अन्तर स्कुल फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुढानिलकण्ठ ग्रासरुट फुटसलबाट ग्राउण्ड च्याम्पियन बन्दा प्रिमियर स्कुल नेशनल स्पोर्टस् सेन्टर च्यासलको ग्राउण्ड च्याम्पियन बने । सामाखुशी फुटसलबाट शिवपुरी स्कुल र बानेश्वर फुटसलबाट इपिएस ग्राउण्ड च्याम्पियन बन्दै […]

June 20, 2018

टोफिचो जुनियर फुटसलमा एक्मी र इपिएस भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – टोफिचो जुनियर अन्तर स्कुल फुटसल च्याम्पियनसिपमा मंगलबार यु १४ का खेलहरु शुरु भएको छन् । राजधानीका चार फुटसल एरिनामा भएको प्रतियोगिताबाट सेमिफाइनल समिकरण पुरा भएको छ । बानेश्वर फुटसलमा भएको प्रतियोगिताबाट एक्मी, दिव्य दर्शन, एस र एप्पल इन्टरनेशनल स्कुलले सेमिफाइनलमा स्थान बनाए । एक्मीले इपिएस र दिव्य दर्शनले एभिएममाथि समान ३–० […]

June 19, 2018

टफिच्चो जुनियर फुटसल च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा मंगलबारदेखि टफिच्चो जुनियर अन्तर स्कुल फुटसल प्रतियोगिता शुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहाभागी १०५ स्कुललाई यु–१२ र यु–१४ गरी दुई भागमा विभाजन गरिएको छ । च्याम्पियनसिपको पहिलो दिन यु–१२ अन्र्तगतको २४ खेलहरु सम्पन्न भएका छन् । पहिलो दिन २४ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । हरेक […]

June 9, 2018

एभरेष्ट ‘ए’लाई फुटसल उपाधि

भरतपुर (हाम्रो खेलकुद) – एभरेष्ट क्लब चितवन ‘ए’ ले इप्लानेट नकआउट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । एभरेष्ट ”बीलाई शनिबार ४–० ले हराउँदै एभरेष्ट ‘ए’ले उपाधि जितेको हो ।   जनकल्याण युवा क्लब भरतपुर–६ को आयोजनामा इन्द्रपुरीमा भएको प्रतियोगितामा उत्कृष्ट टिमको पुरस्कार रामपुर फुटबल क्लब ‘ए’, उत्कृष्ट खेलाडी रानीपोखरी फुटबल क्लबका विपिन तामाङ, सर्वाधिक गोलकर्ता […]

June 8, 2018

फुटसलमा एभरेष्ट बी र डिएफसी एबीच प्रतिस्पर्धा हुने

भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकाको इन्द्रपुरी पुरमा जारी नकआउट फुटसल प्रतियोगिताको क्वार्टरफाइलनमा एभरेष्ट ‘बी’ र डिएफसी ‘ए’ बीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने क्वार्टरफाइनलका अन्य खेलमा त्रिग्राम र जेकेवाइसी ‘सी’, जेकेवाइसी ‘बी’ र रानीपोखरी तथा एभरेष्ट ‘ए’ र रामपुर ‘ए’बीच खेल हुनेछ । इन्द्रपुरी माविको मैदानमा शुक्रबारको आ आफ्नो खेल जित्दै आठ टोली […]

June 7, 2018

फुटसलमा सूर्यनगरसँग भरतपुरको हार

भरतपुर (हाम्रो खेलकुद)– भरतपुर महानगरपालिकास्थित इन्द्रपुरीमा जारी नकआउट फुटसल प्रतियोगितामा बिहिबार आठ खेल भएका छन् । इन्द्रपुरी माविमा भएको खेलमा सूर्य नगर, पद्मोदय, जेकेवाइसी बी, डिएफसी ‘ए’, रानी पोखरी, एभरेष्ट ‘ए’, नवलपरासी र रामपुर ‘ए’ विजयी भएका छन् । सूर्य नगरले भरपुरलाई २–० ले, पदमोदयले पेनाल्टीमा रामपुर ‘बी’लाई २–० ले, जेकेवाइसी ‘बी’ले प्रेम शान्तिलाई १–० […]

June 6, 2018

इन्द्रपुरीमा फुटसल प्रतियोगिता सुरु

चितवन (हाम्रो खेलकुद) – भरतपुर महानगरपालिका वडा न ६ इन्द्रपुरीमा बुधबार नकआउट फुटसल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन जेकेवाइसी इन्द्रपुरी, त्रिग्राम, एभरेष्ट बी र डिएफसी ए र डिएफसिए विजयी भएको छन् । भरतपुरको इन्द्रपुरी माविको मैदानमा भएको खेलमा जेकेवाइसीले योङ स्टारलाई ४–१ ले, त्रिग्रामले एफसी डुबरलाई ३–२, एभरेष्टले भेट्रान एलाई १–० ले र […]

May 12, 2018

आउटरिच नेपाललाई आन फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –आउट रिच नेपालले नेपाल आईस आन फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फिल्ड फुटसल सानेपामा भएको फाइनलमा आउटरिचले मिडिया बास्केटलाई ७–२ को भारी अन्तरले पराजित गर्दै पहिलो संस्करणको आन फुटसल प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै आउटरिचले ७५ हजारसहित शिल्ड र मेडल प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको मिडिया बास्केटले ५० हजारमा […]

Success

Thank you for your time.