default_image

General

April 1, 2021

एनभीए क्लब लिग भलिबल आजदेखि, पहिलो दिन चार खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा आज (बिहीबार) देखि पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप हुदैछ । प्रतियोगिताको पहिलो दिन बिहीबार महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष (राखेप)को कर्भडहलमा बिहान १० बजे होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबको सामना […]

March 31, 2021

पोखरा थन्डर्स – प्रशिक्षण टोलीमा डंगोल र शाही आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना फेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सले राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यहरुलाई गोलकिपर र सहायक प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय टोलीका पूर्व गोलकिपर विनोद डंगोललाई टोलीले गोलकिपर प्रशिक्षक र अर्का सदस्य राजेश शाहीलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । पोखरा थन्डर्सले यसअघि नै त्रिभुवन आर्मी […]

March 31, 2021

एनभिए लिग भलिबल- न्यू डायमण्ड र ढोरपाटनबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पाँचौ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष (राखेप)को कर्भडहलमा शुरु हुनेछ । प्रतियोगिता २६ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछ । महिलातर्फ बिहान […]

March 31, 2021

पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पुरस्कारलाई प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्वर्गिय सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश […]

March 31, 2021

पारा ब्याडमिन्टनमा प्रकाशको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ अन्तरगतको पुरुष एकलमा दोस्रो हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा बुधबार भएको पुरुष एकलको एसएल ४ समूहको खेलमा प्रकाश पोर्चुगलका डिएगो ड्यानियलसँग २–१ को सेटमा पराजित भएको हो । मंगलबार मलेसियाका मोहम्मद जुलफातीहि […]

March 31, 2021

कमल स्कुलको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – कमल इङ्लिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन […]

March 31, 2021

उसु अवार्डलाई नागरिक विकास र योयोको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक बिकास बचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । नागरिक बिकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक […]

March 31, 2021

काम नगर्ने संघ खारेज गर्ने सदस्य सचिवको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)– काम नगर्ने राष्ट्रिय खेल संघहरुलाई खारेज गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले चेतावनी दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ एकेडेमीको कार्यक्रम घोषणा कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव सिलवालले भने,‘ केहि योजना नबुझाउने, सरकारको नीति निर्देशन अनुसार अडिट रिपोर्ट नबुझाउने संघहरुलाई खारेज गरिनेछ । आक्रमण […]

March 31, 2021

हेल्प नेपाललाई टिपटपको साथ

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई टिपटप (गौतम स्वीट्स) ले साथ दिएको छ । बिहीबारदेखि आयोजना हुने प्रतियोगिताको लागि हेल्प नेपाललाई टिपटप (गौतम स्वीट्स) ले प्रतियोगिता भरको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको क्लबका महासचिव अरुण कुमार श्रेष्ठले जानकारी […]

March 30, 2021

पारा ब्याडमिन्टनमा प्रकाश पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले दुवईमा सञ्चालन भइरहेको तेस्रो फाजा–दुवई पारा ब्याडमिन्टन इन्टरनेसनल २०२१ को पहिलो राउन्डमा हार बेहोरेको छ । सवाव अल एली दुवई क्लबमा मंगलबार भएको एसएलफोको पहिलो राउन्डको खेलमा प्रकाश मलेसियाका मोहम्मद जुलफातीहि जफ्फरसँग २–० को सोझो सेटमा पराजित भएको हो । प्रकाशले जफ्फरसँग २१–१० र २१–१३ […]

Success

Thank you for your time.