default_image

General

June 28, 2017

असारमा तीन प्रतियोगिता आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा यसै महिना तीन प्रतियोगिता हुने भएको छ। पहिला असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुनेछ । राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल राखिएको छ । सबै खेलमा पाँच क्षेत्रको सहभागिता रहने […]

bimal

June 27, 2017

यू२३ टोलीको कप्तानमा बिमलको सम्भावना बलियो

काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीको फरवार्ड बिमल घर्ति मगरले सम्हाल्ने प्रबल सम्भावना रहेको छ। संयुक्त अरब इमिरेट्स (युएइ)मा आयोजना हुने यू २३ को छनोट चरणका लागि युवा टोलीले पछिल्लो सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा गर्दै आएको छ। राजु काजी शाक्यको […]

June 27, 2017

प्रो बन्ने सपना

काठमाडौँ (हाम्रो खेलकुद) – सामान्यतया गल्फलाई धनीहरुले खेल्ने खेलको रुपमा लिने गरिन्छ । तर, नेपाली गल्फमा भने यो ठ्याक्कै उल्टो भएको छ । यस्तो उल्टो बनाउने काम निम्न मध्यम वर्गीय प्रतिमा शेर्पाले गरेकी छन् । यसैसाता विशेष प्रशिक्षणका साथै केहि प्रतियोगिता खेल्न अमेरिका उड्न लागेकी १८ वर्षिया प्रतिमाले नेपाली गल्फको इतिहासमा आफ्नो छुट्टै पहिचान पहिचान […]

June 27, 2017

गल्फ प्रशिक्षणका लागि प्रतिमा अमेरिका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला नम्वर एक गल्फर प्रतिमा शेर्पा गलफको थप प्रशिक्षणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । शेर्पा नेपाल गल्फ संघको सहयोगमा कतार एयरवेजको आउने जाने टिकटको सहयोगमा असार १८ गते अमेरिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक सचिन भट्टराई पनि अमेरिका प्रस्थान गर्नेछन् । कतार एयरवेजका कन्ट्री म्यानेजर जयप्रकाश नायरले […]

June 25, 2017

थलिएको दशरथ रंगशाला कहिले बन्ला ?

सुबास हुमागाईं काठमाडौं – देशको एकमात्र अन्तर्राष्ट्रिय भनिएको दशरथ रंगशाला कहिलेबाट पुनः खेल्न लायक हुन्छ त्यसको प्रष्ट जवाफ कसैसँग छैन । रंगशालाको पूर्ननिर्माण कहिल्यै सम्पन्न हुन्छ भन्ने प्रश्नमा जिम्मेवार पदाधिकारी र प्राविधिकबाटै फरक फरक जवाफ आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्ट अबको एक बर्षमा पूर्न निर्माण पुरा हुने दाबी […]

June 24, 2017

किन क्रिकेट फुटबल जति लोकप्रिय हुन सकेन?

रोहित सुनार (पाठक प्रतिक्रिया) नेपाली खेलकुदमा समय समयमा फुटबल र क्रिकेटको तुलना हुने गर्दछ । यी दुई खेलमा कुन खेल लोकप्रिय र ठुलो छ आ आफ्नै तर्क पनि छन् । तर, जति बहस भएपनि, विश्व खेलकुद जगतमा फुटबल नै ठूलो र लोकप्रिय छ । फुटबल आज विश्वभरका सबै देशहरुमा खेलिन्छ र विश्व फुटबल महासंघ (फिफा) […]

June 20, 2017

खेलाडी संघद्वारा शोक व्यक्त

काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ । ‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर […]

June 11, 2017

यमनको राष्ट्रिय टोली नेपाल आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ। यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअरलाइन्सको विमानमा टोलीले नेपाल आइपुगेको हो। इथियोपियन प्रशिक्षक […]

June 6, 2017

बागलुङ लिगमा पहिलो दिन चिल्ड्रेन लाइफ र रुद्रेपिपलको जित

अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला लिगको पहिलो दिन मंगलबार चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र रुद्र्रेपिपल युवा क्लब विजयी भएका छन् । उद्घाटन खेलमा चिल्ड्रेन लाइफले बागलुङ खेलकुद क्लबलाई ३–० ले र रुद्रेपिपलले युनिटी युथ क्लबलाई २–० ले हराएको छ । २१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै गणेश लामिछानेले चिल्ड्रेन लाइफलाई अग्रता दिलाएका […]

June 4, 2017

खेलाडीलाई आश्वासनकै भर

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनु अगावै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । तर, सातौै सकिएको पाँच महिना पुरा हुदा पनि सदस्य सचिवले दिने भनेको पुरस्कार खेलाडीले अझै पाउन सकेको छैन ।  सातौंका क्रममा मात्र होइन, […]

Success

Thank you for your time.