default_image

अन्तर्राष्ट्रिय

December 18, 2017

प्रिमियर लिगमा लिभरपुलको फराकिलो जित

बोर्नमथ (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४-० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । लिभरपुलका लागि खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै फिर्मिनोको पासमा डेजान लोभ्रेनले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर […]

December 18, 2017

बार्सिलोनाको जितमा स्वारेज र पौलिन्होको दुईदुई गोल

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गए राति डेपोर्टिभोलाई ४-० ले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले र पौलिन्होले दुईदुई गोल गरेका थिए । खेलको २९ औं मिनेटमा लियोनल मेस्सीको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै पौलिन्होले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर […]

December 17, 2017

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ । म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब […]

December 17, 2017

श्रीलंकाविरुद्ध भारतलाई एक दिवसिय श्रृखंला

विशाखापट्नम (एजेन्सी)– भारतले श्रीलंकाविरुद्धको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । अन्तिम तथा निर्णायक खेलमा आज श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले श्रृखंलामाथि कब्जा जमाएको हो । २ सय १६ रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनर शिखर धवनले अविजित शतकको शानदार इनिङ खेलेपछि जित सहज भएको थियो । भारतले १७ भन्दा बढी ओभर […]

December 17, 2017

भारत २ सय १६ रनको लक्ष्य पछ्याउँदै

विशाखापट्नम (एजेन्सी)– श्रीलंकाले तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेलमा भारतलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निमन्त्रणा दिएको थियो । श्रीलंकाले उत्कृष्ट सुरुआत गरेपनि अन्तिमसम्म उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेन । श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो […]

December 17, 2017

म्यानचेस्टर युनाइटेड वेस्ट ब्रोमको सामना गर्दै

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यान्चेसटर युनाइटेड आज साँझ वेस्ट ब्रोमको सामना गर्दै छ । वेस्ट ब्रोमको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि मिडफिल्डर पल पोग्बा प्रतिबन्धित छन् । त्यस्तै माइकल क्यारिय र एरिक बाई पनि खेलमा सहभागि हुने छैनन् […]

December 17, 2017

भारत र श्रीलंकाबीच निर्णायक खेल आज

विशाखापट्नम (एजेन्सी)– भारत र श्रीलंकाबीचको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । अघिल्ला दुई खेलमा लयमा देखिएका एन्जलो म्याथुज श्रीलंकाका लागि महत्वपूर्ण खेलाडीका रुपमा हेरिएको छ […]

December 17, 2017

पिएसजीको जित; नेयमार, काभानी र बाप्पे चम्किए

रेनेस (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले रेनेसलाई ४-१ ले हराएको छ । पिएसजीको जितमा नेयमारले दुई गोल गरेका थिए । खेलको सुरुवाती मिनेटमै पिएसजीले नेयमारको गोलमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै खेलको १७ औं मिनेटमा किलियन बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । […]

December 17, 2017

म्यानचेस्टर सिटीसँग टोटनह्याम पनि पराजित

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले गए राति टोटनह्यामलाई ४-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले २ गोल गरेका थिए । खेलको १४ औं मिनेटमा इल्के गुन्डगोनको गोलमार्फत सिटीले खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ७० औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । […]

real

December 17, 2017

रियललाई क्लब विश्व कप उपाधि , रोनाल्डोको निर्णायक गोल

अबू धाबी (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले ग्रिमिओलाई क्लब विश्व कपमा १-० ले हराउँदै उपाधि जित्न सफल भएको छ । रोनाल्डोले ५३ औं मिनेटमा फ्रि किक मार्फत गरेको गोलले रियललाई लगातार दोस्रो पटक विश्व कप जित्ने पहिलो टोली बनाएको हो । ग्रीमिओका जेल्सनले रोनाल्डोलाई फौल गरेपछि पाएको फ्री किकलाई  पोर्चुगेली स्टारले […]

Success

Thank you for your time.