default_image

अन्तर्राष्ट्रिय

October 20, 2017

लियोन र एभर्टनको खेलबीचको झगडामा समर्थक पनि संलग्न

लिभरपुल (एजेन्सी) – युरोपा लिगमा गए रातिको खेलमा एभर्टन र लियोन बीच नराम्रो झगडा परेको छ । उक्त झगडामा दुवै टोलीका खेलाडीसहित समर्थक पनि संलग्न भएका थिए । एभर्टनका कप्तान एस्लि विलियम्सले लियोनका गोलकिपर रोनि लोपेसलाई बल समात्दा धकेलेपछि दुई क्लबका खेलाडीहरु बीच भनाभन सुरु भएको थियो । विलियम्सलाई लियोनका खेलाडीहरुले घेर्न आएपछि एभर्टनका खेलाडीहरु संलग्न […]

October 20, 2017

युरोपा लिग: जिरुको निर्णायक गोलमा आर्सनल विजयी

बेल्ग्रेड (एजेन्सी) – युरोपा लिगको समूह ‘एच’ अन्तर्गत इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेल्ग्रेड (सर्भिना ज्भेजडा) लाई १-० ले हराएको छ । आर्सनलका लागि गोल फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले गरेका थिए । तुलात्मक रुपमा आर्सनल बलियो भए पनि रेड स्टार बेल्ग्रेडले खेलभरि थुप्रै अवसर सिर्जना गरेको थियो । तर आर्सनलका गोलकिपर पिटर चेकले राम्रा बचाऊ […]

October 19, 2017

युरोपा लिगमा आर्सनल रेड स्टार बेल्ग्रेडको सामना गर्दै

बेल्ग्रेड (एजेन्सी) – इङ्ग्लिस टोली आर्सनलले युरोपा लिगको समूह एचमा आज रेड स्टार बेल्ग्रेड (सर्भेना ज्भेजडा) को सामना गर्दै छ । रेड स्टार बेल्ग्रेडको घरेलु मैदानमा खेलिने सो खेल आज राति १०.४५ बजे सुरु हुने छ । आर्सनलका लागि लोरेन्ट कोसियल्नी र ड्यानि वेल्बेक चोटिल रहेकाले नखेल्ने सम्भावना रहेको छ । त्यस्तै डिफेन्डर स्कोड्रान मुस्ताफि […]

October 19, 2017

पिएसजीको जितमा फेरी बाप्पे, काभानी र नेयमारको गोल

एन्डरलेक्ट (एजेन्सी) – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शतप्रतिशत नतिजा राख्दै समूह बिमा एन्डरलेक्टलाई ४-० ले हराएको छ । पिएसजीका लागी किलियन बाप्पे, एडिन्सन काभानी, नेयमार र एन्जल डि मारियाले गोल गरेका थिए । पिएसजीले खेलको तेस्रो मिनेटमै किलियन बाप्पेको प्रहारमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट […]

October 19, 2017

युनाइटेड विजयी, चेल्सी र रोमाको रोमञ्चक बराबरी

लण्डन (एजेन्सी) – च्याम्पियन्स लिग समूह सी अन्तर्गत इङ्ग्लिस टोली चेल्सीले घरेलु मैदानमा इटालियन क्लब रोमासँग ३-३ को बराबरी खेलेको छ । चेल्सीका लागि एडेन हाजार्डले दुई गोल गरे भने पूर्व म्यानचेस्टर सिटीका खेलाडि एडिन जेकोले रोमाका लागि दुई गोल गरेका थिए । चेल्सीले डेभिड लुइज र हाजार्डको गोलमार्फत खेलको ३७ औं मिनेटसम्म २-० को […]

October 19, 2017

बार्सिलोनाको जित, युरोपमा मेस्सीको एक सयौं गोल पुरा

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगमा गए राति बार्सिलोनाले ओलम्पियाकोसलाई ३-१ को अन्तरले हराएको छ । घरेलु टोलीको जितमा लियोनल मेस्सीले युरोपमा आफ्नो १०० औं गोल पनि पुरा गरे । बार्सिलोनाले खेलको १९ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । जेरार्ड डेउलेफेउको पासमा ओलम्पियाकोसका खेलाडी डिमिट्रिस निकोलुले आत्मघाती गोल गर्दा स्कोर १-० भएको थियो । […]

Messi Suarez

October 18, 2017

च्याम्पियन्स लिगमा बार्सिलोनाले ओलम्पियाकोसको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह डि अन्तर्गत बार्सिलोनाले ग्रिक क्लब ओलम्पियाकोसको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । बार्सिलोना लामो समयका लागि घाइते रहेका राफिन्हा, उस्माने डेम्बेले र आर्दा टुरान बिना मैदानमा उत्रिने छ । नियमित खेलाउने ४-३-३ फर्मेसनको […]

October 18, 2017

म्यानचेस्टर युनाइटेडले बेन्फिकाको सामना गर्दै, चेल्सी रोमासँग भिड्दै

लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ए अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर युनाटेड पोर्चुगेली क्लब बेन्फिकाको सामना गर्दै छ ।बेन्फिकाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि पल पोग्बा, मरोएने फेलाइनी र एरिक बाई घाइते रहेका छन् भने युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले डिफेन्डर फिल जोन्स […]

October 18, 2017

एन्डरलेक्टले पिएसजीको गोल वर्षा रोक्न सक्ला ?

एन्डरलेक्ट (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले बेल्जियमको क्लब एन्डरलेक्टसँग भिड्दै छ । एन्डरलेक्टको घरेलु मैदानमा खेलिने सो खेल आज राति नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । घरेलु लिगमा अपराजित पिएसजीले यस साता डिजोनलाई २-१ ले हराएको थियो । आजको खेलमा उसका लागि एडिन्सन काभानी, […]

October 18, 2017

मेरिबोर विरुद्ध लिभरपुल ७ गोलले विजयी

मेरिबोर (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब लिभरपुलले बेलिजियमको मेरिबोरलाई ७-० ले पराजित गरेको छ । लिभरपुलका लागि मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले दुई गोल गरेका थिए । खेलको सुरुवातमै सालाहको पास सदुपयोग गर्दै फिर्मिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । तेर्हौँ मिनेटमा फिलिप कौटिन्होले बक्स बाहिरबाट गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाएका […]

Success

Thank you for your time.