default_image

अन्तर्राष्ट्रिय

September 1, 2022

हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ ।घरेलु मैदानमा सिटीले नटिङहम फरेस्टलाई ६–० को भारी अन्तरले पराजित गरेको हो । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे । इतिहाद स्टेडियममा बुधबार राति गोलको वर्षा भएको खेलको १२औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । […]

August 31, 2022

वेर्नरको ह्याट्रिकमा लाइप्जिगको सानदार जित

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरको ह्याट्रिक मद्दतमा आरबी लाइप्जिगले जर्मन कप (डिएफवी पोकल) को पहिलो राउन्डमा सानदार जित निकालेको छ । लाइप्जिगले तल्लो डिभिजनको टिउटोनिया ओटेन्सेनमाथि ८–० को फराकिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।लाइप्जिगको ह्याट्रिकसँगै आन्द्रे सिल्भाले दुई तथा इमिल फोर्सवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले समान एक गोल गरे । […]

August 31, 2022

इन्टरको सहज जित, मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलान बराबरीमा रोकिदा उपविजेता इन्टर मिलानले सहज जित हात पारेको छ । एसी मिलान घरेलु टोली सस्सुलोसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको २३औं मिनेटमा सस्सुलोले पेनाल्टीको अवसर खेर फालेको थियो । खेल अवधिभर घरेलु टोलीलाई दवावमा राखेपनि मिलानले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो […]

August 31, 2022

अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सिजनको दोस्रो हार बेहोरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो । घरेलु टोली साउथह्याम्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङको गोल सान्त्वना बन्यो । सेन्ट मेरिज स्टेडियममा मंगलबार राति भएको खेलको २३औं मिनेटमा […]

August 30, 2022

म्यानचेस्टर युनाइटेडले ब्राजिली विंगर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्लबको कीर्तिमानी मुल्यमा ब्राजिली युवा स्टार विंगर एन्टोनीलाई अनुबन्धित गर्न सफल भएको छ । युनाइटेडले डच क्लब आयाक्सबाट २२ वर्षीय एन्टोनीलाई ९५ मिलियन युरोमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी युनाइटेडको सबैभन्दा महँगो तथा प्रिमियर लिगको चौथो महँगो खेलाडी बनेका छन् । यसअघि युनाइटेडले फ्रान्सेली मिडफिल्ड […]

August 30, 2022

काभानी भ्यालेन्सियामा

एजेन्सी – उरुग्वेली भेट्रान फरवार्ड एडिन्सन काभानी स्पेनिस क्लब भ्यालेन्सियामा अनुबन्धित भएका छन् । भ्यालेन्सियाले काभानीलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा रहेका ३५ वर्षीय काभानी यो समरको अन्त्यसँगै फ्रि एजेन्ट बनेका थिए । उनलाई अर्जेन्टिनी क्लब बोका जुनियर्स र स्पेनिस क्लब भिल्लारियलले अनुबन्धको प्रयास गरेपनि उनी भ्यालेन्सियामा […]

August 30, 2022

ब्राजिली मिडफिल्डर वेस्ट ह्याममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले क्लबको कीर्तिमानी मुल्यमा ब्राजिली मिडफिल्डर लुकास पाक्वेटालाई अनुबन्ध गरेको छ । वेस्ट ह्यामले २५ वर्षीय अट्याकिङ मिडफिल्डर पाक्वेटालाई ५ वर्षको लागि ५० मिलियन युरोमा फ्रान्सेली क्लब लियोनबाट अनुबन्ध गरेको हो । थप एक वर्ष अवधि लम्ब्याउने सकिने विकल्प पनि रहेको छ । पाक्वेटा मिडफिल्ड र आक्रमणमा खेल्न सक्ने […]

August 30, 2022

ग्रिजमनको गोलमा एट्लेटिको विजयी

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा दोस्रो जित निकालेको छ । एट्लेटिकोले भ्यालेन्सियालाई १–० ले पराजित गरेको हो । भ्यालेन्सियामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा ग्रिजमनले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा थोमस लेमारको पासमा गोल गरेका थिए । त्यसअघि खेलको २३औं […]

August 29, 2022

औबामेयाङको घरमा लुटपाट

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड पिएर एमेरिक औबामेयाङको घरमा सोमबार विहान लुटपाट भएको छ । हतियारसहित घरभित्र पसेका व्यक्तिले औबामेयाङ र परिवारलाई नियन्त्रणमा लिँदै लुटेका थिए । मध्यरात १ बजे घटना भएको थियो । स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ । औबामेयाङकी पत्नीले प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन् । क्याटलान सहरमा पहिलो पटक […]

August 29, 2022

एन्टोनी भित्र्याउन आयाक्स र युनाइटेडबीच सहमति

एजेन्सी – ब्राजिलियन विंगर एन्टोनी माथिअसलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डच क्लब आयाक्सबीच सहमति भएको छ । युनाइटेडले ८० मिलियन पाउण्ड खर्चेर एन्टोनी अनुबन्ध गर्न लागेको हो । लामो समयदेखि युनाइटेडले एन्टोनी अनुबन्ध गर्ने प्रयास गरेपनि दुई क्लबबीच सहमति हुन सकेको थिएन । एन्टोनी आफैंले पनि युनाइटेड जाने इच्छा जाहेर गरेका […]

Success

Thank you for your time.